कारोबार संवाददाता
बिहिवार, फाल्गुन २९, २०७६

संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत् गुरुयोजना चाडैं स्वीकृत गरेर द्रुत गतिमा काम अगाडि बढाउने बताएका छन् । बुधबार लुम्बिनी विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीको बृहत् गुरुयोजना यसै वर्ष स्वीकृत गरेर काम अगाडि बढाउने बताएका हुन् । उनले लुम्बिनी विश्वमा नेपाललाई चिनाउने सम्पदामध्ये अग्रणी सम्पदा भएकाले पनि अब गुरुयोजनाअन्तर्गत नै द्रुत गतिमा यसको विकासलाई अगाडि बढाउने बताए ।

315
अमरराज आचार्य
शुक्रवार, फाल्गुन ३०, २०७६

दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक रूपमा विपन्न परिवारका लागि ‘आवास निर्माण’ गरेको छ । गाउँपालिकाले आर्थिक रूपमा विपन्न परिवारका लागि तीन करोडको लागतमा घरहरू निर्माण गरेको हो । संघीय सरकारको विशेष अनुदानअन्तर्गत दुई करोड ६४ लाख र गाउँपालिकाको ३६ लाख रुपैयाँबाट गत वर्ष बंगलाचुली गाउँपालिकाको चार वडाको पाँच स्थानमा दुई कोठे ३० वटा घर (प्रिफेब) निर्माण गरिएको बंगलाचुली गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोपाल केसीले बताए । “विपन्न समुदायका लागि आवास निर्माण गरेका छौं,” उनले भने, “निर्माण भएका आवासमा मानिस बस्न सुरु गरेका छन् ।”

384
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३०, २०७६

भूकम्पले क्षतिग्रस्त काठमाडौंको रानीपोखरी पुनर्निर्माण हुँदै ।

528
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २९, २०७६

नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४ खर्ब २६ अर्ब ८१ करोड लगानी गर्ने गरी कर्पोरेट विकास योजना तयार पारेको छ । विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७६-७७ देखि २०८०-८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा ऋण र स्वलगानी (इक्विटी) मार्फत यतिधेरै लगानी गर्ने उल्लेख छ । नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४ खर्ब २६ अर्ब ८१ करोड लगानी गर्ने गरी कर्पोरेट विकास योजना तयार पारेको छ । विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७६-७७ देखि २०८०-८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा ऋण र स्वलगानी (इक्विटी) मार्फत यतिधेरै लगानी गर्ने उल्लेख छ ।

732
दीपेन्द्र थापा
बिहिवार, फाल्गुन २९, २०७६

नेपालको पहिलो सुरुङमार्गको निर्माण सरकारी प्रक्रियाकै कारण ढिला हुने संकेत देखिएको छ । थानकोटदेखि धादिङको सिस्ने खोलासम्म जोड्ने सुरुङमार्ग निर्माणको मुआब्जा विवाद र विस्पोटक पदार्थ आयात गर्नमा नेपाली सेनाले स्वीकृतिमा ढिलाइ गरेसँगै आयोजनाको लागत समेत बढेर जाने र समय सीमाभित्र आयोजना सम्पन्न हुने सम्भावना क्षीण हुँदै गएको छ ।

573
दिलबहादुर केसी
बिहिवार, फाल्गुन २९, २०७६

निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको हेडवक्सको परीक्षण हुने भएको छ । आयोजना निर्माण सुरु भएको ८ वर्षपछि बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण गरिन लागेको हो । सुरुमा आयोजनाको बाँधमा पानी जमाएर परीक्षण गरिन्छ । बाँधमा पानी जमाएर हरेक गेट बन्द गरेर पानी जम्छ कि जम्दैन परीक्षण गरिने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । बाँधको परीक्षणपछि बालुवा थिग्रयाउने पोखरी (डिस्याण्डर)मा पानी भरेर परीक्षण गरिन्छ । परीक्षण आउँदो मार्च १५ अर्थात चैत २ गतेबाट सुरु हुने उनले बताए ।

1345
रासस
बुधवार, फाल्गुन २८, २०७६

राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार कार्य वैशाख महिनाभित्र पूरा हुने बताइएको छ । विसं २०७७ वैशाख १७ गतेभित्र सडक स्तरोन्नतिको निर्माण सम्पन्न गरी जेठ मसान्तभित्र हस्तान्तरण गर्नेगरी काम अगाडि बढाइएको निर्माण व्यवसायीका प्रतिनिधि पवन चौधरीले बताए । बत्तीस महिनाअगाडि रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवा जोड्ने ४१ किलोमिटर १३० मिटर लामो सो सडक विस्तारको ठेक्का भारतीय कम्पनी गावर कन्सट्रक्शन लिमिटेडले पाएको थियो । उक्त सडकखण्डको भौतिक प्रगति अहिलेसम्म जम्मा ६० प्रतिशत भएको छ ।

507
रासस
बुधवार, फाल्गुन २८, २०७६

बिजुली बजारमा नयाँ प्रविधिको प्रयोगगरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज) सम्पन्न भएसँगै यसमा आकर्षक बत्ती जडान गरिने तयारी भएको छ । यो पुल टिकाउसँगै शहरी क्षेत्रमा हेर्दा आकर्षकसमेत हुने भएकाले बत्ती आकर्षक नै राख्ने तयारी भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडकका दुवैतर्फ निर्माण भएका दुवै पुलको माथिल्लो भाग (आर्क) मा धेरै वटा सुन्दर बत्ती जडान हुने इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । ती बत्तीले टाढाटाढासम्म प्रकाशसमेत दिने उनले बताए ।

