कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

सल्यानमा बिमानस्थल निर्माण हुने भएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ लेखपोखराको लेखानाचौरमा बिमानस्थल निर्माण हुने भएको हो । आईतबार लेखपोखरा बिमानस्थल पूर्व सम्भाब्यता अध्ययन प्रतिबेदन सार्बजनिक गर्दै बिमानस्थल निर्माणको लागी लेखपोखरा उपयुक्त भएको सार्वजनिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

756
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

प्यूठानको विजुवार जुम्रीदेखि रोल्पाको सुलिचौर जोड्ने सडक स्तरोन्नतिको विस्तृत परियोजना अध्ययन (डीपीआर) सुरु भएको छ । प्यूठानको मुख्य बजार केन्द्र जुम्री बसपार्कदेखि ढुंगेठाटी हुँदै रोल्पाको सुलिचौर सडक विस्तारका लागि अध्ययन सुरु भएको हो ।

779
सागर परियार
आइतवार, आश्विन २१, २०७५

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले कर्णालीको विकास र समृद्धिका लागि चीन सरकार लगानी गर्न आतुर रहेको बताएका छन् । हामीले लगानीमैत्री वातावरण बनाउँछौ उनले भने, “चिनियाँ लगानीकर्ताले यहाँको पूर्वाधार विकासलाई प्राथमितकामा राखी लगानी गर्नेछ ।” त्यसका लागि सहज वातावरण गर्ने तर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे ।

1034
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिगंटी जलविद्युत् आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ । आयोजनाको सुरुङको यो पहिलो ब्रेक थ्रु हो । शनिबार दिउँसो ३ बजेर ५ मिनेट जाँदा ब्रेक थ्रु भएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडका आयोजना निर्देशक काजी लामाले जानकारी दिए ।

1141
भीम गौतम
आइतवार, आश्विन २१, २०७५

चार सय केभीको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन आयोजनाको निर्माण मोडालिटी (प्रारूप) निर्णयको जिम्मा भारतीय विदेश मन्त्रालयलाई दिइएको छ ।

1080
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

जाजरकोट–डोल्पा सडक खण्डको धाउनी फूलपाती सडक खण्डको निर्माणकार्य सम्पन्न भएको छ । तरपरे भीर खण्डको ट्रयाक खोलेर ढुवानीको साधन ट्रयाक्टर सञ्चालनमा आएपछि धाउने र फूलपानीका बासिन्दाले पूजाआजा तथा सडकमै नाचगान गरी हर्ष मनाएका छन् । यातायातका साधन नचल्दा पीडा तथा अभावमा पिल्सिएर बसेका डोल्पालीको वर्षौंदेखिकोे सडक सपना पूरा भएको छ ।

997
भीम गौतम
शुक्रवार, आश्विन १९, २०७५

नेपाल विद्युत् प्राधिकरणले चिनी उद्योगबाट उत्पादित विद्युत्को ५ प्रतिशत आम्दानी किसानलाई दिनेगरी ती उद्योगसँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने प्रक्रिया अघि बढाएको छ ।

1147
दिपक बोहरा
बिहिवार, आश्विन १८, २०७५

पाँचथरको दक्षिणी भेगमा इलामको हुस्सु र पाँचथरको हावा सधै लडाइँ गरिरहेको जस्तो दृष्य देख्न सकिने एक स्थान हो सप्तमी बजार । इलाम र पाँचथरको सिमानामा पर्ने यो ग्रामीण बजारमा प्रायः इलामबाट बाक्लो हुस्सु आउने र पाँचथरको हावाले त्यो हुस्सुलाई इलामतर्फ फर्काइ रहने दृष्य दिनै पिच्छे देख्न सकिन्छ ।

990
कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५

“सदरमुकाम–गाउँपालिका केन्द्र आवतजावत गर्न कि गाडी कुर्नुपथ्र्याे कि हिँड्नुपथ्र्याे,” मेरिङ्देन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले भने, “दोभान पुल बनेपछि त डेढ घन्टामै जिल्ला पुगिन्छ ।” प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार काम विशेषले गाउँपालिका–जिल्ला सदरमुकाम आवतजावतमा समस्या छैन ।

1181
दिपक बोहरा
बिहिवार, आश्विन १८, २०७५

नमुना सहरको रूपमा विकास भइरहेको फिदिम बजार क्षेत्रको भत्किएको सडकलाई सामान्य टालटुल गरी स्थानीयको गुनासो मथ्थर पार्ने प्रयास गरिएको छ ।

733
भीम गौतम
बिहिवार, आश्विन १८, २०७५

सरकारले चालू वर्षको बजेटमा प्रस्ताव गरेको तमोर चिसाङ सिँचाइ आयोजनालाई असर पर्ने गरी ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई दिने प्रक्रिया अघि बढाएको छ ।

2711
केशव समर्पण
बुधवार, आश्विन १७, २०७५

प्रदेश नम्बर ३ सरकारले कृषि उत्पादन वृद्धि गर्नका लागि विभिन्न योजना ल्याएको छ । विषादीको अवशेष परीक्षण तथा माटो परीक्षण प्रयोगशाला स्थापना गर्न प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयारी थालेको हो ।

906
कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५

स्थानीय तहको चुनाव अघिसम्म धार्चे गाउँपालिका–६ काशिगाउँमा गोरखा भूकम्पले भत्किएका घर खासै बनेको थिएन । स्थानीय बासिन्दा घर निर्माणबारे अलमलमा थिए । घर नबनाए अनुदान फिर्ता गर्नुपर्छ भनेर पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि धेरैले लिएका थिएनन् ।

744
कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने जिम्मा कोरियाली कम्पनी सुसङ इन्जिनियरिङले पाएको छ ।

1242
विप्लव काफ्ले
मंगलबार, आश्विन १६, २०७५

वर्षात्मा प्रायः बाढी प्रभावित क्षेत्र बन्दै आएको पूर्वी चितवनका स्थानीय अब सुरक्षित हुने भएका छन् । डुबानको चिन्ता नहुने वातावरण बन्न लागेको छ ।

910