कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
317

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । युनेस्कोको आयोजनामा अमेरिकाको न्यूयोर्कमा आयोजित दिगो विकास लक्ष्य–४ सम्बन्धी हाई लेभल पोल्टिकल फोरमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपालले आधारभूत शिक्षामा लैंगिक समानता हासिल गरिसकेको र माध्यमिक शिक्षामा पनि लैंगिक समानता हासिल हुने अवस्थामा पुग्न लागेको विश्व समुदायलाई जानकारी दिए ।
“शिक्षामा लैंगिक समता, समानता र समावेशीता सुनिश्चित गर्न सरकारले कानुनी र कार्यव्रmमिक उपाय अवलम्बन गरिरहेको छ,” मन्त्री पोखरेलले भने, “नेपालको संविधान जारी भई मुलुक संघीय संरचनामा रूपान्तरण भएसँगै तीनै तहका सरकार शिक्षाको विकासमा जिम्मेवारीबोधसहित अग्रसर भएकाले दिगो विकास लक्ष्यअन्तर्गत चौथो लक्ष्य हासिल गर्न सहज हुने विश्वास लिएको छु ।” उनले नेपालको संविधानले नै अनिवार्य तथा नि:शुल्क आधारभूत शिक्षा र नि:शुल्क माध्यमिक शिक्षाको सुनिश्चितता गरेको जानकारी दिए ।

उनले सवै बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेकाले अधिकारमा आधारित अवधारणा अंगीकार गरी विभिन्न रणनीति तथा कार्यक्रम अघि बढाइएको प्रष्ट पारे ।
कार्यक्रममा दिगो विकास लक्ष्यको चौथो लक्ष्यअन्तर्गतको पाँचौं गन्तव्य : (शिक्षामा समानता तथा समावेशिता) सम्बन्धमा युनेस्कोको संयोजनमा नोराड, विश्व बैंकलगायतका संस्थाले गरेको अध्ययनका निष्कर्ष प्रस्तुत गरिएको थियो ।