घनश्याम पौडेल
बिहिवार, असार १९, २०७६

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ६, धातिवाङमा सञ्चालित स्मार्ट कृषि कार्यक्रमले गाउँनै नमूना बनेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र सन्धिखर्क, पाणिनी गाउँ कार्यपालिकाको कार्यालय दुर्गाफाँट, वडा कार्यालय धातिवाङको आर्थिक तथा प्राविधिक सहयोग र पाणिनी गाउँपालिका शिद्धेश्वर स्मार्ट गाउँ कार्यान्वयन समितिको सहजीकरणमा पाणिनी गाउँपालिका वडा नम्बर–६ धातिवाङमा स्मार्ट कृषि कार्यक्रम सञ्चालन गरिएको थियो ।

403
अमरराज आचार्य
बिहिवार, असार १९, २०७६

गुणस्तरहीन काम भएको भन्दै व्यापक जनविरोध भएपछि घोराही उपमहानगरपालिकाले नगरका विभिन्न क्षेत्रका ६ किलोमिटर सडक मर्मतको ठेक्काको काम रोकेको छ । यसअघि नै मर्मतका क्रममा उपमहानगरपालिकाको गुलरिया चोकदेखि दामोदर चोकसम्म, सहिद उमेश मार्गदेखि नेपाल बैंकसम्म र बैंकरोडमा बिच्छ्याइएको छर्री तत्काल निकाल्न निर्माण कम्पनी वेस्टर्न डेभलपमेन्ट निर्माण प्रालिलाई उपमहानगरपालिकाले निर्देशन दिएको छ ।

328
कारोबार संवाददाता
बुधवार, असार १८, २०७६

पूर्वअर्थमन्त्री शंकर कोइरालाले दुईतिहाइको सरकार हुँदा पनि विकास खर्चबारे पुरानै प्रवृत्ति देखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा पूर्वअर्थमन्त्री कोइरालाले विकास सकारात्मक रूपमा अगाडि बढेको भए पनि असारे विकासको गति कम नभएको बताए । “असारे विकास गर्दा पहिले अस्थायी सरकार भन्ने बनिबनाउ कारण थियो,” उनले भने, “अब दुईतिहाइको स्थायी सरकार आए पनि पुरानो रोग सकिएको छैन ।”

320
कारोबार संवाददाता
बुधवार, असार १८, २०७६

भूकम्पबाट क्षति भई प्राविधिक खटिनुपूर्व प्रभावितले निर्माण गरेका निजी घरका धनीले एकमुष्ट तीन लाख रुपैयाँ पाउने भएका छन् । २०७२ साल वैशाखमा भूकम्प गए लगत्तै बस्नका लागि घर बनाएर अनुदानका लागि अनुरोध गरे पनि पाउन नसकेका प्रभावितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको मंगलबारको बैठकले एकमुष्ठ तीन लाख रुपैयाँ दिने निर्णय गरेको हो । प्राविधिक खटिनुपूर्व बनेका घरलाई निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि पारित गरेसँगै प्रभावितहरूले तीन लाख रुपैयाँ अनुदान पाउने भएका हुन् ।

331
अमरराज आचार्य
बुधवार, असार १८, २०७६

घोराही उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमै गुणस्तरहीन सडक निर्माण गरेको भन्दै नागरिक आन्दोलित भएका छन् । आर्थिक वर्ष सकिनै लाग्दा घोराही–गुलरिया पार्कदेखि आर्मी ब्यारेक, बंैक रोड, सहिद गेट रोडमा गरिएको रिसिलिङ सडकमा जाम नै नभई मसिनो गिटी उप्कन थालेपछि स्थानीय आन्दोलित भएका हुन् ।

287
अनिश शर्मा गैरे
बुधवार, असार १८, २०७६

प्रदेश नम्बर ५ ले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम गुल्मीमा प्रभावहीन देखिएको छ । यो कार्यक्रम गुल्मीका मालिका, मदाने र कालीगण्डकी गरी तीन स्थानीय तहमा लागू भएको थियो । आर्थिक सामाजिक सुचकका आधारमा कमजोर भएका गाउँपालिकाका समुदाय, घरपरिवार वा व्यक्तिको जीवनस्तर सुधार गरी गरिबी निवारण गर्ने उद्देश्यसहित ती स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । तर लक्षित वर्गभन्दा बाहिर रकम खर्च गरिँदा कार्यक्रमको प्रभावकारितामाथी नै प्रश्न उठेको छ ।

