रासस
मंगलबार, जेठ २२, २०७५
1358

देश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा रहेको नदीनालाबाट आगामी वर्ष एक हजार मेगावाट जलबिद्युत उत्पादनका आयोजना शुरु गर्ने बताए । 
उनले संघीय सरकारले निर्माण गर्नेबाहेक प्रदेश सरकारले निजी क्षेत्र तथा विदेशमा काम गर्ने नेपालीको लगानीको आधारमा सरकारले जलविद्युत् आयोजना सञ्चालनका लागि आगामी निति तथा कार्यक्रममा समावेश गर्ने जानकारी दिए । 

राष्ट्रिय समाचार समितिका प्रदेश समाचारदातासँग आज कुरा गर्दै उनले देश सरकारको पहिलो प्राथमिकता कृषि नै रहेको र यसबाट प्रदेशलाई आत्मनिर्भर बनाई अन्य प्रदेशको आवश्यकता पूर्ति गर्ने र खाद्यान्नमा वैदेशिक आयात न्यूनीकरण गर्ने लक्ष्यका साथ कार्य उल्लेख गरे । 
उनले विराटनगर विमानस्थलका साथै क्षेत्रीय विमानस्थल विस्तार गर्ने कार्यमा प्रदेश सरकार दृढ रहेको बताउँदै यस क्षेत्रबाट छिमेकी मुलुक भारत, बंगलादेशका विभिन्न शहरमा उडान गरिने बताए । 
मुख्यमन्त्री राईले छिमेकी मुलुकतर्फको हवाई उडान तथा हिमाली क्षेत्रको उडानबाट छिमेकी मुलुक भारतको पश्चिम बंगाल, विहार, सिक्किमका साथै भुटान र बंगलादेशबाट धार्मिक तथा हिमाली पदयात्राका लागि आउने पर्यटकको बसाइँ अवधि तथा खर्च गर्ने रकम वृद्धिका लागि आवश्यक पूर्वाधार तयार गरिनेमा जोड दिए । 

उहाँले यस प्रदेश रहेका ३५ वटाभन्दा बढी र आठ हजार मिटरभन्दा बढी उचाइका पाँचवटा हिमालको प्रचारप्रसार छिमेकी मुलुकमा गर्न निजी क्षेत्रको सहयोग लिने धारणा व्यक्त ।