कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

खानेपानीको समस्यामा अल्झिएका वालिङ–७ ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’ पुगेसँगै स्थानीयवासी हर्षित भएका छन् । खानेपानी तथा चौपायाका लागि गाग्रीमा बोकेर पानीको जोहो गर्नुपर्ने यहाँका स्थानीयवासीलाई पिठ्यूँमा पानी बोक्नुपर्ने बाध्यता हटेर गएको वालिङ–७ का वडाध्यक्ष पाण्डुकुमार थापाले बताए

156
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालमा भएका फलामखानीको सम्भाव्यता अध्ययन गर्ने घोषणाबमोजिम तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ढोरफिर्दीमा रहेको फलाम खानीको सम्भाव्यता अध्ययन सुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । खानी तथा भू–गर्भ विभागबाट आएको चार जनाको टोलीले खानीको सम्भाव्यता अध्ययन सुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् ।

216
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

दोलखाका ३ वटा सडक स्तरोन्नतीसहित कालोपत्रे हुने भएको छ । प्रदेश–३ अन्र्तगत पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले दोलखाका थप ३ सडकलाई स्तरोन्नती गरेर कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको हो ।

2394
कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६

गतवर्ष प्रति किलो ५० रुपैयाँमा सुन्तला बेचेका गर्भाका किसान गणेश चन्दले यसवर्ष बगानबाटै प्रतिकिलो ८५ रुपैयाँमा सुन्तला बेचेका छन् । वडा कार्यालय रहेको गर्भा दरबारसम्म मोटरबाटो पुगेपछि चुरे गाउँपालिका–४ गर्भा दरबारका किसानले यसवर्ष सुन्तलाको मूल्य राम्रो पाएका हुन् । गत वर्ष डोकोमा बोकेर चौमाला पु¥याउँदा प्रतिकिलो ५० रुपैयाँका दरले सुन्तला बेचेका खैरालाका किसानले यसपाली बगानबाटै प्रतिकिलो ८५ रुपैयाँका दरले बेचिरहेका छन् ।

204
प्रगति ढकाल
शुक्रवार, कार्तिक २९, २०७६

खानेपानी मन्त्री विना गमरले पोखरास्थित मर्दीखोलन खानेपानी आयोजनाको काम समयमा नै सम्पन्न गर्न निर्देशन दिएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको काम समयमा नै सम्पन्न नभए पनि मर्दी खोला खानेपान िआयोजनाको काम आगामी ३ वर्षभित्र नै सम्पन्न गर्ने गरी काम दु्रत गतिमा अगाडि बढाउन आयोजनालाई निर्देशन दिइएकी हुन् ।

405
अनुपमा खनाल
शुक्रवार, कार्तिक २९, २०७६

गण्डकी प्रदेश सरकारले गोरखामा पुल निर्माणका लागि २० करोड भन्द बढी रकम विनियोजन गरेको छ । प्रदेश सरकारले पूर्वाधार विकास मन्त्रालय अन्तरगत मोटरेवल तथा झोलुङ्गे पुल निर्माणका लागि सो रकम विनियोजन गरेको हो । जिल्लामा पुल निर्माणका लागि ११ लाखदेखि साढे चार करोड रुपैयाँसम्मका योजना परेका छन् । यातायात पूर्वाधार निर्देशनालयमार्फत पालुङटार नगरपालिका र भानु नगरपालिका जोड्नका लागि चाम्बासमा मस्र्याङदी नदीमाथि ४ करोड ४० लाख रुपैयाँको लागतमा पुल बनाइने भएको छ ।

314
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६

गोरखा क्षेत्र नं. २ का प्रदेश सांसदहरु हरिशरण आचार्य र प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट बाँडफाँड गरेका छन् । क्षेत्र नम्बर २ को प्रदेश ‘क’ बाट निर्वाचित सांसद आचार्यले दुई करोड रुपैयाँ २४ योजनाका लागि विनियोजन गरेका छन् भने क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीले २५ योजना छनौट गरेका छन् ।

258
कृञ्जला पुलामी
बिहिवार, कार्तिक २८, २०७६

सिन्धुलीको विकट स्थानीय तह घ्याङलेख गाउँपालिकामा बिजुली बत्ती पुगेको छ । गाउँपालिकाका एउटा वडाबाहेकका अन्य सबै वडामा राष्ट्रिय विद्युत् प्रसारण लाइनको बिजुली पुगेको हो ।

