प्रगति ढकाल
मंगलबार, चैत्र १३, २०७४

सरकारले पानीको उपलब्धता सुनिश्चित गर्न सहरी जलाधार व्यवस्थापन कार्यक्रमलाई प्राथमिकता दिएको छ । पछिल्लो समय सहरी क्षेत्रमा बढ्दै गइरहेको जनसंख्यासँगै पानीको समस्या बढ्दै गइरहेको भन्दै दिगो समस्या समाधान खोज्दै सरकारले सहरी जलाधार व्यवस्थापन कार्यक्रमलाई प्राथमिकता दिएको हो ।

1338
निरु अर्याल
मंगलबार, चैत्र १३, २०७४

नेपालमा लामो समयपछि गठन भएको स्थिर सरकारवाट नीतिगत सुधार र लगानीको वातावरण बनेको भन्दै छिमेकी मुलुक भारत जलविद्युत्का क्षेत्रमा थप लगानी गर्न इच्छुक देखिएको छ । भुटानको जलविद्युत्मा लगानी गरेर द्विपक्षीय लाभ लिँदै आएको भारतले नेपालमा लगानीको वातावरण बनाए जलविद्युत्मा लगानी बढाउने भारतीय अधिकारीहरूले जनाएका छन् ।

1706
कारोबार संवाददाता
सोमवार, चैत्र १२, २०७४

चिनियाँ कम्पनीले इन्जिनियरिङ प्रकुमेन्ट कन्ट्रक्सन विथ फाइनान्स (इपीसीएफ) मोडेलमा ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा लगानी गरेको छ ।

1904
भीम गौतम
सोमवार, चैत्र १२, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयअनुसार हस्तान्तरण गर्नुपर्ने ५ सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना कार्यान्वयन प्रक्रिया अन्योलमा परेको छ ।

1421
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

देशकै व्यापारिक मार्ग र १ नम्बर प्रदेशकै आर्थिक समृिद्धको ढोकाको रूपमा हेरिएको रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक बजेट अभावमा प्रभावित भएको छ । पर्याप्त बजेट निकासा नहुँदा ६ लेन सडक निर्माणकार्य सुस्त भएको हो ।

2038
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

म्याग्दी नदीको कटानको चपेटामा परेको माीलका गाउँपाीलकाको केन्द्र दरवाङ बजार नदी नियन्त्रण आयोजनाको काम सुरु भएको छ । माीलका गाउँपाीलकाले नदी कटान नियन्त्रणका लागि किनारमा पक्की पर्खाल निर्माणको काम सुरु गरेको हो । उपभोक्ता समितिमार्फत नदी नियन्त्रण आयोजनाको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।

1756
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

चिनियाँ लगानीकर्ता र नेपालका केही कम्पनीका प्रतिनिधिहरूको सहभागितामा बेइजिङमा नेपालको जलविद्युत् आयोजनामा लगानीको अवसरबारे गोष्ठी आयोजना गरिएको छ ।

1172
भीम गौतम
शुक्रवार, चैत्र ९, २०७४

भूकम्पपछिको ३५ महिनामा क्षतिग्रस्त पूर्वाधार संरचनामध्ये ३ लाख ५८ हजार ५ सयको मात्र निर्माण अघि बढेको छ । ७ लाख ८१ हजार बराबरका पूर्वाधार संरचना क्षतिग्रस्त भएकोमा त्यसको झण्डै ५० प्रतिशतको निर्माण अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

1275
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

वैदेशिक रोजगारीका क्रममा दुवई (यूएई) पुगेका पाल्पालीहरूले स्थापना गरेको संस्था पाल्पाली समाज यूएईले जिल्लाका ६० वटा वडाका ६० विद्यालयमा १५ लाख बराबरको अक्षयकोष स्थापना गरेको छ ।

1480
भगवान खनाल
बिहिवार, चैत्र ८, २०७४

गाउँपालिका महासंघनामक गैरसरकारी संस्थाको अध्यक्ष संघीय संसद्को प्रतिनिधि सभाका सांसद नै छन् भन्दा उदेक मान्नु पर्दैन । सांसद घनश्याम खतिवडा अहिले पनि गाउँपालिका महासंघका अध्यक्ष हुन् ।

1984
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी १० वर्षमा विद्युत् माग १० हजार मेगावाट पुग्ने बताएका छन् ।

1267
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

मकवानपुरको बागमती गाउँपालिका–१ का पाँचसय घरधुरीले वर्षौंपछि खानेपानीको समस्याबाट मुक्ति पाउने भएका छन् । बागमती खोलाको तीरमा खनिएको कुवाको अस्वस्थकर पानी पिउन बाध्य स्थानीयले अब स्वच्छ पानी त पिउन पाउँछन् नै घरघरमै मिटर जडित धारोको सुविधासमेत पाउँदैछन् ।

1170
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

प्रदेश नम्बर ४ का सांसद किरण गुरुङसहितको टोलीले तनहुँको भिमाददेखि–त्रिवेणीसम्मको सडकको अवलोकन गरेको छ । प्रदेश राजमार्ग निर्माणका लागि टोलीले तनहुँको भिमाद, नवलपुरको डेढगाउँ बोझापोखरी हुँदै कावासोती त्रिवेणी सडक खण्डको अवलोकन गरेको हो ।

1408
भीम गौतम
बुधवार, चैत्र ७, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयका कारण २० हजार २ सय ९४ मेगावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ ।

2645
रासस
मंगलबार, चैत्र ६, २०७४

नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् ।

1739