कारोबार संवाददाता
शुक्रवार, माघ ११, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बूढीगण्डकी जलाशययुक्त आयोजनाको क्षमता घटाउनुपर्ने बताएका छन् । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार आयोजित बूढीगण्डकीबारेको छलफलमा ऊर्जामन्त्री पुनले यस्तो बताएका हुन् । उनले बूढीगण्डकीको क्षमता १२ सयबाट ९ सय मेगावाट बनाउनु उपयुक्त हुने बताएका थिए । आयोजनाको क्षमता घटाएर आरुघाट, आर्खेत र खहरे बस्ती जोगाउनु उपयुक्त हुने भन्दै मन्त्रीले क्षमता घटाउनुपर्ने बताए पनि चीनको चाइना गेजुवा गु्रप कम्पनीलाई इन्जिनियरिङ प्रकु्रमेन्ट कन्ट्रक्सन (ईपीसी) मोडेलमा १२ सय मेगावाट बराबरमा बनाउन दिइसकेको अवस्थामा मन्त्रीबाट आएको यो भनाइलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

752
भीम गौतम
शुक्रवार, माघ ११, २०७५

दोस्रो अन्दरदेशीय प्रसारणलाइन निर्माणमा सात वर्षसम्म एकल बुकिङ गर्ने र त्यसपछि संयुक्त रूपमा गर्ने नेपालको प्रस्तावलाई भारतले अस्वीकार गरेको छ । नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए)पछि गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को छैटौं बैठकमा दोस्रो न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारणलाइन निर्माणमा नेपालले गरेको प्रस्ताव भारतले अस्वीकार गरेको हो ।

582
मीनकुमार नवोदित
शुक्रवार, माघ ११, २०७५

राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणले गति लिएसँगै बसाइँ गएकाहरू धमाधम आफ्नै पुरानो थातथलो फर्किन थालेका छन् । आयोजना आसपासबाट बसाइँ गएकाहरू फर्किएर आयोजनामा कामका साथै व्यवसाय सुरु गरेका छन् । मकालु गाउँपालिका वडा नम्बर ५ का बलराम कटवाललाई जीवनमा फेरि आफ्नो पुरानै थाकथलोमा फर्कन्छु भन्ने लागेको थिएन कहिल्यै । संखुवासभाको नुममै बितेको थियो उनको जीवनका ऊर्जाशील समय । सुखद जीवनको कल्पना गर्दै २०६० सालमा कटवाल परिवारसहित विराटनगर झरे ।

700
रासस
बिहिवार, माघ १०, २०७५

बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई रु १९ अर्बभन्दा बढी मुअब्जा रकम वितरण गरिसकेको छ ।

590
कारोबार संवाददाता
बिहिवार, माघ १०, २०७५

सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्नुपर्ने विकास निर्माणका योजना अझै सञ्चालन हुन सकेका छैनन् । चालू आवको ६ महिना बितिसक्दा समेत विकास निर्माणका योजना सुरु भएका छैनन् । आवको आधा अवधि बितिसक्दा पनि प्रदेश सरकारको कुल बजेटको ५ प्रतिशतमात्रै बजेट खर्च भएको छ ।

534
गोपाल पोखरेल
बिहिवार, माघ १०, २०७५

निर्माणकार्य सुरु भएको २३ वर्ष बितिसक्दा पनि सगरमाथा राजमार्ग अन्तर्गतको गाईघाट-दिक्तेल सडक निर्माण सम्पन्न हुन सकेको छैन । ट्रयाक खुलेको वर्षौं भइसक्दा पनि उदयपुर र खोटाङ जिल्लाको सीमामा रहेको दूधकोसी नदीमा पक्की पुल निर्माण नहुँदा सडक निर्माणसमेत प्रभावित भएको हो । उदयपुर सदरमुकाम गाईघाटदेखि साउनेसम्मको २४ किलोमिटर सडकमा कालोपत्रे गरिए पनि साउने फोक्सिनटार, फोक्सिनटार राजापानी र राजापानी महुरे सडक खण्ड निर्माणाधीन अवस्थामा छ । फोक्सिनटार राजापानी खण्डमा सडक वाल, मेसिनरी वाल, नाली र कल्भर्ट निर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भए पनि अन्य खण्डमा ५० प्रतिशतभन्दा बढी काम हुनसकेको छैन ।

