कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
491

विश्व बैंकका प्रतिनिधिहरुले १०६० मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि थप लगानी जुटाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनसँग भेट गर्न सोमबार सिंहदरबार पुगेका विश्व बैंकका प्रतिनिधिमण्डलले यस्तो प्रतिवद्धता जनाएको हो । नेपालको ऊर्जा क्षेत्रको पछिल्लो अवस्थाबारे चासो व्यक्त ऊर्जामन्त्री पुनले माथिल्लो अरुणलगायत नेपालको ऊर्जा क्षेत्रमा विश्व बैंकले गरिरहेको सहयोगको प्रशंसा गर्दै लगानी विस्तार गर्न पनि आग्रह गरे । भेटमा विश्व बैंकको ऋण सहयोगमा निर्माणाधीन ३७ मेगावाटको काबेली जलविद्युत् आयोजना सन्तोषजनक ढंगले काम अगाडि नबढेकोमा भने उनीहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, अर्थ मन्त्रालय र विश्व बैंकका प्रतिनिधिको संयुक्त बैठक बसेर यसलाई ठोस निष्कर्षमा पु¥याउनुपर्ने बताए ।