कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५
1144

संखुवासभा- चैनपुर बाह्रबिसे सडक खण्डअन्तर्गत १६ किमि सडक निर्माण कार्य द्रुत गतिमा अगाडि बढेसँगै यातायात सञ्चालनमा सहजता आएको छ । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमको सहयोगमा नेपाल सरकार र विश्व बैैकको संयुक्त लगानीमा सो सडक निर्माणकार्य सुरु गरिएको हो । श्री ओसिस् एण्ड श्री जयन्ती कम्पनीले कामको जिम्मा लिएर यसै आवको असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी ९ करोड ५६ लाखको लागतमा सडक निर्माणको कार्य भइरहेको स्थानीय सञ्चारकर्मी पदम अधिकारीले बताए । चैनपुरको मिलडाँडादेखि वानाको भैसी चोकसम्मको १६ किमि सडकको ठाउँठाउँमा ग्याबिन वाल, नाली निर्माण, होमपाइप बिछ्याउने तथा सडकको चौडा कटिङ गर्ने काम भइरहेका चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीले जानकारी दिए । केहि दिनअघि स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र ठेकेदारसहितको टोलीले निर्माणकार्यको अनुगमन गरेको थियो ।