दीपेन्द्र थापा
बुधवार, बैशाख २४, २०७७
637

मुआब्जा विवाद र लकडाउनका कारण निर्माण कार्य रोकिएको नागढुंगा–धादिङको सिस्ने खोला जोड्ने सुरुङमार्गको निर्माण सुरु हुने भएको छ । सरकारले आयोजनाहरूको निर्माणलाई तिव्रता दिने भएसँगै लकडाउनपछि निर्माणस्थलबाट बाहिरिएका कामदारलाई फर्काएर काम सुरु गर्न लागिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुख श्यामप्रसाद खरेल जानकारी दिए ।
“निर्माण कम्पनीलाई काम सुरु गर्नका लागि पत्राचार गरका छौं, काम सुरु गर्ने विषयमा निर्माण कम्पनी पनि सकारात्मक नै छ र कोरोनाको संक्रमणबाट बच्ने मापदण्ड अपनाएर निर्माण कार्य थाल्ने आन्तरिक तयारी गरिरहेका छौं,” खरेललले भने । यसका लागि मोडालिटी बनाएर कम्पनीले पत्राचार गर्ने उनले बताए । जापानको निर्माण कम्पनी हाज्मा एन्दो कर्पाेरेसन्सले निर्माणको जिम्मा लिएको छ । यससँगै घर फिर्ता भएका कामदारलाई प्रशाशन कार्यालयसँगको समन्वयमा निर्माण स्थलमा ल्याउने तयारी आयोजनाको योजना रहेको छ । “सम्बन्धित प्रशासन कार्यालय र स्थानीय तहको सहकार्यमा कामदार ल्याउनको लागि अनुमति लिसक्ने र कामदारलाई निर्माण स्थलमा फर्काउने तयारीमा छौं,”प्रमुख खरेलले भने,“यो सँगै यसै साताबाट करिव २ महिना देखि निर्माण कार्य रोकिएको सुरुङमार्गको निर्माण कार्यले गति लिने छ ।”

१५० भन्दा बढी कामदार सिराहा,झापा र वर्दियाबाट ल्याउनको लागि प्रशासनको अनुमति लिएर काठमाडौंबाट सवारीसाधन पठाउने आन्तरिक तयारि आयोजनाले गरेको खरेलको भनाइ छ । निर्माणस्थलमा बस्न कामदारलाई वसोवासको लागि सरकारले तोकेको मापदण्ड तायरै रहेको छ भने स्वास्थ्य सुरक्षा र सजकतालागि सबै प्रबन्ध मिलाएर निर्माणकार्य थालिने उनले जानकारी दिए । खरेलले भने, “निर्माण स्थिलमा शारीरिक दूरी कायम गरिने छ, भने स्वास्थ्यकर्मी सहितको टोली रहने छन् ।”
धादिङ क्षेत्रको मुआब्जा विवाद र विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९)का कारण निर्माण कम्पनीले तोकीएको कार्यतालिका अनुसार काम सुरु हुन सकेको छैन । काठमाडौं र धादिङ दुवै क्षेत्रमा एकैपटक काम सुरु गर्नु पर्ने भएकाले बढी कामदार ल्याउन लागिएको निर्माण कम्पनीको भनाइ छ । हाल काठमाडौंमा धने जापानी र फिलिपिन्सका करिब ८ कामदार रहेका छन् ।
मुआब्जा विवादको समाधानका लागि सहकारी तथा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट निर्णय गरेर चैत २७ मा मन्त्रिपरिषद् पठाइएको र निर्णयको प्रक्रियामा रहेको खरेलले बताए । यससँगै श्री ५ वायु गुठीको नाममा रहेको जग्गामा स्थानीयले धादिङतर्फको मुआब्जामा गरेको अवरोध हट्ने छ । करिब २६ रोपनी वायु गुठीको नाम रहेको छ भने सरकारले १ सय ९ मध्ये ४४ रोपनी जग्गाको मुआब्जा वितरण गर्नुपर्ने अवस्था छ ।
गत कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.७ किलोमिटर लम्बाइको सुरुङमार्गको शिलान्यास गरेका थिए । ४२ महिनामा निर्माण सम्मपन्न गर्ने लष्य सहित सुरु गरिएको आयोजना नेपाल सरकारको ६ अर्ब र जापान सरकारको १६ अर्ब ऋण सहयोग गरी करिब २२ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो । थानकोटको नागढुंगा देखी धादिङको सिस्ने खोलासम्म जोड्ने सुरुङमार्ग मार्ग २.७ किलोमिटर लम्बाइ रहेको छ ।
नेपालको पहिलो सुरुङमार्गको निर्माण सरकारी प्रक्रियाकै मुआब्जा विवाद, विस्पोटक पदार्थ आयातमा अनुमतिमा सेनाको ढिलाइ, कोभिड–१९ का कारण आयोजना सम्पन्न हुने सम्भावना क्षीण हुँदै गएको छ । अर्कातिर लागत पनि बढ्नसक्ने अनुमान गरिएको छ ।