687
लक्ष्मण ढुंगाना
बुधवार, फाल्गुन २८, २०७६

बर्दियाको राजापुर नगरपालिकालाई कैलालीको टीकापुरसित जोड्न पाँच वर्षअघि कर्णाली नदीको सत्तीघाटमा पक्की पुल निर्माण भयो । तर, पुललाई जोड्ने सडक नबन्दा पुल उपयोग विहिन जस्तै भएको छ । कैलालीवाट छोटो दुरीमा बर्दिया हुँदै नेपालगञ्ज आउजाउ गर्न सकिने भएपनी राजापुरतर्फ करिब सात सय मिटर बाटो निर्माण नहुँदा समस्या भएको हो । बाटो निर्माणका लागि गत असारमै आवश्यक प्रकृया टुंग्याएर काम थाल्ने बताएपनी हालसम्म पनि निर्माण हुन नसकेको स्थानीयको भनाई छ ।

272
कारोबार संवाददाता
बुधवार, फाल्गुन २८, २०७६

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि सेयर निष्कासन गरेको छ । आगामी चैत्र महिना भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लावासीका लागि सेयर निष्काशन गरेको हो । आयोजना प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडले मंगलबारबाट सेयर निष्काशन गरेको आयोजना सञ्चालक राजेन्द्र वस्तीले बताए । सर्वसाधरण जिल्लाबासीका नाममा निष्काशन गरीएको सेयर आव्हानमा जिल्ला भित्रै १५ करोड रकम संकलन गर्ने आयोजनाको लक्ष्य छ ।

364
कारोबार संवाददाता
सोमवार, फाल्गुन २६, २०७६

इलाम नगरपालिकाले नगरबासीलाई विद्युतीय चुल्हो (इन्डक्सन) मा अनुदान दिने भएको छ । इलाम नगरपालिका नगर कार्यपालिकाले ग्यासको आयात प्रतिस्थापन गरी विद्युत् खपत वृद्धि गर्नका साथै काठ, दाउराको उपयोगमा कम गराई वातावरण संरक्षण गर्ने उद्देश्यका साथ विद्युतीय चुलोमा अनुदान दिने भएको हो । उक्त चुलो खरिदकर्ता नगरबासीलाई ७५ प्रतिशत अनुदान दिने नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

200
कारोबार संवाददाता
सोमवार, फाल्गुन २६, २०७६

विश्व बैकको सहयोगमा नुवाकोटमा निर्माणाधीन २५ मेगावाटको सौर्य ऊर्जा (सोलार) मध्ये १५ मेगावाट आगामी बैशाखदेखि सम्पन्न भई सञ्चालनमा आउने भएको छ । नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको १० मेगावाट आगामी चैत्रभित्र र ५ मेगावाट वैशाखाभित्र सम्पन्न हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

144
कारोबार संवाददाता
सोमवार, फाल्गुन २६, २०७६

नेपाल सरकारले प्राथमिकताप्राप्त आयोजनाको सूचीमा राखेर काम सुरु गरेको सुनकोसी–मरिण डाइभर्सन तथा उर्जा आयोजाको काम तीव्र रुपमा भैरहेको छ । यसका लागि डीपीआर तयार गरी सुरुङ निर्माणको डिजाइन र जग्गा अधिग्रहणको काम समेत दु्रत गतिमा भइरहेको छ । यो आयोजनाले प्रदेश नं २ का सप्तरी देखि वारा सम्मका ५ जिल्लाका १ लाख २२ हजार हेक्टर खेतियोग्य जमिनमा सिंचाइ पु-याउनका साथै २६.६८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।जसका लागि ६७ घनमिटर पानी स्थानान्तरण गरेर र स्थानान्तरण गर्दा प्रयोग हुने ६४ मिटर हेडको प्रयोग गरीआयोजना अगाढि बढाइने छ ।

173
कारोबार संवाददाता
सोमवार, फाल्गुन २६, २०७६

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले विगतका निर्णय कार्यान्वयन गर्न १५ दिने अल्टिमेटम दिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखामा धर्नासहित मुआब्जा निर्धारण समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले निर्णय कार्यान्वयनका लागि चैत ७ गतेसम्मको समय दिएका छन् ।

144
हरिश चन्द
मंगलबार, फाल्गुन २७, २०७६

सुदूरपश्चिम प्रदेशकै गेमचेञ्जर मानिएको पश्चिम सेती आयोजनाको निर्माण अझै सुरु हुनसकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा उठाइने पश्चिम सेती आयोजना ४० वर्षदेखि चर्चामा सीमित छ भने स्थानीयलाई यो आयोजना निर्माण हुन्छ भन्ने पत्यार लाग्नसमेत छाडिसकेको छ । यतिका वर्ष बितिसक्दा पनि निर्माणको काम भने किन अगाडि बढेन भन्ने प्रश्नको जवाफ दिन राजनीतिक नेतृत्वले सकेको छैन । यद्यपि यस क्षेत्रका केही स्थानीयमा चार दशकदेखि चर्चामा रहेको पश्चिम सेती परियोजना बन्छ कि भन्ने झिनो आशा भने बाँकी नै छ ।

239