रासस
मंगलबार, माघ ८, २०७५

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा सडक विस्तार भएपछि स्थानीयवासीलाई यातायात आवागमनमा सहज भएको छ । गाउँपालिकाले सबै वडामा सडकको पहुँच पु¥याएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकासहित अन्य छिमेकी गाउँपालिकाका स्थानीयलाईसमेत यातायातमा सहज भएको हो ।

561
मीनकुमार नवोदित
मंगलबार, माघ ८, २०७५

नेपाल, भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरी मानिएको बहुप्रतिक्षित जोगबनी–किमाथांका सडक जोडिन अब १४ किलोमिटर मात्रै बाँकी छ । १४ किलोमिटर ट्र्याक खुलिसकेपछि तीन देशबीच व्यापारिक कारोबारमा सहजता आउनेछ । यो नाका यस्तो नाका हो, जुन बाह्रै महिना सञ्चालनमा आउने छ ।

1334
भीम गौतम
मंगलबार, माघ ८, २०७५

नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) र सह–सचिवस्तरीय संयुक्त कार्यसमूह (जेडब्लूजी) बैठकमा १४ एजेण्डामा छलफल हुने भएको छ । बुधबार हुने सह–सचिवस्तरीय जेडब्लूजी र १० माघमा हुने सचिवस्तरीय जेएससीको बैठकमा न्यू–बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइनको ढाँचा र इनर्जी बैकिङसहित १४ एजेण्डामा छलफल हुने भएको हो ।

531
कारोबार संवाददाता
सोमवार, माघ ७, २०७५

पाँच वर्षदेखि रुकुमको आठबिसकोट राडी बजारमा पसल गर्दै आएका श्याम थापा अहिले जाजरकोट नलगाड नगरपालिका–१० तल्लुमा पसल थापेर व्यवसाय गर्दै आएका छन् । उनी तल्लुमा आएको दुई महिनामात्र भएको बताए । राडीबजारमा भन्दा धेरै व्यापार तल्लुमा हुने उनको भनाइ छ ।

790
भीम गौतम
सोमवार, माघ ७, २०७५

नेपालमा ४ सय वर्षअघि अर्गली सिँचाइ आयोजनाको लागि १.५ किलोमिटरको सुरुङ निर्माण गरिएको तथ्य फेला परेको छ । तर, त्यसपछिको झण्डै २ सय वर्ष पछाडि अर्थात् सन् १९१७ मा चुरियामा सडकका लागि आधुनिक रुपमा सडकको सुरुङ निर्माण गरिएको थियो । नेपाल टनेल एसोसियसनका अनुसार उक्त सडक सुरुङ निर्माणका मुख्य इन्जिनियर तत्कालीन पूर्वी नेपालका गर्भनर गजलराज सिंह थापाका नाती डिल्लीजंग थापाले गरेका थिए । जलविद्युत् आयोजनामा निर्माण गरिएको एक मेगावाटको तिनाऊ जलविद्युत् आयोजनाको सुरुङ निर्माण भने ३० वर्षअघि सम्पन्न भएको थियो ।

1046
प्रगति ढकाल
सोमवार, माघ ७, २०७५

सरकारले मेलम्ची खानेपानी आयोजनाको काम पूरा नगर्ने ठेकेदारसँगको सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाएको छ । आयोजना समाप्त नहुँदै काम छोडेर भाग्न खोजेको इटालियन कम्पनी सीएमसीसँगको ठेक्का प्रक्रिया रद्द गर्ने प्रक्रिया अघि बढाएको हो । खारेजी नगर्ने कारण भए त्यसको कारणसहित १४ दिनभित्र जवाफ पठाउन आइतबार मेलम्ची खानेपानी विकास समितिले ठेकेदार कम्पनीलाई पत्र लेखेको छ । “ठेकेदार कम्पनीलाई १४ दिने सूचना दिँदै समितिले पत्राचार गरेको छ,” खानेपानी मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले भने ।

608
कारोबार संवाददाता
आइतवार, माघ ६, २०७५

भूकम्पले क्षति पुर्याएपछि निजी आवास पुनर्निर्माणमा लमजुङमा डेढ अर्बभन्दा बढी रुपैयाँ खर्च भएको छ । जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाको एक अर्ब ६२ करोड ६३ लाख ५० हजार रुपैयाँ निजी आवासमा खर्च भएको हो ।

572
मेगराज खड्का
आइतवार, माघ ६, २०७५

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा निर्माणाधीन सिम्रुतुखोला साना जलविद्युत् आयोजना निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र स्थानीय जलविद्युत् सहकारीले नेपालकै नमुनाको रूरुपमा यस आयोजनाको निर्माण गरिरहेका छन् ।

814
कारोबार संवाददाता
आइतवार, माघ ६, २०७५

नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २१.९३ मेगावाटको काबेली–३ र २३ मेगावाटको मेवा खोला जलविद्युत् आयोजनाबीच विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ ।

655
कारोबार संवाददाता
आइतवार, माघ ६, २०७५

राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो हिमालयन हाइड्रो एक्स्पो–२०१९ आज आइतबार सकिँदैछ ।

470
रासस
आइतवार, माघ ६, २०७५

सहज यातायात आवागमनका लागि भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन नसकेको पाइएको छ । राष्ट्रिय योजना आयोगको पछिल्लो विवरणअनुसार उत्तर–दक्षिण (कोशी लोकमार्ग), कालीगण्डकी करिडोर, हुलाकी लोकमार्गलगायतका आयोजना सोचअनुसार अगाडि नबढेको पाइएको छ ।

498
मीनकुमार नवोदित
आइतवार, माघ ६, २०७५

नौ सय मेगावाटको बहुचर्चित राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत आयोजनाको हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको छ । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ५ र चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा निर्माणाधीन आयोजनाको कामले तीव्रता पाएको छ । निर्माण कम्पनीले सडक, ड्याम साइड (बाँध), पावर हाउस (विद्युत्गृह) सुरुङ मार्ग निर्माणलाई तीव्रता दिएको छ ।

2749
भीम गौतम
आइतवार, माघ ६, २०७५

नेपालमा जलविद्युत् विकासका लागि स्वदेशी लगानीकर्तालाई वातावरण तथा सामाजिक तथा विदेशी लगानीकर्तालाई ‘हेजिङ’को जोखिम देखिएको छ । हिमालयन हाइड्रो एक्स्पो–२०१९ का क्रममा भएको जलविद्युत्बारेको छलफलमा विज्ञहरूले स्वदेशी लगानीकर्ताहरूले राजनीतिक तथा सामाजिक रूपमा ठूलो समस्या भोग्नुपरेको बताए भने विदेशी लगानीकर्ताहरूले हेजिङ फण्डको व्यवस्था नगर्दा विदेशी लगानीकर्तालाई विदेशी मुद्राको उतारचढावले आयोजना निर्माण गर्न नसकिने अवस्था सिर्जना भएको गुनासो गरे ।

559
कारोबार संवाददाता
शनिवार, माघ ५, २०७५

राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड लागेको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पोमा सार्वजनिक विदाको दिन परेकाले अवलोकनकर्ताको उपस्थिती बाक्लो भएको हो ।

562
कारोबार संवाददाता
शुक्रवार, माघ ४, २०७५

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गर्नुभएको ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ ।

423