293
भीम गौतम
बुधवार, असार १८, २०७६

विद्युत् नियमन आयोगले संस्थापक सेयरधनीहरूले कबुलेको जारी पुँजी शतप्रतिशत चुक्ता गरेपछि मात्र जलविद्युत् आयोजनाहरूले सेयर निष्कासन गर्न पाउने भएका छन् । आयोगका अध्यक्ष डिल्लीबहादुर (डीवी) सिंहको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले पारित गरेको विद्युत् कम्पनीहरूको सेयरको सार्वजनिक निष्कासनसम्बन्धी निर्देशका २०७६ ले यस्तो व्यवस्था गरेको हो ।

272
मीनकुमार नवोदित
मंगलबार, असार १७, २०७६

विराटनगर, १६ असार अव्यवस्थित सहरीकरणलाई निरुत्साहित गर्न विराटनगर महानगरपालिकाले नयाँ योजना अघि सारेको छ । प्लानिङ परमिट लिएर मात्रै घर–घडेरी विकास गर्ने गरी योजना अघि सारिएको महानगरले जनाएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा महानगरले यस योजनालाई प्रमुखताका साथ समावेश गरेको छ । प्लटिङ गर्दा अब अनिवार्य रूपमा महानगरबाट स्वीकृति लिनुपर्नेछ । यसअघि जथाभावी प्लटिङ गर्दा विकास निर्माणमा समस्या भएको महानगरका मेयर भीम पराजुलीले बताए । उनका अनुसार जग्गा विकास गर्दा मुख्य सडक कम्तिमा ८ मिटर, सहायक सडक कम्तिमा ७ मिटर र भित्रि सडक कम्तिमा ६ मिटर, घडेरीको मुख कम्तिमा ८ मिटर हुनुपर्नेछ । खुल्ला क्षेत्र र एवं हरियाली क्षेत्र कम्तिमा १० प्रतिशत छुट्याइएको हुनुपर्ने मेयर पराजुलीले बताए । “विगतमा जे भयो भयो अब जग्गाको प्लानिङ गर्दा महानगरले तोकेको मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ,” मेयर पराजुलीले भने, “यसले व्यवस्थित सहरीकरणमा ठूलो टेवा पुग्नेछ ।” जग्गा कारोबारीले जथाभावी प्लटिङ गर्दा कतिपय सडकमा रिक्सासमेत छिर्दैन । एम्बुलेन्स र वारुणयन्त्रसमेत नछिर्ने सडक छन् महानगरभित्र । जसले गर्दा यदि आगलागी भयो भने ठूलो क्षति हुने अवस्था छ । “जग्गा कारोबारीले प्लटिङ गर्छन् । भौतिक पूर्वाधार पूरा नगरिकनै विस्तार गरिएको घडेरीमा घर बनाइन्छ । अनि विकास चाहियो भन्दै महानगरपालिकामा धर्ना दिन आउँछन्,” मेयर पराजुलीले भने, “पैसा कारोबारीले कमाउँछन् । तनाव महानगरलाई हुन्छ ।” मेयरले पराजुलीले अब भौतिक पूर्वाधारसहितको प्लटिङ गर्नुपर्ने बताए । यसरी विकास गरिएका खडेरीमा सडक, नाला, विद्युत र खानेपानीलगायतका भौतिक पूर्वाधारको विस्तार भएको हुनुपर्नेछ । मेयर पराजुली भन्छन्, “यसरी विकास भएका घडेरीमा घर बनाउने घरधनीलाई महानगरबाट नक्सापास र घरजग्गा करमा सहुलियत दिइनेछ ।” विराटनगरले १ सय ५ वर्षे लामो इतिहास कोरिसकेको छ । विराटनगरलाई ऐतिहासिक, औद्योगिक र आर्थिक नगरीका रूपमा पनि लिने गरिन्छ । एक शताब्दी लामो इतिहास बोकेको नगर भएर पनि अझै व्यवस्थित रूपमा विकास हुन सकेको छैन । विगतमा विकास गरिएका घडेरीमा कतिपय स्थानका सडक ६ फिट पनि छैनन् । महानगरले पक्की नालासहितको पिच बनाउन २० फिट हुनुपर्ने यसअघि नै नीति अबलम्बन गरिसकेको छ । महानगरले तोकेको मापदण्डविपरीत विकास गरिएका घडेरीमा निर्माण गरिएका घरको नक्सा पास नगरिने प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए । राष्ट्रिय भवन संहिताअनुसार भूकम्प प्रतिरोधी भवन निर्माण गर्न घरनक्सा पास सहज बनाउँदै घर नक्सा इजाजत अनलाइनबाटै उपलब्ध गराउने योजना पनि महानगरले अघि सारेको छ । विराटनगर प्रदेश–१ को एकमात्रै महानगर हो । महानगरसँगै प्रदेशको राजधानी पनि भएकाले व्यवस्थित सहरीकरणको योजना अघि सारिएको अधिकारीले जनाए । हाल महानगरका बजार क्षेत्रका मुख्य सडकलाई फराकिलो बनाउने काम भने भइरहेको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा महानगरभित्रका करिब ६३ किलोमिटरमा ढल र नालासहितको सडक कालोपत्रे गर्ने काम जारी छ ।

