कारोबार संवाददाता
आइतवार, कार्तिक २६, २०७४

भारतीय आयल कर्पोरेसनले आगामी जनवरीदेखि रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु गर्ने भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनका उच्च अधिकारीले रक्सोल–अमलेखगन्जको स्थलगत अध्ययन गरी जनवरीदेखि पाइपलाइन विस्तारको काम अघि बढाउने निष्कर्ष निकालेको हो । उच्च अधिकारीहरु सम्मिलित टोलीले रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारका लागि घरटहरा, बिजुलीका पोल र रूख कटान नहुँदा काम अगाडि बढाउन समस्या भएको निष्कर्ष निकालेको हो ।

1960
भीम गौतम
आइतवार, कार्तिक २६, २०७४

सूचना प्रविधिको उपयोगपछि नेपालको सार्वजनिक खरिद प्रकृयाले फड्को मारेको छ । इलेक्ट्रिक गभर्मेन्ट प्रोक्योरमेन्ट सिस्टम (ईजीपी) लागू भएसँगै सार्वजनिक खरिद प्रकृया सहज भएको हो । परम्परागत ठेक्कापट्टामा कार्टेलिङ हुनुका साथै अपारदर्शी पनि हुने गरेकोमा नयाँ प्रविधि लागू भएपछि प्रकृयामै आमूल परिवर्तन आएको सार्वजनिक खरिद अनुगमन कार्यालयका पूर्वसचिव रमेश शर्मा बताउँछन् ।

1077
प्रगति ढकाल
आइतवार, कार्तिक २६, २०७४

हरित जलवायु कोष (जीसीएफ) ले वनमा आधारित कार्बन व्यापारका कार्यक्रमहरू सञ्चालन गर्नका लागि ५२ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । नेपाललगायत विकासोन्मुख राष्ट्रहरू कार्बन व्यापारमा जान कसरत गरिरहेका बेला थप वित्तीय सहयोग उपलब्ध गराउँदै पूर्वतयारीका कार्यक्रम सञ्चालनमा प्रोत्साहित गराउने लक्ष्यसहित आगामी ५ वर्षका लागि यो बजेट छुट्याइएको हो । 

1243
भीम गौतम
शुक्रवार, कार्तिक २४, २०७४

मुलुकलाई लोडसेडिङमुक्त बनाउन चार सय मेगावाट विद्युत् भारतबाट आयात गर्नु परिरहेका बेला बेला प्रमुख राजनीतिक दलहरूले भने चुनावी घोषणापत्रमा मीठा सपना बाँडेका छन् । विगतमा ऊर्जामा महत्वाकांक्षी घोषणा गरेर पनि १० वर्षदेखि सत्ता र सत्तावरपर रहेका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राप्रपालगायत राजनीतिक दलहरूले घोषणापत्र कार्यान्वयनमा भने उदासिनता देखाउँदै आएका छन् ।

752
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २४, २०७४

ऊर्जा मन्त्रालयले पहिलो पटक ‘पम्प स्टोरेज’ जलाशय जलविद्युत् आयोजनाको अध्ययन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । पोखरास्थित बेगनास र रूपातालमा निर्माण हुने १५० मेगावाटको ‘बेगनास–रूपा पम्प जलाशय’ को अनुमतिपत्र मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई बिहीबार दिएको हो ।

1079
कारोबार संवाददाता
मंगलबार, कार्तिक २१, २०७४

जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले ४२६ मेगावाटको फूकोट कर्णाली जलविद्युत् आयोजनामा स्वँपुजी (इक्विटी) गर्ने निर्णय गरेको छ । ६ वर्षअघि स्थापना भएको कम्पनीले हालसम्म जलविद्युत् आयोजनाहरुमा ऋण लगानीमात्र गर्दै आएको छ ।

736
कारोबार संवाददाता
मंगलबार, कार्तिक २१, २०७४

नेपालमा रेलमार्गको सम्भाव्यताबारे बुझ्न चिनियाँ टोली काठमाडौं आएको छ । चीनको नेशनल रेलवे एडमिनिस्ट्रेसनको २३ सदस्यीय टोली केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्गको सम्भाव्यताबारे बुझ्न सोमबार काठमाडौं आएको हो ।

766
भीम गौतम
सोमवार, कार्तिक २०, २०७४

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक पिकिङ नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । प्राधिकरणले १ सय ६० मेगावाटको लाप्चेखोला जलविद्युत् आयोजनाको पीपीए गरेको हो । विगतमा पिकिङ आरओआर आयोजनाको छुट्टै पीपीए दर नभएकाले ऊर्जा मन्त्रालयको नीति अनुसार प्राधिकरणले जलाशय र अर्धजलाशयको नयाँ पीपीए दर कायम गरेको थियो ।

