लक्ष्मी सापकोटा
बुधवार, मंसिर २७, २०७४

मुलुकमै इन्धन बोक्ने ट्यांकरको क्यालिब्रेसन (गुणस्तर परीक्षण) अर्काे सातादेखि गरिने भएको छ । गुणस्तर परीक्षण गर्नका लागि अत्याधुनिक सुविधासहितको क्यालिब्रेसन युनिट तयार भइसकेकाले अर्काे सातापछि सञ्चालनमा आउने भएको हो । पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरबाट इन्धन चुहावट हुने क्रम बढेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले हेटौंडामा क्यालिब्रेसन गर्ने भौतिक पूर्वाधारसहितको युनिट तयार गरेको हो ।

845
भीम गौतम
मंगलबार, मंसिर २६, २०७४

नेपालको निजी क्षेत्रले विद्युत् उत्पादनका क्षेत्रमा सरकारी निकायलाई पछि पारेको छ । सरकारले विद्युत् उत्पादन सुरु गरेको १ सय ६ वर्षमा ४७३.३९४ मेगावाट उत्पादन गरी केन्द्रीय ग्रीडमा जोडेकोमा निजी क्षेत्रले उत्पादन सुरु गरेको दुई दशकमै ४७७.३०२ मेगावाट पु¥याइ उछिनेको हो । १३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादनसँगै केन्द्रीय ग्रिडमा निजी क्षेत्रको ४७३.३०२ मेगावाट र विद्युत् प्राधिकरणका ३९ आयोजनाबाट ४७३.३९४ मेगावाट रहेको थियो ।

1877
कारोबार संवाददाता
सोमवार, मंसिर २५, २०७४

कालिञ्चोक गाउँपालिका–१ बेगुम्पाकी बुधमाया थामी उमेरले ४५ पुगिन् । तर उनको अनुहार र ज्यान हेर्दा ६० वर्षकी जस्ती देखिन्छिन् । ४५ को उमेरमा उनका ७ वटा छोराछोरी छन् ।

674
कारोबार संवाददाता
सोमवार, मंसिर २५, २०७४

संघीय व्यवस्थापिकाको सभास्थल तथा संघका मन्त्रालयको भौतिक व्यवस्थापनमा केही समस्या नभए पनि प्रदेशसभा, प्रादेशिक मन्त्रालय र अन्य कार्यालय व्यवस्थापनमा भने समस्या पर्ने देखिएको छ । सरकारले प्रादेशिक कार्यालय व्यवस्थापनमा तत्कालको लागि अन्तरिम व्यवस्थापन गरी भविष्यको लागि भने दीर्घकालीन निर्माणको तयारी गरेको छ ।

1592
भीम गौतम
बिहिवार, मंसिर २१, २०७४

नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पीटीए) कार्यान्वयन गर्न गठित संयुक्त सञ्चालन समिति (जेएससी) बैठक आगामी पुसमा हुने भएको छ । नोभेम्बर २१ र २२ का लागि तय भएको बैठक स्थगित भएपछि डिसेम्बर २१ र २२ (पुस ६ र ७) मा भारतमा बैठक हुन लागेको हो । यसअघि अघिल्लो वर्षको फागुनमा सचिवस्तरीय जेएससी बैठक काठमाडौंमा भएको थियो । पुस पहिलो साता जेएससी बैठकका लागि भारतीय विद्युत् मन्त्रालयले प्रस्ताव गरेको र ऊर्जा मन्त्रालयले स्वीकृति दिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

670
भीम गौतम
आइतवार, मंसिर २४, २०७४

स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरिएको बहुचर्चित १२ सय, मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा बढाउन तीन विकल्प देखिएका छन् ।

1003
कारोबार संवाददाता
शुक्रवार, मंसिर २२, २०७४

भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गरिरहेका विकास साझेदार संस्थाका प्रतिनिधिहरूले नेपालको पुनर्निर्माणमा थप सहायता उपलब्ध गराउने बताएका छन् । पुनर्निर्माणबारे भएका पछिल्लो कदमले पुनर्निर्माण दु्रतगतिमा अघि बढ्ने संकेत गरेको र यो प्रशंसनीय भएको बताउँदै उनीहरूले थप सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

