कारोबार संवाददाता
सोमवार, जेठ ६, २०७६

तमोर नदीको किनारै किनार पहाड र तराई जोड्ने सडकको रूपमा निर्माणाधीन कोसी करिडोर सडक निर्माणले गति लिएको छ । पहाडलाई तराईसँग जोडदै पहाडको आर्थिक विकास गर्ने लक्ष्य आयोजनाले लिएको छ । पूर्वी पहाडका विशेषगरी पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटलाई तराई र राजधानी जोड्ने गरी सडक निर्माण हुँदैछ ।

219
कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६

दक्षिणकाली नगरपालिकाको समन्वयमा सडक डिभिजन कार्यालय काठमाडौं मार्फत दक्षिणकाली नगरपालिका र ललितपुर महानगरपालिका जोड्ने पक्की पुलको शिलान्यास भएको छ ।

447
भीम गौतम
आइतवार, जेठ ५, २०७६

जलविद्युत्मार्फत हाल नेपालमा १ हजार ५० मेगावाट बराबरको विजुली उत्पादन भएकोमा निजी क्षेत्रको योगदानमात्रै ५ सय ५० मेगावाट छ । १०८ वर्षअघि सुरु भए पनि सरकारी क्षेत्रबाट ५ सय मेगावाट मात्र उत्पादन भएको छ भने निजी क्षेत्रबाट उत्पादन सुरु भएको २० वर्षमै यति धेरै उत्पादन हुन सकेको छ । निजी क्षेत्रसँग अहिले १५ हजार मेगावाट बराबरको सर्भे लाइसेन्स पनि छ । अध्ययन सकेर निर्माणमा गरेका आयोजनाको क्षमता ५ हजार ५ सय मेगावाट बराबर छ ।

1256
कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारलाई उज्यालो वडा घोषणा गरिएको छ । नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत मंगलटार वडाका सबै स्थानीयको घरमा केन्द्रीय प्रसारणलाइन विस्तार भएपछि उज्यालो वडा घोषणा गरिएको हो । वर्षौंदेखि अँध्यारोमा बसेका स्थानीय बिजुली बलेसँगै हर्षित भएका छन् ।

256
कारोबार संवाददाता
शुक्रवार, जेठ ३, २०७६

स्वदेशी निर्माण व्यवसायीहरुलाई पेशाबाटै पलायन गर्ने गरी हालै नेपाल सरकारबाट जारी गरिएको सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदाहरुप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

528
कारोबार संवाददाता
शुक्रवार, जेठ ३, २०७६

गोरखा जिल्लाको आरुघाट र धार्चे गांउँपालिकामा अवस्थित बुढी गण्डकी नदीको सहायक नदी रिचेत खोला जलविद्युत परियोजनाको लगानी जुटेको छ । कुल लागत रु ३६.९२ करोड मात्र रहेको परियोजनाको लागी राष्ट्रिय वाणिज्य बैकले लगानी गर्ने भएको छ ।

437
कारोबार संवाददाता
शुक्रवार, जेठ ३, २०७६

छिल्लो समय सवारीसाधनका कारण प्रदूषण बढिरहेको भन्दै त्यसलाई समयमै नियन्त्रण गर्न विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने नीति ल्याउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा नेपाल वातावरण पत्रकार समूह, स्वच्छ उर्जा नेपाल र नेपाल विद्युतीय परिवहन संघले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा विद्युतीय सवारी साधनको वृद्धि, विकास र प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

241
लक्ष्मण ढुंगाना
शुक्रवार, जेठ ३, २०७६

नेपालगन्ज उपमहानगरपालिकामा चुनौतीपूर्ण बन्दै गएको फोहर व्यवस्थापन कार्य सहज हुने भएको छ । एसियाली विकास बैंकको सहयोगमा विगत ३ वर्षदेखि निर्माणाधीन देशकै उत्कृष्ट मानिएको अत्याधुनिक ल्यान्डफिलसाइटको औपचारिकरूपमा सुरु भएपछि फोहर व्यवस्थापन कार्य सहज हुने भएको हो ।