1014
भीम गौतम
सोमवार, कार्तिक २०, २०७४

भूकम्पबाट अति प्रभावित १४ जिल्लामा निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको छ । ललितपुरमा भएको भूकम्प अति प्रभावित १४ जिल्लाका स्थानीय तहका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरूसँगको विशेष अन्तत्र्रिmयापछि प्राधिकरणले घोषणापत्र नै जारी गरेको हो । ती बुँदामा हाल पुनर्निर्माणमा देखिएका समस्याहरू समाधानका लागि प्राधिकरण, सरकारी मन्त्रालय तथा अन्य सरोकारवालाहरूले गर्नुपर्ने मुद्दालाई समेटिएको छ ।

793
भीम गौतम
आइतवार, कार्तिक १९, २०७४

ऊर्जा मन्त्रालयले विद्युत्् नियमन आयोग गठनका लागि आवश्यक आयोग नियमावलीको मस्यौदा अन्तिम चरणमा पुगेको छ । गत साउनमा संसदबाट पारित भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भदौ १९ मा प्रमाणीकरण गरिएको नियमन आयोगको ऐन–२०७४ अनुसार आयोग गठनका लागि आवश्यक नियमावलीको मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको हो ।

695
कारोबार संवाददाता
आइतवार, कार्तिक १९, २०७४

सिमेन्ट उद्योगमा स्वदेशी तथा विदेशी लगानी वृद्धि भइरहे पनि सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिङ्कर आयात भने अस्वभाविक रुपमा वृद्धि भएको छ । प्रतिवर्ष ११ अर्बको औसतमा क्लिङ्कर आयात भएको छ । नेपालमा बढ्दो माग र स्वदेशी क्लिङ्कर उत्पादनबीच सन्तुलन मिल्न नसक्दा आयात बढेको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार पछिल्लो ५ वर्षमा मात्रै ५६ अर्ब रुपैयाँ बराबरको क्लिङ्कर आयात भएको छ ।

1201
कारोबार संवाददाता
बुधवार, कार्तिक १५, २०७४

एसियाली विकास बैंक (एडीबी)ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निकै सुस्त भएको भन्दै असन्तुष्टि जनाएको छ । आफ्नो आर्थिक एवं प्राविधिक सहायतामा सञ्चालित आयोजनाको समीक्षाका लागि मंगलबार काठमाडौंमा भएको बैठकमा एडीबीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएको हो ।

792
कारोबार संवाददाता
बुधवार, कार्तिक १५, २०७४

भूकम्प प्रभावितका लागि विभिन्न बिकास साझेदार राष्ट्रले दिएका सामान तीन वर्षदेखि गोदाममै थन्किएका छन् । भूकम्पपीडित कष्टकर रूपमा टहरामा बसिरहेका बेला उनीहरूकै लागि भनेर आएको चामल, त्रिपाल, जस्तापता, कपडा, जुत्ताचप्पललगायतका सामग्री वितरण नगरी गोदाममै थन्क्याइएको हो ।

2397
कारोबार संवाददाता
सोमवार, कार्तिक १३, २०७४

क्षमताभन्दा बढी सामान बोकेका भारतीय गाडीलाई नेपालका सडकहरुमा प्रहरीले नै निर्वाध रूपमा सञ्चालन हुन दिने गरेको खुलेको छ । नेपाली ट्रक व्यवसायीहरूले ओभरलोडेड भारतीय गाडीका कारण आफूहरू मारमा परेको र नेपालका सडक तथा पुलहरूमा पनि क्षति पुगेको भन्दै रोक्न बारम्बार माग गर्दै आएका छन् । तर, प्रहरीले वास्ता नगरेको बरु मिलेमतोमा भारतीय गाडीलाई संरक्षण गरेको व्यवसायीहरूको गुनासो छ । प्रचलित कानुनको उल्लंघन गरेर ओभरलोड सामान बोकेका भारतीय ट्रकलाई व्यवसायीले गतसाता नवलपरासीको तिलकपुर र भैरहवामा रोकेका थिए । भारतको राजस्थानबाट मार्बल र टायल बोकेर काठमाडौं, नारायणगढ जाँदै गरेका भारतीय गाडीहरूलाई कारवाहीको माग गर्दै व्यवसायीले रोकेका हुन्

801
भीम गौतम
आइतवार, कार्तिक १२, २०७४

लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र चल्ने र नागढुंगादेखि धुलिखेलसम्म पुग्ने गरी दुई मेट्रोरेल निर्माणका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार पारेको छ । वर्षौंदेखि मेट्रोरेल निर्माणको चर्चा चले पनि बोर्डले अहिले दुवै मेट्रोरेल निर्माणका लागि अन्तिम प्रतिवेदन तयार पारेको हो ।

653