कारोबार संवाददाता
मंगलबार, पुष १, २०७६
390

पल्सर डेयर भेन्चरका राइडर्सले डिसेम्बर ८, २०१९ मा नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरमा १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र पाराफेट सफा गरेका हुन् ।
पल्सर डेयर भेन्चर नेपालको सबभन्दा लोकप्रिय, साहसिक र पहिलो बाइकिङ्ग रियालीटी सो हो र यसको सफलतापूर्वक ३ वटा सिजन सकिसकेको छ पल्सर डेयर भेन्चर एक साहसिक बाइक रियालिटी सो मात्र नभएर यसले राइडरहरुलाई एउटा नम्र र सम्मानित नागरीक बन्नका लागि कौशल र अनुशासन विकास गर्न सहयोग गर्दछ । र, यो सरसफाईको प्रयास जहाँ कहि जुनसुकै बेला कायम गर्नु पर्ने अनुशासन कौशल मध्यको एउटा पाटो हो ।