कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६
200

एक महिनाअघि आएको बाढीबाट क्षति भएका ठूला प्रकृतिका सिँचाइ आयोजनाको मर्मत तथा पुनर्निर्माणका लागि २ अर्ब ११ करोड २२ लाख रूपैयाँ लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दिएको जानकारीअनुसार तत्कालीन मर्मत तथा निर्माणका लागि ३८ करोड २२ लाख तथा क्षतिग्रस्त आयोजनाको दीर्घकालीन कार्यका लागि २ अर्ब ११ करोड २२ लाख लाग्ने देखिएको हो । “बाढीबाट सिँचाइमा भएको क्षतिको विवरण तत्कालीन मर्मतका लागि ३८ करोड र दीर्घकालीन रूपमा सिँचाइका लागि २ अर्ब ११ करोड लाग्ने देखिएको छ,” बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मर्मत तथा पुनर्निर्माणका लागि मन्त्रालयले प्रकृया अघि बढाइसकेको छ ।”
मन्त्रालयका अनुसार तत्कालीन आवश्यक रकमका लागि मन्त्रिस्तरीय निर्णय भई गत १७ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनुरोध गरी पठाइएको र सो को जानकारी गृह मन्त्रालय र अर्थ मन्त्रालयको बजेट मशाशाखामा जानकारी गराइएको छ । चालू आर्थिक वर्षको बजेट विनियोजनबाट पनि १० करोड २ लाखको अतिरिक्त नदी नियन्त्रण केन्द्रमा रहेको १० करोडमध्ये ५ करोड आवश्यकताअनुसार विभिन्न नदीका लागि गरिएको बाँडफाँडबाट १७ साउनमा मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत गराई सो बमोजिम संशोधन गरी कार्यक्रम कार्यान्वयनका लागि लागि प्रकृया अघि बढाइएको छ । त्यसैगरी क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि आवश्यक पर्ने ३८ करोड २६ लाख व्यवस्थापनका लागि २७ साउनमा मन्त्रिस्तरीय निर्णय गरी अर्थ मन्त्रालयमा पठाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

गत असार २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाका कारण तराईका रतुवा, मावा, कमल, कन्काई, बागमती, लालवकैया, कमला, कर्णाली, बबईलगायतका नदीमा आएको बाढीका कारण ठूला प्रकृतिका सिँचाइ आयोजनाको हेडवक्र्स, मूलनहर लगायतका विभिन्न संरचनामा क्षति पुगेको थियो । हालसम्म मन्त्रालयले बागमती नदीबाट विभिन्न स्थानमा भएका कटान डुबान नियन्त्रणका लागि बागमती तथा लालवकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट तत्काल ४० हजार बोरा तथा २५० थान नाइलन जाली क्षतिग्रस्त स्थानमा उपलब्ध गराउने काम भइसकेको तथा लालवकैया नदीबाट विभिन्न स्थानमा भएका कटान डुबान नियन्त्रणका लागि बाग्मती तथा लालवकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट १ लाख ६२ हजार थान बोरा तथा ७५५ नान नाइनल जाली क्षतिग्रस्त स्थानहरूमा उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।
कारोबार संवाददाता
काठमाडौं, ३० साउन