कृञ्जला पुलामी
बुधवार, बैशाख १८, २०७६

सिन्धुलीको दुधौली नगरपालिकास्थित कमला नदीमा ८ वर्षदेखि अलपत्र अवस्थामा रहेको पक्की पुल निर्माणकार्य सुुचारु हुने भएको छ । ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको पुल निर्माण सुचारुका लागि स्थानीय जनप्रतिनिधिहले तदरुकता देखाएसँगै पुलको निर्माणकार्य अघि बढ्ने निश्चित भएको हो ।

517
कारोबार संवाददाता
बुधवार, बैशाख १८, २०७६

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई दण्डित गरिने बताएका छन् । निर्माण व्यवसायमा केही विकृति रहेको स्वीकार गर्दै उनले व्यवसायीमाथि मात्रै दोष थुपार्नु पनि सही नभएको बताए ।

333
दिलबहादुर केसी
बुधवार, बैशाख १८, २०७६

चार वर्षअघिको भूकम्पबाट ढलेका विगू गाउँपालिका–३ बुलुङका घरहरू ठडिएका छन् । भूकम्पले ढलेका सम्पूर्ण घर ठडिएसँगै ढलेको सिंगो गाउँ नै उठेको छ ।

386
कारोबार संवाददाता
बुधवार, बैशाख १८, २०७६

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणको परीक्षण सकिएको छ ।

427
कारोबार संवाददाता
मंगलबार, बैशाख १७, २०७६

पर्यटकीय र ब्यापारिक केन्द्रको सम्भावना भएको मुस्ताङमा कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक आयोजना निर्माणकार्यमा ढिलासुस्ती देखिएको छ । प्रदेश ४ को ‘लाइफ लाइन’ मानिएको ४३५ किलोमिटर दूरीको त्रिवेणी–कोरला जोड्ने कालिगण्डकी करिडोर सडक योजनाको निर्माणकार्य भइरहे पनि पूर्वाधार निर्माण ढिलासुस्तीले समयमै काम सम्पन्न नहुने देखिएको हो ।

650
नीरज पिठाकोटे
मंगलबार, बैशाख १७, २०७६

पर्सा जिल्लामा सोचेजति विकास नभएको जिल्लावासीको धेरै गुनासो छ । राजनीतिक दलहरुले पनि विकास गर्ने धेरै आश्वासन दिएका छन् ।

412
कारोबार संवाददाता
मंगलबार, बैशाख १७, २०७६

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरका जेट विमान उडान भर्ने गरी स्तरवृद्धि गर्न १२ अर्ब ५० करोड लागतको गुरुयोजना (माष्टरप्लान) तयार गरिएको छ । सो विमानस्थलबाट ठूला–ठूला जेट र बोइङ विमानहरू समेत उडाउने लक्ष्यका साथ नागरिक उड्डयन प्राधिकरणले १२ अर्ब ५० करोड लगानीको गुरुयोजना तयार पारेको हो ।

652
भीम गौतम
मंगलबार, बैशाख १७, २०७६

नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्् आयोजना प्रभावितले पाएको मुआब्जामध्ये ४४.६ प्रतिशत रकम सम्पत्ति खरिदमा उपयोग गरेको पाइएको छ ।

489
मनोरञ्जन शर्मा
मंगलबार, बैशाख १७, २०७६

निर्माणााधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुनुपर्ने मिति अब दुई महिनाभन्दा पनि कम छ ।

910
कारोबार संवाददाता
मंगलबार, बैशाख १७, २०७६

रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विच्छ्याउने काम अन्तिम चरणमा पुगेको छ । जंगलमा पर्ने रुख कटानसँगै पाइपलाइन विच्छ्याउने काम ४ किलोमिटर मात्र बाँकी रहेको अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजनाको जानकारी दिएको छ ।

297
गोपाल पोखरेल
सोमवार, बैशाख १६, २०७६

मदन भण्डारी राजमार्ग अन्तर्गत धरान–चतरा, गाईघाट–कटारी, सिन्धुली–हेटौंडा पूर्वी खण्डको १ सय ३५ किलोमिटर सडक निर्माणको ६० प्रतिशत काम सकिएको छ । यस खण्डको चुहाडे गाईघाट असारी खण्डको १५ किलोमिटर सडक कालोपत्रे भएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा ७५ प्रतिशत काम सकिने सडक योजनाले जनाएको छ ।

600
विजय देवकोटा
सोमवार, बैशाख १६, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि भारतबाट निकै ठूलो सहयोगको अपेक्षा राखेका छन् । १५ औं योजनाको आधारपत्रलाई स्वीकृत गर्न आइतबार बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा प्रधानमन्त्रीले दक्षिण छिमेकीबाट ठूलो मात्रामा लगानी आउनुपर्ने बताएका हुन् ।

761
प्रकाश लम्साल
सोमवार, बैशाख १६, २०७६

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको अमलेखगन्जदेखि भारतको रक्सोलसम्म रेल सेवा बन्द भएपछि अतिक्रमणको चपेटामा परेको जग्गाको खोजी सुरु गरेको छ । अख्तियारको टोली सिमरा आएर अध्ययन सुरु गरेको हो । अख्तियार र रेल विभागबीचको समन्वयमा रेलवेको अतिक्रमित जग्गाबारे अध्ययन सुरु भएको हो ।

598
महादेव अवस्थी
आइतवार, बैशाख १५, २०७६

महाकाली सिँचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको मूल नहर निर्माणको काम बजेट अभावले रोकिने अवस्थामा पुगेको छ । १२ वर्ष लगाएर १३ किलोमिटर मूल नहर निर्माण गरेको आयोजनामा बजेट अभाव रहेकै कारण निर्माण कम्पनीले भुक्तानी पाउनसक्ने अवस्था छैन ।

820
कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६

प्लान इन्टरनेसनल नेपालले वैशाख १२ को भूकम्पपछि शिक्षा, स्वास्थ्य तथा खानेपानीका क्षेत्रमा सहयोग गरिरहेको जनाएको छ । पुनर्निर्माणमा सघाउन शिक्षा, स्वास्थ्य, अस्थायी आवास, जीविकोपार्जनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको प्लानले जनाएको छ । प्लान इन्टरनेसनलले भूकम्प प्रभावित जिल्ला दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, काठमाडौं र ललितपुरमा सुरक्षित र भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण, अस्थायी आवासको प्रबन्ध, क्षतिग्रस्त खानेपानी आयोजनाको पुनर्निर्माणमा सहयोग प्रदान गरेको हो ।

266