कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५
981

भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य चौकीको पुनर्निर्माणभूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य चौकीको पुनर्निर्माणकारोबार संवाददाताकाठमाडौं, १२ वैशाख तीन वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त नुवाकोट जिल्लाको बेलकोट नगरपालिकामा निर्माण गरेको स्वास्थ्य चौकीको पुनर्निर्माण गरेर उद्घाटन गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडीपी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला स्वास्थ्य समिति तथा स्वास्थ्य व्यवस्थापन समितिसँगको साझेदारी र गणतन्त्र कोरिया सरकारकोे सहायता निर्माण गरेको स्वास्थ्यचौकी उद्घाटन गरिएको हो । बुधबार एक समारोहबीच स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्याल तथा नेपालका लागि कोरियन राजदूत एच.इ. पार्क, योङ—सिक लगायतले  संयुक्तरुपमा नव निर्मित वेलकोट स्वास्थ्य चौकी को उदघाटन गरेका थिए । सन् २०१६ सेप्टेम्बर १४ मा नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच भएको सझौता अनुसार निर्माण सुरु गरिएको थियो । बुधबार नै त्रिशुली अस्पताल निर्माणको शिलान्याश समेत गरिएको थियो । यो स्वास्थ्य चैकीसहित यूएनडीपीले कोरिया सरकारकोे सहायतामा नुवाकोट जिल्लामा थप ९ वटा आधुनिक, भूकम्प प्रतिरोधात्मक र अपांगमैत्री स्वास्थ्य चौकीको निर्माण गरिरहेको छ । नुवाकोट जिल्लामा विपद्पछिको स्वास्थ्य सेवा पुनस्थापना कार्यक्रम अन्र्तगत १० वटा स्वास्थ्य चौकी र विदुर नगरपालिकामा ५० शैयाको त्रिशुली अस्पताल  ८.६ मिलियन अमेरिकी डलर अर्थात ८६ करोडमा निर्माण हुन लागेको युएनडीपीले जनाएको छ । यी संरचनाहरु ३० वर्षभन्दा लामो समय संचालनमा रहने र यसबाट २८ हजारभन्दा अधिक जनसंख्या प्रत्यक्ष लाभन्वित हुने अपेक्षा गरिएको छ । बालकोट नगरपालिकामा निर्माण सम्पन्न गरिएको यस भूकम्प प्रतिरोधात्मक र अपांगमैत्री स्वास्थ्यचौकीबाट स्थानीयवासीले साधारण स्वास्थ्य सेवा र प्रसूती सुविधा प्राप्त गर्नेछन् ।उद्घाटन कार्यक्रममा राज्यमन्त्री अर्यालले स्वास्थ्य केन्द्र निर्माणले नुवाकोवासीलाई सुगम र गुणस्तरीय स्वास्थ सेवा उपलव्ध गराउन सहयोग पुग्ने बताइन् । राजदूत एच.इ. पार्क, योङ—सिक ले कोरिया सरकारले कोइकामार्फत नुवाकोट जिल्लामा विपद्पछिको पुननिर्माण कार्यक्रम ले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको साथै मानव संशाधनको क्षमता अभिवृद्धिमा सहयोग गरेको जानकारी दिए । युएनडिपीका राष्टिय उपनिर्देशक सोफिया केमखाजेले भूकम्प प्रभावित क्षेत्रका समुदायका लागि उत्थानशील निर्माण गर्न स्थानीय समुदायको सहभागिता, क्षमता अभिवृद्धि र जीविकोपार्जनमा सुधारमा जोड दिएको बताइन् । 

जिल्ला अस्पताल बल्ल पुनर्निर्माण
तीन वर्षअघि गएको विनासकारी भूकम्पले क्षति पुगेको जिल्ला अस्पताल त्रिशूलीको निर्माण बल्ल थालिएको छ । अस्पतालको ंमगलबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी आर्यालबाट शिलान्यास गरिएको हो । नुवाकोट, रसुवा, धादिङ लगायतमा सेवा पुराउदै आएको उक्त अस्पतालको नयाँ भवन निर्माणले नागरिकको स्वास्थ्य गुणस्तर बनाउने राज्यको लक्ष्य पूरा गर्न सक्षम हुने विश्वास लिएको राज्यमन्त्री अर्यालले बताइन् । “भूकम्पले क्षति पुगेका संरचना निर्माण गर्ने सरकारको लक्ष्य अन्तिम चरणा पुगेको छ,” अर्यालले भनिन्, “अब बनाइने भवन भूकम्प लगायतका विपद् प्रतिरोधी बनाएर सुरक्षित स्वास्थ्य सँस्था निर्माण गर्न लागेका छौं ।” उनका अनुसार सरकारले प्रत्येक स्थानीयतहमा एक÷एक वटा अस्पताल निर्माण गर्ने योजना समेत रहेको छ ।    कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले जिल्ला अस्पताल निर्माणको लागि जग्गाको अभाव भएकाले त्यसको व्यवस्थापनमा आफू सक्रिय रहेको बताए । भूकम्पले क्षति पुगेको अस्पतालको पुर्ननिर्माणको लागी कोरियन सहयोग नियोग (कोइका) मार्फत २० करोड लगानीमा निर्माण सुरु गरेको नेपालको लागी कोरियाका राजदूत पार्क योङसीकले जानकारी दिए ।  ५० शैयाको जिल्ला अस्पताल २०७६ फागुनसम्म पूरा गर्ने लक्ष्य राखिएको छ । तीन तलाको अस्पतालमा १ सय ११ कोठा रहने र विपद् प्रतिरोधात्मक हुने स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अन्तराष्ट्रिय सहयोग माहाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । अस्पतालको संरचना भूकम्पले क्षतिग्रत भएपछि जर्मन सहयोग नियोग (जिआइजेड)ले निर्माण गरेको १५ शैया क्षमताको प्रिफ्याब भवनमार्फत सञ्चालन हुँदै आएको छ ।