दीपेन्द्र थापा
आइतवार, आश्विन ५, २०७६
322

दसैं,तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि सावर्जनिक यातायातको टिकट बुकिङ आइतबारबाट खुलेको छ । गत हप्ता यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज ५ देखि बसकोअग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेअनुसार आइतबारबाट बुकिङ खुलेको हो ।
विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले दसैंमा यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पु¥याउन अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।आइतबारबाट दसैं,तिहारजस्ता चाडपर्वका लागि काठमाडौंबाट बाहिरिने यात्रुको लागि टिकट बुकिङ खुलेको विभागमा महानिर्देशक गोगनकुमार हमालले बताए । उनले भने,“यात्रुले सहजरूपमा यात्रा गर्नको लागि टिकट बिक्रीमा कुनै खालको भन्झट कठिनाइ हुने छैन,विभाग र प्रहरीको सहकार्यमा टिमनै बनाएर अनुगमन तीव्र बनाएका छौं।”यात्रुको सहजीकरणको लागि विभागबाट अनुगमन टोली र सादा पोशाकका प्रहरी खटाइएको विभागको भनाइ छ ।

विभागले टिकट खरिद गर्दा पोसाक, परिचयपत्रवाहक काउन्टरमा रहेका यातायात कर्मचारीबाट मात्र खरिद गर्न आग्रह गरेको छ । यात्रुलाई सहजरूपमा गन्तव्यसम्म जानका लागि राजधानीको विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष केही दिनमानै स्थापनागरिने महानिर्देशक हमालले बताए । यात्रुलाई टिकटिङ र यात्रा सहज गराउनको लागि नागरिक सहायता कक्ष स्थापना गर्न लागिएको हो । टिकटमा हुने कालोबजारी रोक्न विभागका महानिर्देशकहमालको संयोजकत्वमा केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समितिसमेत गठन अनुगमन टोली खटाएको छ । दसैँमा कुनै यात्रु नठगिन दिन अनुगमन समिति गठन गरेको हो ।
दसैंमा यात्रुलाई सेवा प्रवाह गर्न यातायात व्यवसायी तयार रहेको र सोहीअनुसार परिचालन भइसकेको राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर सुवालले बताए । “सरकारले तोकेको भाडादरमा हामी आइतबारबाट टिकट अग्रिम बुकिङ खोलेका छौं,”सुवालले भने,“कोही कसैले बढी भाडा लिएको खण्डमा प्रहरी सहायता कक्षमा उजुरी गर्न आग्रह गरौं,यदि लिएको पाइएमा तुरुन्त कारबाही गर्नेछौं।”
यात्रामा सिटभन्दा बढी यात्रुसहित सवारीधनीलाई समेत कारबाही गर्ने विभाग र व्यवसायीले जनाएका छन् । सामान्य दिनमा काठमाडौंको गोंगबु बसपार्कबाट दैनिक ४ सय सवारीसाधनबाहिरिने भए पनि दसैंको समयमा अन्य समयको भन्दा दोब्बरभन्दा बढी बस बाहिरिने गरेको सुवालको भनाइ छ । “यदि यात्रुलाई सो सवारीपनि अपुग भएको खण्डमा थप सवारीसधान सञ्चालन गर्नेछौं,” उनले भने, “मागअनुसार आपूर्ति गर्ने महासंघको योजना रहेको छ।”
यात्रुले गौशाला,गोंगबु,सुन्धारा,कोटेश्वर,कलंकीलगायतका तोकिएको स्थानबाट टिकट खरिद गर्नसक्ने विभागको भनाइ छ ।

सवारी परीक्षण सुरु
सडक दुर्घटना कम गर्नको लागि सवारीको यान्त्रिक परीक्षण सुरु गरिएको छ । बढ्दो सावरी दुर्घटना कम गर्नको लागि सवारी गन्तव्यमा छुट्नुभन्दा पहिले यान्त्रिक परीक्षणसुरु गरिएको हो । यातायात व्यावस्था विभाग,ट्राफिक प्रहरी,यातायात व्यावसायी महासंघको सहकार्य र सिप्रदी ट्रेडिङको प्राविधिक सहयोगमा यस्तोपरीक्षण सुरु गरिएको सुवालको भनाइ छ ।
विगतमा जस्तैसवारी दुर्घटना नहोस् भनेर न्यूनीकरण गर्ने लक्ष्यका साथ यो परीक्षण कार्य सुरु गरेको हो महानिर्देशक हमालले बताए । लामो रुटमा चल्ने सवारीको प्राविधिक टोलीले परीक्षण गरेरमात्र गन्तव्यमा जान स्वीकृति दिने छ । प्राविधिक टालीले सवारीको इन्जिनको अवस्थासवारीको कन्डिसनलगायतको परीक्षणगर्नेछ । ‘सुरक्षित यात्रा हाम्रो अभियान’अन्तर्गत सवारीपरीक्षण कार्यक्रमको शुभारम्व शनिबार गरिएको सुवालको भनाइ छ । अव गोंगबु बस पार्कबाट छुट्ने बसको यान्त्रिक चेक गरिने भएको हो ।यसको लागि सबै सवारीमा सन्देशमूलक अडियो भिडियो वितरण गर्ने र यात्रुलाई जनचेतना प्रदान गर्ने कार्यकम रहेको महासंघको भनाइ छ ।