639
कारोबार संवाददाता
बुधवार, मंसिर २०, २०७४

विशेष अदालतले नलसिङगाड जलविद्युत् विकास समितिका तत्कालीन कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनालाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैतमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि परामर्शदाता छनोट प्रक्रियामा भ्रष्टाचारको अभियोगमा उनीहरूमाथि मुद्दा दायर गरेकोमा विशेष अदालतले सफाइ दिएको हो । मंगलबार बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले अख्तियारको आरोप पुष्टि गर्ने कुनै आधार नभएको भन्दै सफाइ दिएको छ ।

652
भीम गौतम
बुधवार, मंसिर २०, २०७४

ऊर्जा क्षेत्रको विकास र नियमनका लागि निकै महत्वपूर्ण मानिएको नेपाल विद्युत् नियमन आयोग स्वतः सक्रिय भएको छ । गत साउनमा संसदबाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भदौ १९ मा प्रमाणीकरण गरिएको नियमन आयोग ऐन–२०७४ स्वतः सक्रिय भएको हो । राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको ९१ औं दिनदेखि स्वतः सक्रिय हुने कानुनी व्यवस्था छ ।

1766
सरस्वती ढकाल
सोमवार, मंसिर १८, २०७४

नेपाल टेलिकमले इन्टरनेट ब्यान्डविथमा भारतसँगको निर्भरता घटाउन अघि सारेको विकल्पको सबै तयारी पूरा भएको छ । उत्तरी छिमेकी चीनबाट पहिलोपटक ल्याउन लागिएको इन्टरनेट ब्यान्डविथका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न भइ परीक्षणको कामसमेत सम्पन्न भएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार यसबाट परनिर्भरताको अन्त्यसँगै उपभक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नसमेत सहज भएको छ ।

908
भीम गौतम
बिहिवार, मंसिर १४, २०७४

माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले ८० प्रतिशत भुक्तानी डलरमा पाउनेगरी सहमति भएको छ । २ सय १६ मेगावाटको यो आयोजनाको प्रवद्र्धक कोरियाको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विदेशी मुद्रा (डलर)मा भएको विद्युत् खरिद सम्झौताअनुसार ८० प्रतिशत भुक्तानी डलरमा पाउने भएको हो ।

728
भीम गौतम
बुधवार, मंसिर १३, २०७४

ठूला जलविद्युत् आयोजनाहरूको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) विदेशी परामर्शदाता कम्पनीबाटै मात्र हुने गरेकामा ४२६ मेगावाटको फुकोट जलविद्युत् आयोजनासहित दुई ठूला आयोजना नेपाली कम्पनीबाटै गरिने सम्झौता भएको छ ।

733
भीम गौतम
बुधवार, मंसिर १३, २०७४

सरकारले आफूसँगको समझदारी एकतर्फी रूपमा खारेज गरेको भन्दै चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी)ले बूढीगण्डकी जलाशययुक्त आयोजनाका सम्बन्धमा गरिएको निर्णय उल्ट्याउन आग्रह गरेको छ । आयोजना निर्माणको समझदारी भंग गर्ने सम्बन्धमा उल्लेखित शर्त पालना नगरिएको भन्दै कम्पनी रुष्ट देखिएको छ । कम्पनीले सरकारलाई लेखेको पत्रमा सहमति रद्द गर्नुपूर्व तीस दिने सूचना दिनुपर्ने भएपनि नदिइएको उल्लेख छ ।

1925
रासस
मंगलबार, मंसिर १२, २०७४

नेपाल दमकल अभियानले दुई लाख अमेरिकी डलर संकलन गर्ने उद्देश्यले आजदेखि एउटा क्राउडफन्डिङ अभियान सुरु गरेको छ । दमकल ढुवानी गर्न र अभियानलाई आर्थिक सहयोग जुटाउनाका साथै नेपाल भित्रिँदै गर्दा यस यात्राको अविस्मरणीय वृत्तचित्र निर्माण गर्न प्रयोग गरिनेछ ।

566
कारोबार संवाददाता
मंगलबार, मंसिर १२, २०७४

बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट १४ अर्ब रूपैयाँ संकलन भएको छ । उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले इन्धनबाट सो रकम संकलन गरेको हो ।

606