कारोबार संवाददाता
बुधवार, जेठ ८, २०७६

छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्र जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माणमा ढिलाइ हुँदै गएको छ । सेती लोकमार्गअन्र्तगत उत्तर खण्डमा पर्ने चैनपुर–ताक्लाकोट सडक निर्माणका लागि दुईवटा कम्पनीले काम गरिरहेकोे भए पनि निर्माण कार्यले गति लिन सकेको छैन ।

291
कारोबार संवाददाता
बुधवार, जेठ ८, २०७६

लमजुङको मस्र्याङ्दी गाउँपालिका–६, बाहुनडाँडा फेदीमा रहेको क्षतिग्रस्त तातोपानी कुण्ड पुनर्निर्माण गरिने भएको छ । गत भदौमा गएको बाढी पहिरोले भत्काएको तातोपानी कुण्ड प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको हो ।

240
विजय देवकोटा
मंगलबार, जेठ ७, २०७६

ठेकेदार र कर्मचारीले नियमावलीको अपव्याख्या गर्दै छिद्रहरूबाट फेरि अनियमितता गर्ने बाटो फेला नपारे अब नेपालको सार्वजनिक खरिद प्रक्रिया पारदर्शी र प्रभावकारी हुनेछ । खरिद नियमावली संशोधनका कारण सबैभन्दा ठूलो धक्का भ्रष्टाचार गरेका र गर्ने निर्माण कम्पनीहरूलाई पर्नेछ । यसअघिका नियमावलीमा रहेको कमजोर नियम र उपनियमहरूका कारण खरिद प्रक्रियामा बेइमानी गर्दै आएका ठेकेदारलाई तह लगाउने गरी मन्त्रिपरिषद्ले मुख्य–मुख्य ३९ वटा नियमहरू संशोधन, परिमार्जन र खारेज गरेको छ ।

850
भीम गौतम
मंगलबार, जेठ ७, २०७६

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय र प्रदेशसहित संघले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत आन्तरिक ऋण उठाउन पाउने गरी सीमा तोकेको छ । आगामी आर्थिक वर्ष २०७६-०७७ को बजेटको बढ्दो चापलाई थेग्न ५ प्रतिशतभन्दा बढी सीमा दिन अर्थ मन्त्रालयले वित्त आयोगसँगको छलफलमा आग्रह गरे पनि आयोगले समग्रमा ५ प्रतिशत तोकेको हो ।

231
सागर परियार
मंगलबार, जेठ ७, २०७६

कर्णाली प्रदेश सरकारले प्राङ्गारिक कृषि प्रणालीबाट कृषि उत्पादनमा वृद्धि तथा कृषि पेशालाई व्यवसायी बनाउन जोड दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को वार्षिक नीति तथा कार्यक्रमबारे जुम्लामा गरिएको योजना तर्जुमा गोष्ठीका अवसरमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले अग्र्यानिक उत्पादनमा जोड दिने कार्यक्रम सार्वजनिक गरेको हो ।

231
प्रगति ढकाल
मंगलबार, जेठ ७, २०७६

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण विधेयक २०७५’ प्रतिनिधिसभा बैठकमा पेश गरेका छन् । वातावरण संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोध भइरहँदा सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा वातावरण संरक्षण विधेयक २०७५ पेश गरिएको हो ।

407
कारोबार संवाददाता
मंगलबार, जेठ ७, २०७६

उच्च अदालत पाटनले ट्रंक तथा डेडिकेटेड लाइनको महसुलबारेको मुद्दामा नेपाल विद्युत प्राधिकरणको पक्षमा फैसला गरेको छ । विद्युत् महसुल निर्धारण आयोगको निर्णयअनुसार प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइन लिएका उद्योगीलाई दोब्बर महसुल लिनका लागि बिल पठाए पनि त्यसको विरुद्धमा लागेर महसुल तिर्न व्यवसायीले आलटाल गरेका थिए ।

