कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४
3288

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पूर्वीविन्दु यसअघिको पाँचथरको चिवाभञ्याङमा रहेको थियो भने अब भारततर्फबाट चिवभञ्याङ आउने सडक विस्तार नभएका कारण नयाँ विन्दु चिवाभञ्याङ नभई फालोट हुने भएको छ ।
मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु नेपालको पाँचथर र भारतको सिमाना फालोट पुराउने भएको छ । पाँचथरको च्याङथापुदेखि फालोटतर्फ नयाँ ट्रयाक खोल्नका लागि सर्वे गरिएको याङबरक १ का वडाध्यक्ष मोहन ढुंगेलले बताए । सर्वे गरिए पनि विस्तृत विवरण आउन केही समय लाग्ने लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

उच्चपहाडी क्षेत्रमा पर्यटक आवागमनको सम्भावना उच्च हुने भएकाले पनि यो सडक उपयुक्त विकल्प हुने बताइन्छ । पाँच वर्षअघि चिवाभञ्याङमा लोकमार्गको ट्रयाक खुलेको थियो । नेपालबाट सडक विस्तार भए पनि भारततर्फ जंगल भएका कारण सडक विस्तार हुन नसकेको हो । फालोट पनि उच्चपहाडी क्षेत्रमा पर्छ । भारततर्फ सडक निर्माण भएको छ । सिमाना भएर सडक बनाइएको छ । च्याङ्थापुवाट मेमेङ हुदै फालोट सडक लैजानु पर्ने हुन्छ । फालोटमा दार्जिलिङ–मानेभञ्याङ–सन्दकपुर हुँदै सडक पुग्छ । सन्दकपुरदेखि २१ किमि टाढा फालोट पर्छ । चालू आवमा नै ठेक्का लगाउने तयारी भएको लोकमार्ग आयोजना कार्यालयले जानकारी दिएको छ ।
पहाडै–पहाड पूर्व–पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको रुट परिवर्तन गरेर नेपाल–भारतको सिमाना फालोट पु¥याउन लागिएको हो । पुरानो संरचना बद्लन लागिएको छ । पाँचथरको चिवाभञ्याङदेखि बैतडीको झुलाघाट यसअघि लोकमार्गको सडक संरचना रहेको थियो । भारतर्फ सडक तथा बस्ती नभएको भन्दै याङवरक गाउँपालिकाबाट घुमाएर फालोट लगिन लागेको हो ।

-दिपक बोहोरा