कारोबार संवाददाता
बुधवार, जेठ ८, २०७६
279

भूकम्पबाट क्षतिग्रस्त रसुवाको नौकुण्ड गाउँपालिका–६ स्थित घोर्मु प्राथमिक विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।
भूकम्पबाट विद्यालय क्षतिग्रस्त भएपछि अस्थायी सिकाई केन्द्रमा पठनपाठन गर्दै आएको विद्यालयको पुनर्निर्माण सकिएको हो । हाई हिमालय ट्रेकिङ प्रालिले विद्यालयको आठ कोठे भवन निर्माण गरेको थियो । पुनर्निर्माण गरिएको विद्यालयको प्रतिनिधिसभा सदस्य मोहन आचार्यले उद्घाटन गरे ।
एक करोड रुपैयाँको लागतमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु पौडेलले जानकारी दिए । ६९ विद्यार्थी अध्ययनरत विद्यालयको भवन निर्माणसँगै पठनपाठन सहज भएको छ ।