कारोबार संवाददाता
बुधवार, भदौ ४, २०७६
257

सीमा सुरक्षा, कनेक्टीभिटी र उर्जालगायत पाँचवटा एजेण्डा 

नेपाल–भारत संयुक्त आयोगको बैठक काठमाडौंमा बुधबार सुरु हुने भएको छ उक्त बैठकमा भाग लिन भारतीय विदेश मन्त्री एस. जयशंकर बुधबार बिहान काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकमा पाँचवटा एजेण्डा माथि छलफल हुने बताए । दुई देशबीचको संयुक्त आयोगको बैठकमा पाँचवटा एजेण्डा माथि छलफल हुने उनले जानकारी दिँदै शान्ति, सुरक्षा र सीमा, कनेक्टीभिटी र सहयोग, व्यापार र पारवहन, उर्जा र जलस्रोत र कला, संस्कृति र शिक्षा सम्बन्धी बिषयमा छलफल हुने पनि बताए ।बैठक यही भदौ ४ र ५ गते काठमाडौंमा हुदै छ ।
बैठकमा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ । इपिजीले प्रतिवेदन तयार पारेको एक वर्ष बितिसक्दा पनि भारतले यसलाई बुझ्न मानिरहेको छैन । प्रतिवेदनका सुझाव अनुसार दुई देशले विगतमा भएका सन्धी सन्झौताको पुनरावलोकन गर्ने छन् । बैठकमा नेपालबाट परराष्ट्र, रक्षा, उर्जा मन्त्रालय लगायत अन्य सरोकारवाल मन्त्रालयका प्रतिनिधि सहित ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुदै छन् । यस्तै, बैठकमा भारत तर्फको नेतृत्व भारतीय विदेशमन्त्री एस. जयशंकरले गर्ने जनाइएको छ ।