270
कारोबार संवाददाता
सोमवार, जेठ ६, २०७६

निमार्णाधीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेशको पहिलो मेडिकल कलेज ऐन अभावले पठनपाठन प्रक्रिया अन्योलमा परेको छ । गेटा मेडिकल कलेज सञ्चालन ऐन नबन्दा समितिले पठनपाठनका लागि पाठ्यक्रम, प्राध्यापक, कर्मचारी, चिकित्सक भर्नालगायत काम अघि बढेको छैन ।

279
कारोबार संवाददाता
सोमवार, जेठ ६, २०७६

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग गाउँमा एक घर एक धारा खानेपानी आयोजना अलपत्र परेको छ । साविक खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालयको सात करोड ४ लाख स्टिमेट लागतमा बेगखोला खानेपानी आयोजनामार्फत गाउँका करिब ४ सय २० घरधुरीका २ हजार ५ सय मानिस लाभान्वित हुने उद्देश्यले सञ्चालित आयोजना अलपत्र परेको हो ।

761
प्रकाश लम्साल
सोमवार, जेठ ६, २०७६

पथलैया–वीरगन्ज व्यापारिक मार्गको निर्माणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई समस्या थपिदिएको छ । औद्योगिक कच्चा पदार्थ लिएर आएका सवारीसाधन र करिडोरका उद्योगबाट उत्पादित सामानको ओसारपसार गर्न मुख्य सडकबाट सोझै प्रवेश बन्द गरिएपछि उद्योगलाई समस्या परेको हो ।

456
कारोबार संवाददाता
सोमवार, जेठ ६, २०७६

तमोर नदीको किनारै किनार पहाड र तराई जोड्ने सडकको रूपमा निर्माणाधीन कोसी करिडोर सडक निर्माणले गति लिएको छ । पहाडलाई तराईसँग जोडदै पहाडको आर्थिक विकास गर्ने लक्ष्य आयोजनाले लिएको छ । पूर्वी पहाडका विशेषगरी पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटलाई तराई र राजधानी जोड्ने गरी सडक निर्माण हुँदैछ ।

250
कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६

दक्षिणकाली नगरपालिकाको समन्वयमा सडक डिभिजन कार्यालय काठमाडौं मार्फत दक्षिणकाली नगरपालिका र ललितपुर महानगरपालिका जोड्ने पक्की पुलको शिलान्यास भएको छ ।

503
भीम गौतम
आइतवार, जेठ ५, २०७६

जलविद्युत्मार्फत हाल नेपालमा १ हजार ५० मेगावाट बराबरको विजुली उत्पादन भएकोमा निजी क्षेत्रको योगदानमात्रै ५ सय ५० मेगावाट छ । १०८ वर्षअघि सुरु भए पनि सरकारी क्षेत्रबाट ५ सय मेगावाट मात्र उत्पादन भएको छ भने निजी क्षेत्रबाट उत्पादन सुरु भएको २० वर्षमै यति धेरै उत्पादन हुन सकेको छ । निजी क्षेत्रसँग अहिले १५ हजार मेगावाट बराबरको सर्भे लाइसेन्स पनि छ । अध्ययन सकेर निर्माणमा गरेका आयोजनाको क्षमता ५ हजार ५ सय मेगावाट बराबर छ ।

1332
कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारलाई उज्यालो वडा घोषणा गरिएको छ । नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत मंगलटार वडाका सबै स्थानीयको घरमा केन्द्रीय प्रसारणलाइन विस्तार भएपछि उज्यालो वडा घोषणा गरिएको हो । वर्षौंदेखि अँध्यारोमा बसेका स्थानीय बिजुली बलेसँगै हर्षित भएका छन् ।

276
कारोबार संवाददाता
शुक्रवार, जेठ ३, २०७६

स्वदेशी निर्माण व्यवसायीहरुलाई पेशाबाटै पलायन गर्ने गरी हालै नेपाल सरकारबाट जारी गरिएको सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदाहरुप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

569