दिपक बोहरा
आइतवार, फाल्गुन ११, २०७६
487

पाँचथरको सुख्खा क्षेत्रको कुम्मायक गाँउपालीको यासोक क्षेत्रमा लिफ्टीङ प्रकृयाबाट तमोर नदीबाट खानेपानी बिस्तार गर्ने उद्देश्य सहित ४ वर्ष अघिबाट सुरु भएको तमोर लिफ्ट खानेपानी अयोजनाको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघान गरेका छन् । सम्पूर्ण निर्माण कार्य पुरा नगरि ९८ प्रतिशत काम पुरा भए पछि सो आयोजनाको उद्धघाटन गरिएको हो । आइतबार प्रधानमन्त्री ओली यासोक बजारमा एक धाराबाट पानी खोली आयोजनाको उघाटन गरेका हुन ।
आयोजना उद्धघान गर्दै प्रधानमन्त्री ओलीले अब देश समृद्धिको बाटोमा हिडिसकेको बताए । यो सरकारको मुख्य काम नारानै ‘समृद्ध नेपाल सुखि नेपाली ’ रहेकाले यो देश अब समृद्धिको बाटोमा लम्की सकेको बताए ।

पाँचथरको सुख्खा क्षेत्रको रुपमा रहेको यासोक,स्याबरुम्बामा खानेपानीको चरम अभाव रहदै आएको छ । सुख्खा क्षेत्रमा खानेपानी बिस्तार गर्न सुरु भए देखिनै त्यस क्षेत्रका बासीन्दाहरु खानेपानी पर्खदै आएका थिए । खानेपानीको मुहान समेत नरहेको त्यस क्षेत्रमा अहिले पनि खानेपानीकोलागी घण्टौ टाढा सम्मको बाटो सम्म खानेपानीको लागी धाउनु पर्ने बाध्यता रहदै आएको स्थानियहरु बताउछन् ।
आयोजना निर्माणपूर्व यहाँका तीन हजार ४३ घरमा खानेपानी पु-याउने लक्ष्यका साथ काम भए पनि हालसम्म यहाँका दुई हजार २०० घरमा खानेपानी जडान भइसकेको छ । यही फागुन महिनाभित्र सबै घरपरिवारका खानेपानी पु-याउने लक्ष्य राखिएको उपभोक्ता समितिका अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले जानकारी दिए ।
कुम्मायम गााउपालीकाका १,३,४ र ५ का १३८४० जनसङख्या लाभाम्वीत हुने यस आयोजनाका उपभोक्ता समितिका अध्यक्ष तथा पूर्व मन्त्री डम्बरसिं सम्हाम्फेले बताए । तमोर लिफ्ट खानेपानी अयोजनाको यस अघि कामलाइ प्रसारण पाइप लाइन र बितरण पाइप लाइन गरी दुईवटा शिर्षकमा ठेक्का लागाइ निर्माण गरिएको थियो । लिफ्टीङबाट ३०४३ घरघुरीलाइ प्रतिसेकेन्ट २०.३८ लीटर पानी आउने आयोजना निर्माण पक्षले बताएकाछन् । १९३ किलोमिटर बितरण पाइप लाइन बाट पानि बितरण हुन्छ । प्रसारणलाइमा जिआई ,एचडी पाइप जडान गरि पानी बितरण गरिएको छ । लिफ्टीङ प्रकृयाबाट तमोर नदीबाट खानेपानी बिस्तार गर्नको लागी केन्द्रीय प्रशारणबाट बिद्युतीकरण गरिएको छ । लिफ्टीङ प्रकृयाको लागी दैनिक चार सय पचास किलोवाट बिद्युत आवश्यक पर्ने आयोजना निर्माण पक्षले बताएका छन् । यसकोलागी कुम्मायक गाँउपालीको केन्द्र यासोक बजार देखि दोभान सम्म ८ दशमलब ८ किलोमिटरको ११ केबि बिद्युत प्रशारण लाइन निर्माण गरिएको छ ।
कुम्मायक गााउँपालीकाका १,३,४ र ५ का १३८४० जनसङख्या लाभाम्वीत हुने यस आयोजननाको कुललागत ५१ करोड ३० लाख २० हजार ५ सय ६८ रहेको छ । कुम्मायक–५ स्यावरुम्बाको लुमुघाटबाट तमोर नदीको पानी एक हजार ४३४ मिटर उचाइमा रहेको यासोक बजारसम्म पु-याई खानेपानी वितरण शुरु गरिएको छ । विद्युतीय पम्पिङ प्रविधिको प्रयोग गरी लुमुघाटबाट सात स्थानमा रहेका पम्पिङ स्टेशन (ट्याङ्की)को सहायताले डाँडासम्म पानी पु-याइएको हो ।
प्रतिसेकेन्ड २०.३ लिटर पानी झार्ने आयोजनाको लक्ष्य छ । आयोजनाको प्रसारण लाइनतर्फ मुहानमा एउटा ट्याङ्की एक, पम्पिङ स्टेशन सात, खोल्सा क्रसिङ र कार्यालय भवन एकएक, पानी ट्याङ्की ११ र चौकीदार घर १० निर्माण गरिएको आयोजनाको निर्माण पक्षले जानकारी दिए । प्रसारण लाइनतर्फका संरचना गत वर्ष नै निर्माण भइसकेका थिए । तमोर नदीबाट डाँडासम्म पानी ल्याउने प्रसारण लाइन १७.४ किलोमिटर तथा वितरण पाइपलाइन १९२.५१ किलोमिटर रहेको छ । वितरण लाइनतर्फ अग्नि नियन्त्रक १५, खोल्सा क्रसिङ ३४ र भल्भ च्याम्बर ११५ छन् ।
तमोर लिफ्ट खानेपानी अयोजनाको निर्माण कार्य सम्पन्न भए पछि पाँचथरका सुख्खा क्षेत्रको रुपमा रहेको यासोक , स्याबरुम्बाका बासीन्दाहरुलाइ घण्टौ सम्मको लामो दुरीमा रहेको मुहानहरुबाट पानी डोकोमा बोक्नु पर्ने समस्याहल हुनेछ । त्यस क्षेत्रबाट वषेर्नी बढ्दै गरेको बसाइ सराइ पनि केहि हद सम्ममा नियन्त्रण हुने अपेक्ष स्थानियहरुको रहेको छ ।