रासस
बुधवार, फाल्गुन २३, २०७४

यस वर्षको बाढीले भत्काएको र बगाएको बाँके जिल्ला राप्तीसोनारी गाउँपालिकाको नहर, मुहान र कुलो निर्माण हुने भएको छ ।

580
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रिन भेन्चर्स प्राइभेट लिमिटेडले ठेकेदार कम्पनीसँगको सम्झौता रद्ध गरेको छ ।

1266
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

सहरी विकास मन्त्रालयले एसियाली विकास बैंकको आर्थिक सहयोगमा बुटवल, तिलोत्तमा, सिद्धार्थनगर र लुम्बिनी करिडोरलाई समेटेर मेगा सिटी बनाउने भएको छ ।

2575
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले झण्डै १ अर्ब १६ करोड ८६ लाख बराबरका सडक पूर्वाधारका ६ योजना स्वीकृतका लागि विभागमा पेस गरेको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेर लागत अनुमान गरी ६ योजनालाई टेन्डरमार्फत कार्यान्वयनमा लैजान विभागमा पेस गरिएको हो । ५ करोडमाथिका योजना कार्यान्वयन गराउँदा विभागबाट स्वीकृत गराउनुपर्ने प्रावधान छ ।

3327
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

गैरआवासीय नेपाली संघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच नेपालमा सडक सुरक्षासम्बन्धी ज्ञान, सीप र सुरक्षाका विषयमा सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

3962
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

सिद्धार्थनगर नगरपालिका रुपन्देहीले स्थानीय कानुन निर्माण प्रक्रियालाई अगाडि बढाएको छ । भैरहवामा सोमबार दोस्रो नगरसभा आयोजना गरी स्थानीय कानुनसम्बन्धी १० वटा विधेयक सभासमक्ष प्रस्तुत गरेको छ ।

476
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले २ अर्व ६४ करोड रुपैयाँ बराबरको सेयर आउँदो चैतमा जारी गर्ने भएको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षेमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागि चैतभित्रै सेयर निष्कासनको तयारी गरेको हो । दोलखावासीलाई सेयर निष्कासनपछि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन हुनेछ ।

3548
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

विमानस्थलमा नेपालगन्जबाट सामान पठाएको फोनमा चार्ज छैन, के पठाएको हो, कति पठाएको हो थाहा नै हुन नसकेको स्थानीय व्यापारी गुनासो गर्दै थिए । फोनमा ब्यालेन्स भए पनि सम्पर्क गर्न नपाउँदा बैठक बोलाउनु पर्दा घर–घरमा गई बोलाउनु बाहेक कुनै उपाय नभएको मानसरोवर नमुना माध्यमिक विद्यालयका खरिदार हिर बोहरा दुःखेसो पोख्दै थिए । बैठकका लागि व्यवस्थापन समितिका पदाधिकारीलाई घरघरमा डाक्न पठाएको छु हिरले बताए ।

1068
भीम गौतम
सोमवार, फाल्गुन २१, २०७४

मुलुकमा संघीय राजनीतिक व्यवस्था लागू भइसके पनि प्राकृतिक स्रोत साधनको मुख्य आधार मानिएको जलविद्युत्् आयोजनामा चारवटा प्रदेश निकै कमजोर देखिएका छन् । विकासका लागि अत्यावश्यक विद्युत् उत्पादनका लागि सात प्रदेशमध्ये चारवटा प्रदेशमा निर्माणाधीन जलविद्युत् आयोजनाको अवस्था कमजोर देखिएको हो ।

4197
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

कर्णाली प्रदेश सरकारले सडक सुरक्षा योजनासम्बन्धी विशेष कार्यक्रम सुरु गरेको छ । समृद्धिका लागि सुरक्षा अभियान ‘सडक सुरक्षा कार्यक्रम’ नाम दिइएको सो कार्यक्रमको शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्घाटन गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अघि सारेको ‘समृद्धिका लागि सुरक्षा अभियान’ प्रदेशका १० वटै जिल्लामा सुरु भएको जनाइएको छ ।

900
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

दोलखामा भूकम्पपीडितहरू अनुदान लिन मध्ये रातदेखि लाइनमा बस्नु पर्ने अवस्था सिर्जना भएको छ । केही दिन यता भूकम्पपीडितहरू अनुदान लिनका लागि बैंकमा रातभर लाइनमा बस्नु परेको हो ।

811
भीम गौतम
आइतवार, फाल्गुन २०, २०७४

सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्नेलगायतका आकर्षक कार्यक्रम बर्सेनि ल्याइरहे पनि हालसम्म उत्पादनको अवस्था भने नाजुक देखिएको छ । नेपालमा विद्युत् उत्पादन सुरु भएको एक सय वर्षभन्दा बढी भइसके पनि प्रतिवर्ष करिब ९ मेगावाटमात्र उत्पादन हुन सकेको अवस्था छ । विगतको यस्तो अनुभवका आधारमा पनि विद्युत् उत्पादनको आगामी बाटो सहज नभएको विज्ञहरुको भनाइ छ ।

992
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

पाँचथरको सदरमुकाम फिदिम अब पहिलेको जस्तो देख्न पाइँदैन । उबेलाको रातोमाटो हिलोले गदगद रहेको फिदिम अब सुन्दर फिदिम बनिसकेको छ । पहिले सानो बजार रहेको फिदिम अब विस्तारै सहरीकरण हुँदैछ । मेची राजमार्गको लार्लीखर्कबाट तलतिर हेर्दा देखिने दृष्यले सबैको मन लोभ्याउने गर्दछ ।

1691
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

एक दशकअघि बाक्लोबस्ती रहेको जिल्लाको छथर गाउँपालिकाको वडा नं ३ का सुख्खा ग्रस्त क्षेत्रका दर्जनौं घर खानेपानी अभावकै कारण रित्तिएका छन् ।

1290
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लक्ष्य भेट्न ठेकेदार कम्पनी बाधक देखिएको छ । ४ महिनापछि आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । तर ठेकेदार कम्पनीकै कारण आयोजनाको लक्ष्य भेट्न हम्मे पर्ने भएको हो ।

2441