529
अनुपमा खनाल
बिहिवार, माघ १०, २०७५

भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा गोरखाका ११ स्थानीय तहमध्ये गोरखाको बारपाक–सुलिकोट गाउँपालिका अगाडि देखिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) को तथ्यांकअनुसार पुनर्निर्माणमा बारपाक सुलिकोट अगाडि देखिएको हो । भूकम्पको केन्द्रविन्दु बारपाकसमेत समेटिएको सो गाउँपालिकामा सात हजार १ सय ८१ घर भूकम्पले भत्केकोमा हालसम्म ८७ प्रतिशत घर निर्माण सम्पन्न भइसकेका छन् । सो गाउँपालिकाका पाँच हजार ८ सय ३० घरधुरीले सरकारले उपलब्ध गराउने तीन लाख रुपैयाँ अनुदान बुझिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ले जनाएको छ ।

505
दिलबहादुर केसी
बिहिवार, माघ १०, २०७५

तातोपानी नाका आगामी २०७६ वैशाखबाट सुचारु गर्नका लागि सडक सुधारको कामले तीव्रता पाएको छ । दुवै देशको सीमा मितेरी पुलसम्मको सबैभन्दा बढी क्षति भएको सडक सुधारका लागि नेपाल र चीन दुवै देशका सरकार मिलेर काम गरिरहेका छन् । नेपाल पट्टीको सडक मर्मत तथा पहिरो रोकथाम सुरु भएको छ ।

514
कारोबार संवाददाता
बिहिवार, माघ १०, २०७५

नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को छैटौ बैठक बिहीबार पोखरामा हुँदैछ । बुधबार सह–सचिवस्तरीय संयुक्त कार्यसमूह (जेडब्लूजी) बैठक सकिएपछि सचिवस्तरीय बैठक बस्न लागेको हो । सचिवस्तरीय बैठकको नेतृत्वको नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे तथा भारतको तर्फबाट विद्युत्् मन्त्रालयका सचिव अजयकुमार भल्लाले गर्दैछन् ।

533
कृष्ण न्यौपाने
बुधवार, माघ ९, २०७५

भूकम्प गएको तीन वर्षको अवधिमा तनहुँमा २ हजार २ सय ८३ निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ ।

700
कारोबार संवाददाता
बुधवार, माघ ९, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल भारतसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न थप इच्छुक रहेको बताएका छन् ।

467
कारोबार संवाददाता
बुधवार, माघ ९, २०७५

चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा डिभिजन वन कार्यालय रसुवाले रोक लगाएको छ ।

637
भीम गौतम
बुधवार, माघ ९, २०७५

ऊर्जा मन्त्रालयले ल्याएको विद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स)सम्बन्धी निर्देशिका २०७५ विद्युत् नियमावलीविपरीत देखिएको छ । कुनै जलविद्युत्को सर्भे लाइसेन्सको अवधि पाँच वर्ष नपुगी आयोजना दु्रतगतिमा अघि बढाउन चाहेमा र त्यो क्रममा कुनै विवरण थप गर्नुपर्नेमा समय नै नदिइ खारेज गर्ने लगायतका व्यवस्था नियमावलीविपरीत देखिएको हो ।

798
कारोबार संवाददाता
बुधवार, माघ ९, २०७५

मेलम्ची खानेपानी आयोजनाको मुख्य विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले इटालियन ठेकदार कम्पनी सीएमसीसँगको सम्झौता रद्द गर्न ‘ग्रिन सिग्नल’ दिएको छ ।

617
कारोबार संवाददाता
मंगलबार, माघ ८, २०७५

झोलुङ्गे पुल निर्माण हुने स्थानमा सार्वजनिक जग्गा हुँदा समस्या नआए पनि निजी जग्गा भएका ठाउँमा समस्या आइरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका सस्पेन्स विभागले जनाएको छ ।

588