कारोबार संवाददाता
सोमवार, असार ९, २०७६
233

जलचर एवं जलीय जैविक विविधता संरक्षणका लागि विधेयकको मस्यौदा तयार भएको छ । नेपाल पानी परियोजनाले जलचर एवं जलीय जैविक विविधता संरक्षणसम्बन्धी विधेयकमा परामर्श गरी मस्यौदा तयार गरेको हो ।
मस्यौदामा ठुलीगाड क्षेत्रमा पर्ने गाउ“पालिकाभित्रका समुदाय र जनप्रतिनिधिको राय सुझावलाई समेटेर तयार पारिएको जनाइएको छ । जोरायल, वडीकेदार, बोगटान, चुरे र मोहन्याल गाउ“पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाका जनप्रतिनिधि, सरोकारवाला संघ÷संस्थाका प्रतिनिधि, समुदायलगायतको राय सल्लाहलाई आधार बनाएर मस्यौदा तयार पारिएको हो । यसलाई सम्बन्धित गाउ“पालिकाको कार्यपालिकाको बैठकबाट छलफल गरी कानुनका रूपमा पारित गरिने छ ।

“मस्यौदा तयार भएको छ,” चुरे गाउ“पालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरले भने, ‘कार्यपालिकाको बैठकमा यसलाई छलफलमा लगेर पास गरिने छ ।” चारवटा गाउ“पालिकाका सरोकारवालाको उपस्थितिमा तयार पारिएको मस्यौदामा जलचर एवं जलीय जैविक विविधता संरक्षणको परिभाषा, दण्ड जरिवाना, उत्खनन गर्न पाउनेलगायतका विषय समेटिएका छन् ।
मस्यौदामा नदीमा विषादी, विद्युतीय उपकरणको प्रयोग गरी माछा मार्ने, आधुनिक प्रविधिको प्रयोग गरी माछा मार्नेलगायतका कुरा बन्देज गरिने व्यवस्था छ । यस्तै, माछाले फुल पार्ने समयमा बल्छीको प्रयोग गरी माछा मार्न नपाइने पनि उल्लेख छ । विशेषतः माछाले फुल पार्ने मौसम जेठ, असार र साउन महिना रहेको पनि जनाइएको छ । “माछाले फुल पार्ने मौसममा बल्छीको प्रयोग गरी माछा मार्दा माछाको संख्या नै घट्न जान्छ,” पानी क्षेत्रमा काम गरिरहेका विशेषज्ञले भने ।
मस्यौदामा उत्खजनका विषयमा गाउ“पालिकाले वातावरणीय प्रभाव मूल्यांकन गरेपछिमात्र पाइने उल्लेख गरिए पनि अव्यवस्थित बसोबास तथा जथाभावी भौतिक संरचना निर्माणलाई समेट्न सकेको छैन ।
अहिले ठुलीगाड लगायत कर्णाली नदीमा माछा मार्न विषादी, विद्युतीय उपकरण लगायतका प्रयोग गरिएका छन् । अव्यवस्थित मानवीय बस्ती विकास, जथाभावी भौतिक संरचना निर्माण गर्नु, उत्खनन लगायतका कारण नदीको स्वरुप बिग्रँदै गएको प्रति स्थानीय जनप्रतिनिधिले चिन्ता व्यक्त गरेका थिए ।
एक अध्ययनअनुसार महाकालीमा सात, कर्णालीमा ६२ जलाधार क्षेत्र छ । कर्णाली नदी विश्वमै पा“चौ सुन्दर स्थानमा पर्ने अध्ययनले देखाएको छ । सो अध्ययनअनुसार नेपालमा दुई सय ३२ प्रजातिका जलीय जैविक रहेकोमा कर्णालीमा २७ प्रकारका जलीय जैविक रहेको पाइएको छ ।