कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६
277

नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारको प्रयास स्वरु पनुवाकोट जिल्लाका स्थानीय सरकारका २१ निर्वाचित प्रतिनिधिहरुका लागि युनोप्सले भारतमा २०७६ माघ २७ देखि फाल्गुण २ गते सम्मपरिचयात्मक भ्रमणको आयोजना गरेको छ । दुई नगरपालिकाका मेयर, उपमेयर, आठ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल पत्रकार महासंघका एक अधिकारी भ्रमणमा सहभागी भएका छन् ।
भारत भ्रमणका क्रममा प्रतिनिधिहरुले रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थानमा रहेका विभिन्न स्थानको अवलोकन गर्ने छन् । दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागीतामूलक प्रक्रिया बुझ्न यी प्रतिनिधिहरुले क्यूअर नामक संस्थाको भ्रमण गर्नेछन् । इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजमा प्रतिनिधिहरुले भूकम्प पश्चातको संरक्षण तथा पुर्नस्थापना कार्यबारे जानकारी लिनुका साथै हेरिटेज एकेडेमीको पनि भ्रमण गर्नेछन् ।

नुवाकोट जिल्लामा २३ हजार ८८ घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारले अघि सारेको स्वनिर्माणको अवधारणलाई मूर्त रुप दिन युनोप्सले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।
विपद् व्यवस्थापन, पुर्नस्थापना तथा भूकम्प प्रतिरोध सम्बन्धी समुदायमाजनचेतना बढाउँदै भूकम्पउत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्घि गर्न सहयोग गर्ने दूतावासले जनाएको छ ।