292
कारोबार संवाददाता
सोमवार, असार १६, २०७६

आगामी मंसिरमा काठमाडौंमा सातौं ऊर्जा सम्मेलन २०१९ आयोजना हुने भएको छ । जलविद्युत क्षेत्रको निजी प्रवद्र्धकहरूको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा सम्मेलन गर्न लागेको हो ।

243
कारोबार संवाददाता
सोमवार, असार १६, २०७६

भूकम्पपछिको पुर्ननिर्माणमा संलग्न १९ प्राविधिक गैरकानुनी काम गरेको आरोपमा कारबाहीमा परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका प्राविधिकहरू विभिन्न गैरकानुनी कार्यमा संलग्न रहेको भेटिएको भन्दै कारबाही गरेको हो ।

366
कारोबार संवाददाता
आइतवार, असार १५, २०७६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले संघ सरकारले फेवातालको सिमांकन टुंग्याएको भोलिपल्ट प्रदेश सरकारले पिल्लर गाड्न सुरु गर्ने बताएका छन् । नेपाली खाना प्रवद्र्धनात्मक कार्यक्रमको शुक्रबार साँझ उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले फेवातालको संरक्षण गर्ने विषयमा पहिलो काम तालको सिमांकन भएकोले संघ सरकारले सीमाको विवाद टुंग्याउनुपर्ने बताए । उनले भने। “फेवाताल संरक्षण गर्न पहिलो काम तालको सिमांकन गनु पर्छ ।

330
दिलबहादुर केसी
आइतवार, असार १५, २०७६

अपर तामाकोसी हाइड्रोपावर कम्पनीको स्थगित ११ औं साधारणसभा असार ३१ गते हुने भएको छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा बुधबार बोलाइएको साधारणसभामा गणपुरक संख्या नपुगेको भन्दै स्थगित भएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले स्थगित साधारणसभा असारको अन्तिम दिन राष्ट्रिय सभागृह काठमाडौंमा गर्ने सञ्चालक समितिले निर्णय गरेको जानकारी दिए । कम्पनीले स्थगित साधारणसभा ७ दिनपछि नै गर्ने तयारी गरे पनि स्थान अभावका कारण २० दिनपछि सरेको उनको भनाइ थियो ।

442
अमरराज आचार्य
आइतवार, असार १५, २०७६

दाङ–सुर्खेत सडकखण्ड स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको छ । २२ वर्षदेखि ओझेलमा पर्दै आएको ६२ किलोमिटर लामो यो सडकखण्ड स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको हो । दाङको समृद्धिको रूपमा लिइएको सो सडकको कालोपत्रे गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

357
कारोबार संवाददाता
आइतवार, असार १५, २०७६

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु भएको छ । ४० मेगावाट क्षमताको आयोजनामा नेपाली सेना र प्रहरीको सहयोगमा अडिट–३ को सुरुङमा ब्लास्टिङ गर्दै निर्माण सुरु गरिएको हो ।

1008
कारोबार संवाददाता
आइतवार, असार १५, २०७६

लमजुङ्को बेंसीसहर नगरपालिका–२ र ३ अन्तर्गत रानीकुवामा खानेपानीको विषयमा उत्पन्न विवाद चरम उत्कर्षमा पुगेको छ । उपभोक्ताहरूले उपभोग गर्दै आएको खानेपानी मुहान स्थानीय मध्येकै केही समूहले भत्काएपछि विवाद उत्कर्षमा पुगेको हो । सम्बन्धित वडा कार्यालयको दुई लाख सहयोगमा निर्माण गरिएको खानेपानी ट्यांकी स्थानीय वीरबहादुर बोहोराको नेतृत्वको समूहले पटक–पटक भत्काएको भन्दै रानीकुवाका उपभोक्ताले प्रशासनमा उजुरी दिएका हुन् ।

223