कारोबार संवाददाता
मंगलबार, जेठ १, २०७५

तराई मधेस विकासको मेरुदण्ड मानिएको हुलाकी सडक निर्माण काम सुरु भएको वर्षौ बितिसक्दा पनि पूर्णता नपाउँदा यस क्षेत्रका सर्वसाधारण बासिन्दाहरूलाई सधैं पीडा भोग्नुपर्ने बाध्यता कायमै छन् ।

1454
शिव बोहरा
मंगलबार, जेठ १, २०७५

सातै प्रदेशमा दक्ष चालक तथा मेकानिक्स उत्पादन गर्न ‘स्किल डेभलपमेन्ट सेन्टर’ स्थापना हुने भएको छ । सेन्टरले वार्षिक ४२ हजार दक्ष चालक तथा मेकानिक्स उत्पादन गर्ने छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको सक्रियतामा उक्त सेन्टर खुल्ने भएको हो । यसका लागि करिब १ अर्ब ४० करोडभन्दा बढी लगानी आवश्यक पर्नेछ ।

1110
रासस
सोमवार, बैशाख ३१, २०७५

नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीहरुले पुनः मिति थपका लागि माग गरेका छन् ।

1071
कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका २५ वटा सडकको अधिकार क्षेत्र राइट अप्m वे न्यूनतम १३ मिटर निर्धारण गरेको छ ।

1616
प्रगति ढकाल
सोमवार, बैशाख ३१, २०७५

वन तथा वातावरण मन्त्रालयले प्रत्येक प्रदेशमा १/१ वटा वनजन्य उद्योग स्थापना गर्ने योजना बनाएको छ । वन क्षेत्रबाट नै मुलुकको आर्थिक समृद्धि र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यका साथ ७ वटै प्रदेशमा वनजन्य उद्योग स्थापना गर्ने तयारी गरिएको हो ।

1289
कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५

औद्योगिक क्षेत्रमा पनि लोडडसेडिङ पूर्ण रूपमा हटेको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । चैतमा प्राधिकरणको भारप्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए ।

1027
कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५

सरकारले कृषिमा विश्वमै नमूना मानिएको इजरायलको प्रविधि भित्र्याउने भएको छ । इजराल र नेपाल दुई देशका कृषिमन्त्रीबीच इजरायलमा भएको वार्तापश्चात एक महिनाभित्र द्विपक्षीय सझौता (एमओयू) गर्नेगरी काम अगाडि बढाइएको हो ।

2397
कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५

संखुवासभाको मकालु गाउँपालिका नुमस्थित अरुण तेस्रो परियोजना प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संयुक्त रूपमा भिडियो कन्फेरेन्समार्फत शिलान्यास गरे ।

2023
भीम गौतम
आइतवार, बैशाख ३०, २०७५

लामो समयसम्म विवादमा फसेर अघि बढ्न नसकेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास भएको छ । २०४३ सालदेखि आयोजना अघि बढाउनका लागि सरकारले प्रयास सुरु गरेपनि विभिन्न विवादका कारण अघि बढ्न नसकेको अरुण तेस्रोको शिलान्याश शुक्रबार भएको हो ।

1483
कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५

निर्माणाधीन ४५६ मेगावाको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लक्ष्य भेट्न बाधा पुर्याउने भारतीय ठेकेदार कम्पनीको विकल्प खोजिने भएको छ । प्रबद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजनाको काम समयमा नगर्ने कम्पनीको विकल्प खोजीको बारेमा छलफल सुरु गरेको हो ।

4177
कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा इलाम सदरमुकाममा सञ्चालन हुन लागेको ‘इलामबजार तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना’ अन्तर्गत पहिलो चरणको ९० प्रतिशत काम पूरा भएको छ । सम्झौता पूर्वउपभोक्ताबाट पाँच प्रतिशत रकम उठाउने कार्य अन्तिम चरणमा पुगेसँगै पहिलो चरणको कार्य अन्तिम चरणमा पुगेको हो ।

654
कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५

म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ सडक सञ्जालमा जोडिएको छ । मालिका गाउँपालिका–७ को अर्कलादेखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेंसीमा पु¥याइएको छ । गाउँपालिका र जिल्ला समन्वय समितिद्वारा सञ्चालित अर्कला–बेंसी सडक आयोजनाअन्तर्गत बेंसीसम्म सडकको ट्रयाक पु¥याइएको उपाभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले बताए ।

967
कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले ७ वर्षअघि सरकारले गरेको प्रतिबद्धता पूरा गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई ज्ञापनपत्र बुझाएका छन् ।

977
भीम गौतम
शुक्रवार, बैशाख २८, २०७५

५२ वर्षअघि अध्ययन सुरु भएको १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी अब बहुउद्देश्यीय परियोजना रूपमा अघि बढाइने भएको छ । विश्वकै ठूलोमध्ये पर्ने र आकर्षक मानिने कर्णाली चिसापानीलाई दक्षिण एसियाकै क्षेत्रीय र बहुउद्देश्यीय परियोजनाको रूपमा अघि बढाइने भएको हो ।

3948
रासस
बिहिवार, बैशाख २७, २०७५

म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ सडक सञ्जालमा जोडिएको छ ।

1376