कारोबार संवाददाता
मंगलबार, भदौ १९, २०७५

नेपाल विद्युत् प्राधिकरणले आगलागीका कारण क्षति पुगेको बालाजु सबस्टेसनको ट्रान्सफर्मर मर्मत कार्य अघि बढाएको छ । सबस्टेसनमा रहेका २ वटा २२.५ एमभीएको ट्रान्सफर्मरमध्ये एउटाको उच्च भोल्टेज बुसिङमा शनिबार राति करिब ७ बजे आगलागी भएको थियो । यसबाट बालाजु र महाराजगंजको बीचको विद्युत् आपूर्तिमा गडबढी भएकोले प्राविधिक टोली खटिई मर्मत भइरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

825
कारोबार संवाददाता
मंगलबार, भदौ १९, २०७५

कानुनीरूपमा २०७४ मंसिर २० गतेदेखि नेपाल विद्युत् नियमन आयोग स्वतः सक्रिय भएको छ । तर, लामो समय बितिसक्दा पनि आयोग भने गठन हुन सकेको छैन । पदाधिकारीविहीन भए पनि ऊर्जा मन्त्रालयले नियमावली ल्याएर नियमन आयोगले लिने विद्युत् खरिद दर (पीपीए) लगायतको दर तोकिएको छ ।

767
कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५

चीनसँगको अन्तर्रााष्ट्रिय ब्यापारिक नाका रसुवागढी जोड्ने धुञ्चे–रसुवागढी सडकखण्ड लामो समयपछि सोमबारदेखि सञ्चालनमा आएको छ ।

3215
अनुपमा खनाल
सोमवार, भदौ १८, २०७५

गोरखा सदरमुकाममा ल्याउन लागेको दरौंदी पम्पिङ खानेपानी आयोजनाको काम ३५ प्रतिशत सकिएको छ । ३७ करोड ३७ लाख रुपैयाँको सो आयोजनाको वित्तीय र भौतिक ३५ प्रतिशत प्रगति भएको उपभोक्ता समितिका अध्यक्ष बद्रीबहादुर मास्केले जानकारी दिए ।

889
कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माणमा प्राचीन शैली र ऐतिहासिक महत्वलाई ध्यान दिन आवश्यक भएको बताएका छन् ।

722
कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५

भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माण ठेक्काको जिम्मेवारी जीआईईटीसी–रमनले पाएको छ । आइतबार प्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनी जीआईईटीसी–रमनले पाएको हो । कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ ।

1426
कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५

“वर्षौंदेखिको खानेपानीको समस्या छ, डाँडामा पोखरी बनाएपछि तल्लो क्षेत्रका मुहानहरू बढ्छन कि भन्ने आशाले पोखरी खन्न आएका छौं, गाउँपालिकाले राम्रो अभियान ल्याएको छ,” यो भनाइ चौरपाटी गाउँपालिका–१ की हासु थापाको हो । आफूहरूलाई पानीको सधैं दुःख हुने भएकाले रिचार्ज पोखरी निर्माणमा सबै गाउँले जुटेको उनको भनाइ थियो ।

1062
भीम गौतम
सोमवार, भदौ १८, २०७५

चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो ।

5263
रासस
शुक्रवार, भदौ १५, २०७५

काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल र भारत सरकारबीच हस्ताक्षर भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

1712
कारोबार संवाददाता
शुक्रवार, भदौ १५, २०७५

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना प्रभावित दोलखावासीको माग धान्न नसक्ने भएपछि सेयर आवेदनका लागि ७ दिन म्याद थप भएको छ । धितोपत्र बोर्डले बिहीबार निर्णय गरेर अपर तामाकोसी हाइड्रोपावर कम्पनीको साधारण सेयरका लागि आवेदन गर्ने समय बढाएको हो ।

1534
कृष्ण न्यौपाने
शुक्रवार, भदौ १५, २०७५

पृथ्वी राजमार्गअन्तर्गत तनहु प्रवेश गर्ने मुख्य नाका मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिज मंसिरदेखि सञ्चालनमा आउने भएको छ ।

5192
प्रगति ढकाल
शुक्रवार, भदौ १५, २०७५

उपत्यकामा बुधबार र बिहीबार वायु प्रदूषण कम भएको छ । उपत्यकाको वायु प्रदूषणको तथ्यांक हेर्दा प्रदूषण गराउने सवारी साधन बुधबार र बिहीबार जोर बिजोर प्रणालीमा चलाएको र उपत्यकामा धुलो सफाइ गरेसँगै अघिल्ला दिनको तुलनामा वायु प्रदूषणको मात्रा घटेको हो ।

1264
रासस
बिहिवार, भदौ १४, २०७५

सुपर घलेम्दी जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता (पिपीए) भएको छ ।

2796
कृष्ण न्यौपाने
बिहिवार, भदौ १४, २०७५

पर्यटकीय नगरी बन्दीपुरमा निर्माण हुन लागेको केवलकारको काम तीव्र गतिमा भइरहेको छ । केवलकारको गत साउन ५ गते शिलान्यास भएको थियो ।

1157
कृष्ण न्यौपाने
बिहिवार, भदौ १४, २०७५

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ प्रवेश गर्ने मुख्य नाका मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिज मंसिरदेखि सञ्चालनमा आउने भएको छ ।

1673

सातामा धेरै पढिएको