कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण पूरा भएको छ । २६ किलोमिटरको सुरुङ केही महिनामा पूर्ण रुपमा सञ्चालनमा आउने जनाइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरण गर्ने गरी काठमाडौं उपत्यकामा आपूर्तिका लागि मेलम्ची नदीबाट पानी ल्याउने तयारी छ ।

1919
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

स्थानीय तहको विकासका लागि आएको बजेटको ठुलो रकम सवारी साधन खरिदमा खर्च गरिएको पाइएको छ । अन्य क्षेत्रको तुलनामा पिछिडिएको मानिएको डुडुवा गाउँपालिकाको विकासलाई तीव्र पार्नु पर्ने स्थानीय जनताको माग र भावनाविपरीत सो गाउँपालिकाका जनप्रतिनिधिले विकासका लागि आएको १ करोड बजेटलाई सवारी साधन खरिदमा खर्च गरेको पाइएको हो ।

2521
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

वर्षायाम सुरुसँगै कच्ची सडकमा यात्रुलाई सास्ती हुने गरेको छ । सडक मर्मत तथा सम्भारका निम्ती बर्सेनि करोडौं रुपैयाँ राज्यको लगानी भए पनि सडक प्रभावकारी बन्न नसक्दा सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको छ ।

1014
भगवान खनाल
बिहिवार, चैत्र २९, २०७४

विगतमा बेलगाम देखिएका उपभोक्ता समितिलाई पहिलोपटक संघीयतामा कार्यविधिसहित लगाम लगाइएको छ । सरकारी मात्रै होइन, गैरसरकारी किसिमका बजेट, कार्यक्रमसमेत खर्च गर्ने उपभोक्ता समितिहरू विगतमा आर्थिक अनियमितता गर्ने संयन्त्र नै बनेका थिए ।

1577
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

चिनियाँ राजदूतसँगै लामाबगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ बनाएरै भए पनि लामाबगरबाट चीनसँगको नाका जोड्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्यूत् आयोजनाको स्थलगत निरीक्षणका क्रममा लामाबगर पुगेका प्रधानमन्त्री ओलीले ६-७ किलोमिटर सडक निर्माण गरेरै भए पनि नाका जोडिने बताए ।

4738
भीम गौतम
बिहिवार, चैत्र २९, २०७४

एसियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर खुम्चिएर ४.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । सरकाले चालू वर्षको बजेटमा सरकारले ७.२ प्रतिशत हुने लक्ष्य राखेकोमा मध्यावधी समीक्षामासमेत ६ प्रतिशत हासिल हुने दावी गरेको छ । तर, एडीबीले बुधबार सार्वजनिक गरेको माइक्रो इकोनोमिक अपडेटको परिदृष्य २०१८ र नयाँ प्रविधिले कसरी रोजगारमा असर पार्छ भन्ने प्रतिवेदनले त्योभन्दा कम हुने अनुमान गरेको हो ।

1173
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

भानु नगरपालिकाको दोस्रो नगरसभा मंगलबार सम्पन्न भएको छ । नगरसभाले आव ०७४÷७५ का लागि ५२ करोड ४७ लाख ३३ हजारको कुल बजेट विनियोजन गरेकोमा फागुन मसान्तसम्मको यथार्थताका आधारमा कुल बजेटको आकार संशोधित अनुमानमा यथावत कायम गरेको छ ।

877
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

धनुषाको दक्षिणवर्ती क्षेत्रमा निर्माणाधीन जनकपुर–जटही ६ लेन सडक खण्डको मुआब्जा वितरणमा विवाद देखिएको छ ।

1242
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

जिल्लाका डेढ दर्जन खोलामा पुल निर्माणाधीन अवस्थामा छन् । निर्माणमा रहेका पुलको केहीको म्याद सकिँदासमेत काम पूरा भएको छैन । निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीहरूले म्याद थपका लागि आग्रहसमेत गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

1041
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

रुकुमपूर्वको हुकाममा विद्युत आयोजना शुरु भएको लामो समयसम्म पनि गाउँमा विद्युत नबलेपछि स्थानीयहरु आफै काममा जुटेका छन ।

891
सागर परियार
मंगलबार, चैत्र २७, २०७४

कर्णालीका विमान स्थलको स्तरउन्नती गरिने भएको छ । वर्तमान अबस्थाका विभिन्न अफ्ठयाराहरुलाई मध्यनजर गर्दै कर्णालीका पाँचै विमान स्थलको स्तरउन्नती गरिन भएको हो । पछिल्लो समय हवाई दुर्घटनाको अबस्था हेर्दा पहिलो कारण मेसिनरी कमजोरी भएपनि र दोस्रो कारण धावन मार्गमा प्रयाप्त जग्गा नहुनुले दुर्घटनाको जोखिम बढेको ठहराइएको छ । भ

1544
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

जनप्रतिनिधि आएपछि नेपालगञ्ज उपमहानगरमा विकासको कामले गति लिएको छ । हाल आएर नगरको अधुरो सडक, ढल, नालाको पूर्वाधार विकासलाई प्रमुखता दिइएको छ । भारत सरकारको लगानीमा अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माणलाई पनि गति दिइएको छ ।

729
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

तनहुँको व्यास नगरपालिका–१४, रुम्सीका बासिन्दाले करिब तीन सय वर्ष पुरानो पानी पोखरीको संरक्षण थालेका छन् । वन्यजन्तु र चरिचरण गर्ने घरपालुवा चौपायालाई पानीको अभाव हुन थालेको र परापूर्वकालमा निर्माण गरिएको पोखरी संरक्षणको अभावमा जीर्ण हुँदै गएपछि पुराना पोखरीको संरक्षण अभियान सुरु गरिएको हो ।

1588
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

‘विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायति उपयोग : समृद्धिका लागि विद्युत्को उत्पादनशील प्रयोग’ भन्ने नारासहित सोमबार विद्युतीय सु्रुक्षा दिवसको अवसरमा प्रभातफेरि आयोजना गरिएको छ ।

800
भीम गौतम
मंगलबार, चैत्र २७, २०७४

नेपाल विद्युत् प्राधिकरणले वैशाखदेखि उद्योगसहित पूर्ण रूपमा लोडसेडिङ अन्त्य गर्ने भएको छ । डेढ वर्षदेखि काठमाडौं उपत्यका र एक वर्षदेखि मुलुकभर सर्वसाधारणका लागि लोडसेडिङमुक्त बनाएको प्राधिकरणले वैशाख अन्तिम सातादेखि उद्योगलाई पनि लोडसेडिङमुक्त बनाउने भएको हो ।

1415