903
भीम गौतम
शुक्रवार, जेठ ३, २०७६

मुलुकका ७७ जिल्लामध्ये ६९ जिल्ला सदरमुकाममा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणलाइन पुगेको छ । विद्युत् प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारणलाइनको निर्माण सम्पन्न गरी उक्त लाइन बुधबारबाट सञ्चालन (चार्ज) गरेर दार्चुलाको सदरमुकाम खलंगामा राष्ट्रिय प्रसारणलाइन पु-याएसँगै ६९ जिल्ला सदरमुकाममा प्रसारणलाइन पुगेको हो ।

286
कारोबार संवाददाता
शुक्रवार, जेठ ३, २०७६

म्याग्दीको ग्रामीण भेगमा विकासले प्राथमिकता पाएको छ । धवलागिरि गाउँपालिका–५ मल्कवाङ र ६ मराङमा सञ्चालित विभिन्न पूर्वाधार विकास आयोजना तिब्रताका साथ अघि बढेका छन् । भौगोलिक रूपमा विकट, दुर्गम क्षेत्र, राजनीतिक र प्रशासनिक पहुँचमा पछि परेका मराङ र मल्कवाङमा सडक, भवन, पुल, नदी नियन्त्रण, विद्युतीकरणलगायतका करोडौंका आयोजनाले तिव्रता पाएको हो ।

114
मीनकुमार नवोदित
शुक्रवार, जेठ ३, २०७६

विराटनगर–धरान कोशी राजमार्गअन्तर्गत मोरङको टंकीसिनवारीमा बिजुलीको पोल नसारिकनै कालोपत्रे गरिएको छ । यसले नेपालको विकासमा कतिसम्म लापरबाही हुन्छ भन्ने उदाङ्गो बनाइदिएको छ ।

105
कारोबार संवाददाता
शुक्रवार, जेठ ३, २०७६

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् आयोजना बल्ल निर्माण सम्पन्न भएको छ । २०६७ सालमा निर्माण सुरु भएर ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना ५ वर्ष ढिलो गरी सम्पन्न भएको हो । आयोजनाको ३० मेगावाटको पहिलो युनिट बिहीबार राष्ट्रिय प्रणालीमा जोडिएको छ । आयोजनास्थल नुवाकोटको किस्पाङ–५ सिम्लेस्थित स्वीचयार्डको कन्ट्रोल रुममा रहेको स्वीच दवाएर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरे । आयोजनाबाट परिक्षणको रूपमा विद्युत् उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।

125
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

नेपालको विकासको गति कतिसम्म सुस्त छ भन्ने हेर्न धेरै टाढा जानु पर्दैन । विराटनगरको चक्रपथको निर्माणलाई हेरे पुग्छ । हुन त एउटै पुलको पटकपटक शिलान्यास हुने गरेको छ मुलुकमा । चार पटकको शिलान्यासपछि बल्ल निर्माण हुन थालेको छ झापास्थित मेची पुल ।

241
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङको जोडिएको छ । रोवस्ट इजर्नी प्रालिले निर्माण गरिरहेको ४२ मेगावाट क्षमताको आयोजनाको २ हजार २७० दशमलव ५ मिटर सुरुङ जोडिएको हो ।

491
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

सरकारले अस्ट्रियासँग ऊर्जामा सहकार्य गर्नेबारे समझदारी गर्ने भएको छ । नेपाल र अस्ट्रियाबीच ऊर्जा क्षेत्रमा लगानीसहित ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्ने गरी समझदारी हुन लागेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थले ऊर्जा मन्त्री बर्षमान पुनको नेतृत्वमा जाने टोलीले अस्ट्रियासँग समझदारी गर्न लागेको जानकारी दिए ।

306