कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५
1806

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ । सिहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत साइगोले आफ्नो कार्यकालमा नेपालसँगको सम्बन्धलाई थप मजबुद बनाउन पहल गर्ने बताए ।
राजदूत साइगोले नेपालको पूर्वाधार विकास, र भूकम्पपछिको पुनर्निर्माणमा जापानले इमान्दारीपूर्वक सहयोग गरेको भन्दै सहरी विकास मन्त्रालयसँग समन्वय गरी आगामी दिनमा दिगो पुनर्निर्माण र पूर्वाधार विकासमा थप सहयोग विस्तार गर्ने बताए ।
भेटमा मन्त्री राईले नवनियुक्त राजदूतलाई बधाई दिँदै उनको कार्यकालमा आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यमा जापानको सहयोग अपरिहार्य हुने बताए । मन्त्री राईले जापान सरकारले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा पु¥याएको योगदानको नेपाल सरकारले उच्च मूल्यांकन गरेको बताए । उनले कुलेखानी जलविद्युत् आयोजना र बीपी राजमार्गले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा पु-याएको विकास योगदान आफैंमा विशिष्ट रहेको भन्दै काठमाडौं उपत्यकाको सडक सञ्जालको गुरुयोजना निर्माणमा जापानी सहयोगको उच्च मूल्यांकन गरिएको बताए ।