कारोबार संवाददाता
मंगलबार, असार ३१, २०७६
361

सिप्रदी ट्रेडिङ्ग प्रालि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक लुब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको उक्त कार्यक्रममा सिप्रदीले अधिराज्यभर रहेका आफ्नो अधिकारीक डिलरहरुलाई आमन्त्रित गरेको थियो ।
सो कार्यक्रममा पाहुनाहरुलाई कम्पनीको तर्फबाट सिप्रदी कम्पनीका कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले स्वागत गर्नुका साथै कम्पनीको आगामी योजनाको बारेमा सहभागीहरुलाई प्रष्ट पारेका थिए । उक्त कार्यक्रममा नेपालका लागि भारत पेट्रोलियमका प्रबन्धक मुकुन्द धमलाले नेपालको मार्केटप्रति भारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदी र सिप्रदीको डिलर्सहरुबाट आशा पनि धेरै रहेको कुरामा जोड दिए । साथै सिप्रदीका उपजनरल म्यानेजर रोशनकुमार श्रेष्ठले कम्पनीको हाल अपनाई रहेको रणनीति तथा आगामी कार्ययोजनाको बारेमा स्पष्ट पारेका थिए ।
कार्यक्रममा नेपालभरका सिप्रदीसँग आबद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न दश विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिदैँ आगन्तुक पाहुनालाई धन्यवाद मन्तव्य दिँदै कम्पनीले अपनाउने आगामी रणनीतिमा प्रतिबद्धता व्यक्त गरेका थिए । सिप्रदी, भारत पेट्रोलियमको लुब्रिकेन्ट्सको लागि विगत १७ वर्षदेखि नेपालको एकमात्र आधिकारिक वितरक हो ।