सागर परियार
बिहिवार, आश्विन २, २०७६
301

जुम्ला-सडक बिस्तारसँगै कर्णाली राजमार्ग आसपास पर्ने बस्तीहरुमा बजारीकरण हुँदै गएको छ । २०६२ सालदेखि कर्णाली राजमार्गमा यातायातका साधन चल्न थालेका हुन् । एक दशक पहिला सुनसान हुने कर्णाली राजमार्ग आसपासका बस्ती र बजारहरुमा स्थानीय सरकार आएसँगै चहल पहल बढेको छ ।
खासगरी जुम्लाको तिला गाउँपालिका २ रारालिही बजार, कुडारी बजार, तातोपानी ३ तिलाकोट, जर्मीलगायतका क्षेत्रमा पछिल्लो समय बजार बिस्तार हुँदै गएको छ । होटल व्यवसाय, डिलर, खुद्रा पसल, पोल्टी फर्म, फ्रेश हाउस, लगायतका तीन दर्जन भन्दा बढी पसल बिस्तार भइसकेका छन् ।

बिहान बेलुका बजारमा बढी चहलपलह हुन थालेपछि सडकबत्ती जडान गर्न थालिएको छ । व्यवसायीहरुको माग अनुसार सडक बत्ती जडान गरिएको ३ नम्बर वडाध्यक्ष डिल्ली रावलले बताए ।
‘ग्रामिण क्षेत्रमा दिउँसो घरायसी कामकाज हुन्छ, विशेषगरी साँझ बिहान व्यापार हुन्छ ।’ उनले भने, ‘अध्यारोका कारण स्थानीयलाई आवतजावतमा समस्या नहोस् भनेर बत्ती जडान गरेका छौं ।
सडक बत्ती जडान भएसँगै ग्रामिण क्षेत्रका बजारहरुमा साँझपख पनि चहलपहल बढेको स्थानीय व्यवसायी राजु डाँगीले बताए । उनले भने, ‘पहिला निकै अध्यारो हुन्थ्यो, अत्याआवश्यक सामान हुँदा पनि ग्राहक आउने चाहना गर्दैथ थिए । तर बत्ती बलेसँगै रातको समयमा पनि व्यापार हुन थालेको छ ।’
तातोपानी गाउँपालिकाको केन्द्र, प्रहरी अस्थायी विट, जनता बैंकको शाखा र बजारीकरण बढ्दो अवस्थामा भएकोले वडापालिकाको सहयोगमा डिजिलट सडक बत्तीको योजना ल्याएको ३ नम्बर वडाध्यक्ष रावलले बताए ।

७ लाख लागतमा सडक बत्ती
तातोपानी गाउँपालिकाको केन्द्र रहेको ३ नम्बर वडा लिताकोटमा बजारीकरण बढ्दै गएको छ । बैंकको शाखादेखि पसल खुल्ने क्रम बढेपछि सुरक्षा चुनौती उत्तिकै बढेको थियो ।
तर वडा कार्यालयको प्राथामिकतामा सडक बत्ती जडान भपछि स्थानीयलाई सहज भएाको छ । पश्चिम दुनिसेरा र पूर्व गाउँपालिका केन्द्रसम्म पर्ने करिब पाँचसय मिटर दुरीमा सडक बत्ती जडान भएका छन् ।


सातामा धेरै पढिएको