कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५

यूएईले सन् २०१९ को जनवरीमा आयोजना गर्न लागेको ऊर्जा सम्मेलनमा सहभागिताका निम्तो दिएको छ । १७० राष्ट्रको सहभागिता रहने सम्मेलनका लागि मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सइद हमदान अल नक्वीले निम्तो दिएका थिए ।

867
रासस
मंगलबार, भदौ २६, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि अन्तरमन्त्रालय समन्वय अत्यन्त जरुरी रहेको बताएका छन् । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा आज साँझ बसेको राष्ट्रिय विकास समस्या साधान समितिको ४३औँ बैठकमा उनले अन्तरमन्त्रालयबीच समन्वय गरेर ऊर्जा विकास र पूर्वाधार निर्माणलाई तीव्र बनाउन आवश्यक छ भने ।

1039
कारोबार संवाददाता
मंगलबार, भदौ २६, २०७५

बाँकेको कोहलपुर–१४ हवल्दारपुरमा ३५ करोड रुपैयाँको लागतमा मानसरोवर वाटरपार्क निर्माण कार्य सुरु गरिएको छ । नेपालगन्जलाई महानगरपालिका बनाउने प्रस्ताव उपमहानगरले गरिरहँदा त्यसलाई मध्यनजर गर्दै हवल्दारपुरमा ठुलो लगानीको वाटरपार्क निर्माण कार्य सुरु गरिएको हो ।

1132
कारोबार संवाददाता
मंगलबार, भदौ २६, २०७५

वातावरण संरक्षणका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन सम्बन्धित निकायबीच समन्वय जरुरी भएको सरोकारवालाले बताएका छन् । बढ्दै गइरहेको वातावरणीय प्रदूषणका कारण स्वच्छ वातावरणमा जिउन पाउने मानवीय हक हनन् भएको भन्दै सबैको समन्वयमा स्वच्छ वातावरण निर्माण गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ ।

1203
नीरज पिठाकोटे
मंगलबार, भदौ २६, २०७५

भारतको आन्ध्रप्रदेशमा रहेको विशाखापट्टनम बन्दरगाहबाट पहिलोपटक इलेक्ट्रोनिक्स कन्टेनर ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको मालवाहक रेल नेपालको सुक्खा बन्दरगाहमा आइपुगेको छ । भदौ १२ गते विशाखापट्टनमबाट ९० टीईयुज बोकेर नेपालको सुक्खा बन्दरगाहका लागि छुटेको मालवाहक रेल १४ औं दिनमा सोमबार साँझ नेपालको वीरगन्ज स्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो ।

2105
भीम गौतम
मंगलबार, भदौ २६, २०७५

पश्चिम सेती आयोजनाको निर्माण अब खुला प्रतिस्पर्धाबाटै अघि बढाइने भएको छ । ७ सय ५० मेगावाट क्षमताको यो आयोजना वर्षौंसम्म चिनियाँ कम्पनीले होल्ड गर्दै हालै हात झिकेपछि सरकारले खुला प्रतिस्पर्धाबाटै निर्माण गर्ने योजना बनाएको हो ।

1589
कारोबार संवाददाता
सोमवार, भदौ २५, २०७५

पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमा ट्राफिक नियन्त्रणका लागि आकाशे पुल निर्माण गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सबैभन्दा बढी ट्राफिक जाम हुने स्थान धम्बोझी चोकमा ‘आकाशे पुल’ बनाउने निर्णय गरेको छ ।

1599
रासस
सोमवार, भदौ २५, २०७५

म्याग्दीमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून देखिएको छ । विद्युत् विकास विभागका अनुसार २०७२ साल साउन ३० गतेभित्र उत्पादन अनुमति लिएका ती आयोजनाको अहिलेसम्म पाँच प्रतिशत पनि भौतिक प्रगति भएको छैन ।

961
कारोबार संवाददाता
सोमवार, भदौ २५, २०७५

चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनर्निर्माण र महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका छन् ।

1121
रासस
आइतवार, भदौ २४, २०७५

म्याग्दीमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून देखिएको छ । विद्युत् विकास विभागका अनुसार विसं २०७२ साउन ३० गतेभित्र उत्पादन अनुमति लिएका ती आयोजनाको अहिलेसम्म पाँच प्रतिशत पनि भौतिक प्रगति भएको छैन ।

1154
कारोबार संवाददाता
आइतवार, भदौ २४, २०७५

नेपालका लागि जापानका नवनियुक्त राजदूत मासामिची साइगोले आफ्नो कार्यकालमा जापानले नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्ने बताएका छन् । उनले नेपालमा विभिन्न क्षेत्रको विकासमा जापानको सहयोगलाई निरन्तरता दिँदै कृषिमा क्षेत्रमा थप सहयोग गर्ने बताएका हुन् ।

904
भीम गौतम
आइतवार, भदौ २४, २०७५

बंगलादेशले ११ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त आयोजनामा लगानी गर्ने प्रस्ताव गरेको छ । ‘पावर एण्ड इनर्जी सप्ताह’को क्रममा बंगलादेशमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसमक्ष बंगलादेशले यस्तो प्रस्ताव गरेको हो । बंगलादेशका विद्युत्मन्त्री नसरुल हमिदले सुनकोसी–२ र ३ जलविद्युत् आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव गरेका थिए ।

2925
कारोबार संवाददाता
शुक्रवार, भदौ २२, २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवासको पुनर्निर्माण निरीक्षण र सिफारिसको जिम्मा स्थानीय निकायलाई दिएको छ ।

1054
कारोबार संवाददाता
शुक्रवार, भदौ २२, २०७५

काठमाडौंको रत्नपार्कस्थित पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यु टावर निर्माणकार्य अलपत्र परेको छ ।

1351
कारोबार संवाददाता
शुक्रवार, भदौ २२, २०७५

सोलुखुम्बुको महाकुलुङमा निर्माण हुन लागेको गुदेल महाकुलुङ हवाई मैदानको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएको छ । निर्माण प्रक्रियाको चरणमा रहेको विमानस्थलको इआईए प्रतिवेदन अहिले मन्त्रालयमा पुगेको छ ।

1193