हरिश चन्द
बिहिवार, श्रावण १७, २०७५
561

डडेल्धुरा-नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले १२ सय बढी पोल वितरण गरेको छ । आर्थिक बर्ष २०७४र०७५ को ग्रामिण बिद्युती करण अन्तर्गत पाँच करोड ६० लाख बजेट बाट १२ सय देखि १३ सय पोल वितरण गरेको जनाएको छ । आवश्यकता अनुसार गत बर्ष बिजुलीका पोल बाँडिएको प्राधिकरण डडेल्धुराले जनाएको हो ।
संघियता संगै बनेका स्थानिय तह र निर्वा्चित जनप्रतिनिधिहरुले जनतालाई भौतिक पुर्वाधार निर्माण तथा विकासका आश्वासन बाँडे अनुसार बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले आवश्यकता अनुसार स्थानियलाई पोल वितरण गर्दै बिद्युत विस्तार गरेको हो । विगतका बर्षमा थोरै संख्यामा मात्रै पोल आउदा स्थानियहरुले ताना तान गर्नु पर्ने समस्या गत बर्ष नरहेको वितरण केन्द्र अमरगढी डडेल्धुरा प्रमुख ईश्वर कुमार श्रेष्ठले बताए । तर अझै पनि काठका पोलका ठाउमा फलामे पोल गाड्न सकिएको छैन भने कतिय स्थानमा आवश्यकता अनुसार बिद्युती करण गर्न सकिएको छैन ।
पोल वितरण गरि गाडिए पनि सात वटा ट्रान्सफर्मरको आवश्यकता परेकाले माथिल्लो निकायले समयमै ट्रान्सफर्मर उपलब्ध नगराउदा बिद्युती करण हुन भने हुन नसकेको वितरण केन्द्र प्रमुख कुमार श्रेष्ठले बताए । ट्रान्सफर्मर उपलब्ध भईसके पछि पोल गाडिएका ठाँउहरुमा बत्ति बल्छ, उनले भने, आर्थिक बर्ष २०७४/०७५ मा ग्रामिण बिद्युती करणको २ करोड ७० लाख बजेट थियो यसको भर्खरै ठेक्का सदर भएको छ, यसमा ५ साय पोलहरु आउछन होला, यता बाट पोल र तार दिईएको छ, ट्रान्सफर्मर आउने बित्तिकै बत्ति बल्छ । यहाका प्राय सबै गाउमा बिद्युती करण पहिले नै भएको भए पनि अहिले वस्ति बाट टाढा सरेका तथा ग्रामिण जलबिद्युत आयोजना बन्द हुदा थप बिद्युती करण विस्तार गर्नु परेको छ । भागेश्वरको रुपालमा रहेको ग्रामिण जलबिद्युत आयोजना बन्द हुदा अहिले वितरण केन्द्र अमरगढीमा मिटर जडानका लागी आउने स्थानियको संख्या उच्च छ । गत बर्ष सबै प्रकारका लगाएर वक्यौता रकम नतिर्ने २ सय ४५ ग्राहाक लाईन काटिएको थियो । २३ लाख ४० हजार वक्यौता रक तिर्नु पर्ने देखिएकाले लाईन काटिए पछि २ सय ६३ ग्रहाकले पुनः लाईन जडान गर्दा २४ लाख ३६ हजार वक्यौता रकम उठेको अधिकृत श्रेष्ठले बताए ।