कारोबार संवाददाता
बिहिवार, पुष ५, २०७५

भारत सरकार र नेपाल सरकारको संयुक्त लगानीमा शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम हुलाकी राजमार्ग करीब आठ वर्षमा १४० किमी मात्र कालोपत्र भएको छ ।

1122
रासस
बिहिवार, पुष ५, २०७५

नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप अब १२ दशमलव दुई किलोमिटर मात्र ओछ्याउन बाँकी रहेको छ ।

833
रासस
बिहिवार, पुष ५, २०७५

रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ । प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रूख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो ।

1585
कारोबार संवाददाता
बिहिवार, पुष ५, २०७५

पूर्वप्रधानमन्त्री एवं काठमाडौं–२ का सांसद माधवकुमार नेपालले पुनर्निर्माणका क्रममा काठमाडौं लगायतका जिल्लामा रहेका सम्पदा तथा बस्तीको मौलिक पहिचान जोगिने गरी पुनर्निर्माण गर्न सुझाव दिएका छन् ।

840
कारोबार संवाददाता
बिहिवार, पुष ५, २०७५

खानेपानी मन्त्रालयले ठेकेदारका कराण मेलम्चीको काम प्रभावित नहुने बताएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले ठेकेदारका कारण मेलम्ची परियोजनाको काम ठप्प नहुने बताएको हो ।

916
कारोबार संवाददाता
बिहिवार, पुष ५, २०७५

काठमाडौंको चक्रपथमा मोनोरेल निर्माण सम्भव देखिएसँगै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले चिनियाँ कम्पनी चाइना रेलवे २५औं ब्यूरो ग्रुपसँग बुधबार सम्झौता गरेका हुन् ।

526
भीम गौतम
बिहिवार, पुष ५, २०७५

नेपाल विद्युत् प्राधिकरणले आगामी १० वर्षभित्र ६ खर्ब ३४ अर्ब ७० करोड ८० लाख रूपैयाँ बराबरको लगानी गर्ने योजना अघि सारेको छ । सरकारले आर्थिक वर्ष २०७५-७६ को बजेट तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले श्वेतपत्रमार्फत १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेपछि यसलाई लक्षित गर्दै प्राधिकरणले ठूलो लगानी गर्ने योजना अघि सारेको हो ।

978
रासस
बिहिवार, पुष ५, २०७५

अर्थ अभावका कारण नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट० ले स्थानीय तहमा ‘स्मार्ट सिटी’को अवधारणाबारे जानकारी दिन थालेको छ ।

825
रासस
बुधवार, पुष ४, २०७५

पश्चिम राप्ती नदीको पानीबाट सिँचाइ पु¥याई कृषि उत्पादनसँगै आर्थिक विकासलाई गति दिने उद्देश्यले सिक्टा सिँचाइ आयोजनाको निर्माण शुरु गर्दा समृद्धिका सपना देखेका बाँकेबासी अहिले निराश भएका छन् । बाँकेको समृद्धिका रुपमा लिइएको आयोजना सञ्चालनमा नआउँदै भत्किएपछि उनीहरुमा नैराश्यता छाएको हो ।

906
रासस
बुधवार, पुष ४, २०७५

बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ ।

829
कारोबार संवाददाता
बुधवार, पुष ४, २०७५

लमजुङको मिदिमखोलामा रहेको मिदिमखोला जलविद्युत् आयोजनाले खुला गरेको स्थानीय सेयरमा १८ प्रतिशतमात्रै संकलन भएको छ । व्यावसायिक उत्पादन भएको करिब एक वर्षपछि स्थानीयलाई लक्षित गरी सेयर निश्कासन गरे पनि थोरैमात्रामा संकलन भएको आयोजनाले जनाएको छ ।

853
दिलबहादुर केसी
बुधवार, पुष ४, २०७५

कन्सल्टेन्टले गलत डिजाइन गरेपछि निर्माणाधीन पुल एक दशकदेखि अलपत्र परेको छ । कन्सल्टेन्टको डिजाइनका आधारमा सडक विभागले ठेक्का लगाए तापनि काम गर्दा मात्र थाहा भयो डिजाइनै गलत परेको । तर कामको दोष ठेकेदार र कार्यालयलाई मात्र दिएर पन्छिने गरेका छन् ।

1152
कारोबार संवाददाता
बुधवार, पुष ४, २०७५

प्रदेश नं. १ मा समन्वयात्मक रूपमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन र विकासका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र भौतिक पूर्वाधार विकास मन्त्रालयलगायत १ नगरपालिका र ७ गाउँपालिकाबीच छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

961
दिलबहादुर केसी
बुधवार, पुष ४, २०७५

दोलखा र रामेछाप सिमाना भएर बग्ने खिम्ती खोलामा एउटै आयोजना १ हजार ८ सय मेगावाटसम्म बन्न सक्ने देखिएको छ । दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको खिम्ती खोलामा बाँध बाधेर उक्त आयोजना बनाउन सकिने विद्युत् विकास विभागको प्रारम्भिक सम्भाव्यता अध्ययनबाट देखिएको छ ।

3571
दिलबहादुर केसी
बुधवार, पुष ४, २०७५

बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङको काम सम्पन्न भएको छ । सोमबार साँझ आयोजनाको सर्जसाफ्ट सुरुङ ब्रेक थ्रु भएसँगै सुरुङ खन्ने काम सम्पन्न भएको हो । आयोजनाको ८.४ किलोमिटर मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको १३ महिनापछि सबै सर्जसाफ्ट पनि खोलिएको हो ।

1283