कारोबार संवाददाता
बुधवार, बैशाख १२, २०७५

तनहुँमा निर्माणाधीन रहेको १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक पिपिएमा गत शुक्रबार हस्ताक्षर भएको हो ।

1653
कारोबार संवाददाता
बुधवार, बैशाख १२, २०७५

सिन्धुलीमा पछिल्लो समय भूकम्प पछिको पुनर्निर्माणले गति लिन थालेको छ । भूकम्प गएको चौथो वर्ष लाग्नैलाग्दा जिल्लाका अधिकांश ठाउँमा धमाधम घर बन्दैछन् । कमलामाई नगरपालिका ६ रातमाटाकी तारादेवी मगर भूकम्पले भत्काएको घरको जग हालेर गारो लगाउने सुरसारमा छन् । तारादेवीले डकर्मी तालिमपछि आफ्नो घर आफैं बनाउँदैछन् ।

1655
केशव समर्पण
बुधवार, बैशाख १२, २०७५

प्रदेश ३ नम्बरका प्रमुख अनुराधा कोइरालाले प्रदेशको विकास, समृद्धिको लागि एकजुट हुनुपर्ने बताएकी छन् । मंगलबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कोइरालाले भूकम्पपीडितको समस्या समाधानतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिइन् । सडक, यातायात, सञ्चार, ऊर्जा विकास र विस्तार, कृषि, पर्यटन, सेवा क्षेत्रको आधुनिकीकरण, सर्वसुलभ शिक्षा र स्वास्थ्य, स्वच्छ खानेपानी, स्वच्छ वातावरण, उद्योग र व्यापारको समुचित विकासमा सबैपक्ष एक भएर लाग्न उनले आग्रह गरिन् ।

942
भीम गौतम
बुधवार, बैशाख १२, २०७५

झण्डै ९ हजारको मृत्यु हुनेगरी गएको भूकम्पको तीन वर्ष बितेको छ । तर, यस अवधिमा अधिकांश संरचनाहरू निर्माण भइसक्नुपर्नेमा बल्ल तात्न थालेको छ ।

850
भीम गौतम
मंगलबार, बैशाख ११, २०७५

बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन गठित पञ्चेश्वर विकास प्राधिकरणको बैठक १६ महिनापछि सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । प्रत्येक वर्ष दुई पटक बैठक बस्नुपर्ने प्रावधान रहे पनि २२ डिसेम्बर २०१६ पछि बल्ल सोमबारदेखि बैठक सुरु भएको हो ।

1091
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

सगरमाथा आरोहणका लागि क्याम्प २ सम्मको बाटो निर्माण भएको छ । सगरमाथाको आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो । गत चैत १८ देखि निर्माण सुरु गरेको समूहले अप्रिल ११ अर्थात् गत शुक्रबार क्याम्प २ सम्मको बाटो बनाउने काम सकेको आइसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए ।

1066
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

चैनपुर बाह्रबिसे सडक खण्डअन्तर्गत १६ किमि सडक निर्माण कार्य द्रुत गतिमा अगाडि बढेसँगै यातायात सञ्चालनमा सहजता आएको छ । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमको सहयोगमा नेपाल सरकार र विश्व बैैकको संयुक्त लगानीमा सो सडक निर्माणकार्य सुरु गरिएको हो ।

1214
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

खानेपानीमन्त्री बिना मगरले जनतालाई खानेपानीको सुविधा पु¥याएपछि हिमालको पानी विदेशमा बेचेर मुलुकको समृद्धिमा योगदान पु¥याउने बताएकी छिन् । काभ्रेको बनेपा नगरपालिका (१३ बुढाथोकीगाउँस्थित बुढाथोकीगाउँ लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मगरले नेपालका हिमालको खानेपानी विदेशमा बेचेर औद्योगिक तथा आर्थिक विकास गर्न सकिने बताएकी हुन् ।

869
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

भूकम्पपछि पाल र जस्ताको अस्थायी टहरामा कष्टकर जीवनयापन गुजारेका चौतारा सागाचोकगढी नगरपालिका ठूलोसिरुवारीस्थित माझीगाउकी दिनेश माझी यतिबेला चिन्तित छन् । टहरामा साँघुरिएर बसिरहेका उनको परिवारको नयाँ आवास निर्माण सम्पन्न नहुँदा थप समस्यामा छन् । अभिनेत्री श्वेता खड्काको अगुवाइमा निर्माण भइरहेको एकीकृत बस्तीका लागि अनुदान नआएपछि उनी चिन्तित भएका हुन् । अनुदान प्राप्त नभएपछि अभिनेत्री श्वेताले आफ्नो लागि घर धितो राखेर निर्माण कार्यलाई अगाडि बनाएपछि उनी अहिले भावुकसमेत बने ।

22678
कारोबार संवाददाता
शुक्रवार, बैशाख ७, २०७५

खोटाङको बाम्राङमा एकैसाथ पाँच सडक उद्घाटन गरिएको छ । गोरेटो बाटो छँदा ६२ वर्षअघि तत्कालीन राजा महेन्द्रले पैदल हिँडेको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–३ बाम्राङमा एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इटाभट्टी–सुर्के–थापाटोल–देबिस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक शिलान्यास गरिएको हो ।

995
कारोबार संवाददाता
शुक्रवार, बैशाख ७, २०७५

आठ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ भूकम्प गएको तीन वर्षपछि सुखखा बन्दरगाह निर्माणकार्य अगाडि बढाइएको छ । भूकम्पपछि अलपत्र अवस्थामा रहेको बन्दरगाहको निर्माण चिनियाँ रेल्वे कन्ट्रक्सन कम्पनी (सीआरसीसी)ले सुरु गरेको हो ।

1879
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एकैसाथ पाँच सडक उद्घाटन गरिएको छ । एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक बुधबार उद्घाटन गरिएको हो ।

1588
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

पृथ्वीराजमार्ग अतिक्रमित गरी बनाइएका संरचना हटाउन व्यास नगरपालिकाले तदारुकता देखाएको छ । व्यास नगर क्षेत्रभित्र पर्ने पृथ्वीराजमार्गमा बनेका अतिक्रमित संरचना हटाउन नगरपालिकाले चासो देखाएको हो ।

1563
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

दुईतर्फको अक्करे भीरको शिरमा अवस्थित रघुगंगा गाउँपालिका–१ को बेग र बादुक गाउँ झोलुंगे पुलले जोडिएका छन् । दुई बस्तीको सिमाना भएर बग्ने बेगखोलामा झोलुंगे पुल बनेपछि विकट गाउँ निकट भएका हुन् ।

1414
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

चीनले नेपाल र भारतसहितको त्रिदेशीय आर्थिक करिडोर निर्माणका लागि बहुआयामिक सञ्जाल विस्तार गर्न प्रस्ताव अघि सारेको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटपछि बेइजिङमा पत्रकारलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले हिमालयपार सम्पर्क सञ्जाल बनाउने समझदारी भएको र त्यो तीन देशबीचको आर्थिक करिडोर बन्नसक्ने बताएका हुन् ।

1618