219
कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६

धनगढीका व्यवसायीहरुले मोहना–अत्तरिया छ लेन सडकलाई सहरी सडक बनाउन माग गरेका छन् । कैलाली उद्योग वाणिज्य संघले सोमबार धनगढीमा आयोजना गरेको सो सडक सम्बन्धी छलफल कार्यक्रममा व्यवसायीहरुले मोहना–अत्तरिया छ लेन सडकलाई राजमार्गमा रुपमा नभई शहरी र औद्योगिक सडकका रुपमा विकास गर्न माग गरेका हुन् ।

263
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

दोलखाको सिंगटी बजारबासीले मंगलबार बिहान सिंगटी बजार र बजार छेउको नदी सरसफाइ गरेका छन् । सिंगटी बजार व्यवस्थापन समितिको आयोजनामा सबै बजारबासी मिलेर बजार सरसफाइ गरेका हुन् । बजारबाट गएको फोहोरबाट तामाकोसी नदी र सिंगटी खोला प्रदूषित भएपछि बजारबासी सरसफाइमा निस्केका हुन् । केही दिनअघि औषधिजन्य फोहोर नदीमा फालिएको विषयमा कारोबार दैनिकमा समाचार आएपछि स्थानीयको ध्यानाकार्षण भएको थियो ।

474
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

सुदूरपश्चिम प्रदेश सरकारले भारतसँग सीमा विवाद भइरहेको तुम्लिंग, टिंकर, सांग्रु क्षेत्रमा घोडेटो बाटो निर्माण गर्ने तयारी निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दार्चुलाको व्यास गाउँपालिका–२, तसम्लिंगदेखि टिंकर र सांग्रुसम्म घोडेटो निर्माणका लागि नेपाल सरकारसँग समन्वय गर्ने निर्णय गरेको हो । कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रका नेपाली नागरिकले आवतजावत गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने र भारतसँग सीमा विवाद भएपछि प्रदेश सरकारले तत्काल सो क्षेत्रमा घोडेटो निर्माण गर्ने निर्णय गरेको हो ।

403
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

चितवनको सौराहामा नवौं विश्व रेन्जर सम्मेलन सुरु भएको छ । वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय रेन्जर फेडरेशन (आईआरएफ) को संयुक्ता आयोजना सम्मेलन सुरु भएको हो । प्रत्येक ३ वर्षमा आयोजना हुने सम्मेलन एशियामा प्रथम पटक नेपालमा आयोजना भएको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार नेपाललले संरक्षणको क्षेत्रमा गरेको प्रयास विश्व समुदायलाई सुनाउने छ ।

248
कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६

राष्ट्रिय गौरवको जलाशययुक्त बुढी गाण्डकी आयोजना डुवानमा पर्ने बजार क्षेत्रको घरजग्गाको मुआब्जा नतोक्दा काम गर्न अफ्ठ्यारो भएको भन्दै जनप्रतिनिधिहरु मुआब्जा तोक्ने निकाय र संघीय सांसदप्रति रुष्ट भएका छन् । समृद्धिको सपना जनतालाई बाँढेपनि मुआब्जा निधारण गर्न ढिलाइ गरेको भन्दै सांसदहरुप्रति र अधिकार सदुपयोग नगरेर ढुवान पीडितलाई पीडा थपिदिएको भन्दै प्रमुख जिल्ला अधिकारी प्रति रुष्ट भएका हुन् । प्रमुख जिल्ला अधिकारी फेरिए पिच्छे स्थलगत अनुगमन र अन्तरक्रिया गर्ने डुवान पीडितलाई झस्काउने काम मात्र गरेको जनप्रतिनिधिहरुको

352
भीम गौतम
बुधवार, कार्तिक २७, २०७६

नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत् माग २११८४ मेगावाट आवर अर्थात ११६९ मेगावाटमात्र थियो । तर, प्राधिकरणकै प्रक्षेपणअनुसार विद्युत्को माग २२२५ मेगावाट हुनुपर्ने हो । एकाध वर्षमा पुसको दोस्रो-तेस्रो साता विद्युत् माग वर्षभरिकै उच्च माग पुगे पनि अधिकांश वर्ष लक्ष्मीपूजाकै दिन सबैभन्दा बढी हुन्छ ।

769
प्रगति ढकाल
मंगलबार, कार्तिक २६, २०७६

चितवनको सौराहामा विश्व संरक्षणमा लागेका पेशाकर्मी (रेन्जर) हरुको सम्मेलन आज सुरु हुँदैछ । रेन्जरहरुको पेशागत हितको संरक्षण गर्न स्थापित इन्टरनेशनल रेन्जर फेडरेशन (अन्तर्राष्ट्रिय रेन्जर महासंघ) को सहयोगमा वन तथा वातावरण मन्त्रालयले नवौं विश्व रेन्जर सम्मेलन आयोजना गर्न लागेको हो ।

223