दिलबहादुर केसी
बुधवार, माघ २३, २०७५

अपर नेसम खोला जलविद्युत् आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा बन्ने भएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ मा बन्ने ४३ मेगावाट क्षमताको अपर नेसम ईपीसी मोडेलमा निर्माण प्रक्रियाअघि बढेको हो ।

931
कृष्ण न्यौपाने
बुधवार, माघ २३, २०७५

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा मोबाइल प्रविधिमार्फत खानेपानी वितरण सुरु गरिएको छ । हालै सम्पन्न दरकाम खानेपानी योजनाको पानी मोबाइलको माध्यमबाट वितरण गरिने व्यवस्था मिलाइएको उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र थापाले जानकारी दिए ।

844
प्रगति ढकाल
बुधवार, माघ २३, २०७५

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्न साविकको इटालियन ठेकेदारसँगको सम्झौता अन्त्य गरेर नयाँलाई जिम्मेवारी दिइने भएको छ । यसको जिम्मेवारी भने इटालियन कम्पनीकै सब–कन्ट्र्याक्टरलाई दिने सम्भावना रहेको आयोजना स्रोतले जनाएको छ ।

1011
कारोबार संवाददाता
बुधवार, माघ २३, २०७५

नेपालमा भएका जलविद्युत्बारे सम्पूर्ण जानकारी दिनका लागि ‘हाइड्रोम्याप पोर्टल’ सार्वजनिक भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को सहयोगमा नीति फाउण्डेसनले तयार पारी सार्वजनिक पोर्टलमा नेपालको जलविद्युत् र प्रसारण लाइनका आयोजनाका साथै प्रदेशस्तरको अवस्था उल्लेख छ । पोर्टलको मंगलबार इप्पानका अध्यक्ष शैलेन्द्र गुरागार्इं र फाउण्डेसनका कार्यकारी निर्देशक मोहनदास श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरे ।

861
कारोबार संवाददाता
बुधवार, माघ २३, २०७५

सरकारले सिमेन्टलगायतका वस्तुको खानीको इजाजत प्रक्रियालाई सरल बनाउने भएको छ ।

805
रासस
बुधवार, माघ २३, २०७५

लामो समयदेखि चर्चामा मात्रै सीमित भएको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ ।

1176
कारोबार संवाददाता
मंगलबार, माघ २२, २०७५

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेर अवरुद्ध भई भुक्तानीसमेत रोकिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । सम्झौताअनुसार समयमा काम गरेपछि त्यसको भुक्तानी दिनु आयोजनाको दायित्व भए पनि आयोजना निर्माणका क्रममा नेपाली सहायक निर्माण व्यवसायी, आपूर्तिकर्ता र कामदारहरूले मुख्य ठेकेदार कम्पनी सीएमसीबाट अर्बाैं रुपैयाँभन्दा बढी भुक्तानी लिन बाँकी रहेको पनि महासंघले जनाएको छ ।

1007
कारोबार संवाददाता
मंगलबार, माघ २२, २०७५

जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरिद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरिद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरिदका लागि तयारी गरेको हो ।

781
कारोबार संवाददाता
मंगलबार, माघ २२, २०७५

सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ । माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।

789
कारोबार संवाददाता
मंगलबार, माघ २२, २०७५

मुलुकभरका अधिकांश जिल्लामा यतिबेला विकास निर्माणका कामले गति लिएको छ । प्रतिकूल मौसमका कारण हिमाली जिल्ला मनाङमा भने विकास निर्माणको काम ठप्प भएको छ ।

597
भीम गौतम
मंगलबार, माघ २२, २०७५

गौतमबुद्धको जन्मस्थान लुम्बिनीलाई वौद्धमार्गी एवं शान्तिप्रेमी समुदायको अन्तर्राष्ट्रिय केन्द्रको रूपमा विकास लक्ष्यसहित सरकारले लुम्बिनी क्षेत्र विकास कोषको परियोजना अघि बढाएको ३३ वर्ष वित्न लाग्यो । तर, यसको भौतिक र वित्तीय प्रगति ८० प्रतिशतमात्र छ । २०४२ देखि नै गुरुयोजनाको काम सुरु भएपनि हालसम्म पूरा भएको छैन ।

1084
कारोबार संवाददाता
मंगलबार, माघ २२, २०७५

काठमाडौं–तराई द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को मस्यौदा कोरियाली परामर्शदाता कम्पनी सुसुङले डीपीआरको मस्यौदा आइतबार नेपाली सेनालाई बुझाएको छ ।

1375
कारोबार संवाददाता
सोमवार, माघ २१, २०७५

मुलुककै प्रतिष्ठित एवं राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेर अबरुद्ध भएको र भुक्तानी समेत रोकिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

821
कारोबार संवाददाता
सोमवार, माघ २१, २०७५

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ठेकेदार र कर्मचारीको मलोमतोमा मापदण्डविपरीत सडक निर्माणकार्य भइरहेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा जनकपुरको भैरव चोकदेखि महावीर चोकसम्म निर्माणाधीन सडकको काम गुणस्तरहीन भइरहेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।

722
कारोबार संवाददाता
सोमवार, माघ २१, २०७५

सल्यानको छत्रेश्वरी शक्तिपीठ छायाक्षेत्र मन्दिर प्रवेश गर्ने प्रमुख सडकको निर्माणकार्य रोकिएको छ । छत्रेश्वरी गाउँपालिका–६ स्थित शंखमूल हँुदै छत्रेश्वरी मन्दिर जोडने करिब ४ किमि सडक निर्माणको काम डिभिजन वन कार्यालय सल्यानले रोक्न आदेश दिएको हो ।

883