मकरराज धामी
शुक्रवार, मंसिर २८, २०७५

बझाङमा जलविद्युत्को अपार सम्भावना छ तर राज्यले बझाङलाई चिन्न नसकेको बझाङवासीको गुनासो छ । बाह्रै महिना अटुट रुपमा बगिरहने सेती, कालंगा, सानीगाड, सुनिगाड र बहुलिगाड तथा अन्य साना नदीहरूमा जलविद्युत् आयोजनाका निर्माणकार्यहरू भैरहेका छन ।

801
रामहरि न्यौपाने
शुक्रवार, मंसिर २८, २०७५

मध्यपहाडी राजमार्गलाई पुष्पलाल लोकमार्ग पनि भनिन्छ । नेपालमा हाल निर्माणाधीन राजमार्ग मध्येको गाँउदेखि सहरसम्म पूर्वदेखि पश्चिम यो सडकले जोड्दछ । नेपालको पूर्वदेखि पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछि यो तेस्रो ठूलो राजमार्ग हो ।

1154
भीम गौतम
शुक्रवार, मंसिर २८, २०७५

आर्थिक वर्ष २०७१-०७२ देखि सुरु भएको २२० केभीको कोशी कोरिडोर प्रसारण लाइन आयोजना निर्माण प्रक्रिया लाग्यो । नेपाल विद्युत् प्राधिकरणभित्रका साथै वन र वातावरणका विभिन्न प्रक्रिया अड्किएर २०७४ चैत २७ मा मन्त्रिपरिषद्बाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पारित पनि भयो । जब आयोजना सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभाका वन क्षेत्रमा कटान गर्न पुग्यो, तब करिब ९ हजार रुख कटान गर्नुपर्नेमध्ये अधिकांशको नम्बरिङ मेटिएको थियो । फेरि नम्बरिङ नगरी काम अघि बढ्न नदिने भएपछि यो कार्य अघि बढेको छ ।

780
किरण कर्ण
शुक्रवार, मंसिर २८, २०७५

रामजानकी विवाहपञ्चमी महोत्सवसँगै जनकपुरधाममा विभिन्न किसिमका टिकाटिप्पणीहरू हुन थालेको छ । हुन त जनकपुरधाम हिन्दुहरूको पवित्रस्थल तथा धार्मिक पर्यटकीय नगरीको लागि अग्रसर रहेको बेलामा भएको भारतीय प्रधानमन्त्रीदेखि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्यालाई जनकपुरधामसँग जोड्नेदेखि लिएर कृषि क्षेत्रमा आधुनिकताको कुरालाई समेत एक अर्कालाई सहयोग गरी धार्मिक पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न उद्धत रहेको देखिन्छ ।

638
मेगराज खड्का
शनिवार, मंसिर २९, २०७५

दुई दशकअघि रुकुमेलीको दैनिकी यस्तो थियो की आफूलाई आवश्यक परेका सामग्री किनमेलका लागि मात्र होइन गाडि चढ्नका लागि सल्यान, दाङ वा नेपालगन्ज जानुपथ्र्यो । रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११, गोईरीका अमृत बटालालाई घ्यूको बाकस बोकेरै हिँडेर नेपालगन्ज पुगेको अहिले पनि झलझली याद आउँछ । घरमा उत्पादन भएको घ्यूको बाकस बिक्री गर्ने र त्यसबाट आएको पैसाले वर्षभरी पुग्ने नुन, लत्ताकपडा र चाडपर्वको घरखर्च ल्याउनु हिजोआजको जस्तो सहज थिएन ।

2040
दिलबहादुर केसी
शनिवार, मंसिर २९, २०७५

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको धेरैको चासो र चर्चाको विषय भनेको विद्युत् कहिले उत्पादन हुन्छ र सेयर कहिले खुल्छ भन्ने नै हो । तर अहिले विद्युत् उत्पादन गर्ने समय थपिदै गए तापनि आयोजना प्रभावित र सर्वसाधारणले भने सेयर पाइ सकेका छन् । तर चाहेजति सेयर पाउँन नसकेपछि भने अधिकाँश सेयरधनीहरु भने असन्तुष्ट छन् ।

1580
कारोबार संवाददाता
शनिवार, मंसिर २९, २०७५

बाँकेको कृषिमा हरित क्रान्ति गर्ने उद्घोषका साथ राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर सरकारले सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु गरेको थियोे । सो आयोजनामा १५ वर्षको अवधीमा सरकारले गरेको १५ अर्ब रूपैयाँको लगानी बालुवामा पानी सरह भएको छ ।

656
भीम गौतम
शनिवार, मंसिर २९, २०७५

जलविद्युत्को इतिहास जतिक्कै छ, जनताले बिजुली पाएको इतिहास पनि । विक्रम संवद १९६८ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्सेरले फर्पिङको चन्द्रज्योती विद्युत् आयोजना निर्माण पूरा भएपछि पहिलोपटक खोकनाका सिद्धिलाल महर्जनको घरमा परीक्षणको रुपमा बिजुली बालेका थिए ।

797
कारोबार संवाददाता
शुक्रवार, मंसिर २८, २०७५

सरकारले काठमाडौं–तराई दु्रतमार्गको प्रस्थान विन्दू खोकनाको जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने स्पष्ट पारेको छ । नेपाली सेनाले निर्माण गर्न लागेको राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको काठमाडौं–तराई दु्रतमार्गमा देखिएको मुआब्जा विवादले ललितपुरस्थित खोकना र बुङ्मतीबासी समस्यामा परेको भन्दै काम तत्काल स्थगित गराउन सांसदहरूले माग गरिरहेका बेला सरकारले मुआब्जा वृद्धि गर्न नसकिने स्पष्ट पारेको हो ।

471
रासस
बिहिवार, मंसिर २७, २०७५

भीमदत्त नगरपालिकाले ब्रह्मदेव बजार जोड्ने टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रेका लागि लगत अनुमान तयार गरेको छ ।

758
कारोबार संवाददाता
बिहिवार, मंसिर २७, २०७५

एशियाली विकास बैंक (एडीबी)को टोलीले झापा मेचीनगर नगरपालिका—१४ दुहागढीमा रहेको हडिया रेगुलेटर सिँचाई आयोजनाको स्थलगत अवलोकन गरेको छ ।

695
भीम गौतम
बिहिवार, मंसिर २७, २०७५

एसियाली विकास बैक (एडीबी) कोे न्यून परिपूर्ति कोष (भीजीएफ) को अनुदान सहयोगमा २४ मेगावाटका पाँच सौर्य ऊर्जा (सोलार) आयोजना निजी क्षेत्रमार्फत बन्ने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको नेपाल प्राधिकरण सञ्चालक समिति बैठकले पाँच आयोजनाका लागि एडीबीले दिएको अनुदान स्वीकार गर्ने निर्णयसँगै ती आयोजना अघि बढ्ने भएका हुन् ।

817
रासस
बुधवार, मंसिर २६, २०७५

गण्डकी प्रदेश तथा पोखरा आसपासको क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्यसहित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकार, रिसोर्ट तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ ।

1100
कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

सुदूरपश्चिम प्रदेशमा समन्वयात्मक रूपमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन र विकासका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र भौतिक पूर्वाधार विकास मन्त्रालयलगायत ६ वटा गाँँउ तथा नगरपालिकाहरू बीच छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

1245
दिपक बोहरा
बुधवार, मंसिर २६, २०७५

फिदिम नगरपालिका–२ पल्लोटारका स्थानीयबासीले बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराएको करिब दुई दशकपछि बसपार्क निर्माणकार्य सम्पन्न भएको छ ।

878