कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६
493

दक्षिणकाली नगरपालिकाको समन्वयमा सडक डिभिजन कार्यालय काठमाडौं मार्फत दक्षिणकाली नगरपालिका र ललितपुर महानगरपालिका जोड्ने पक्की पुलको शिलान्यास भएको छ ।
शिलन्यासको क्रममा बोल्दै दक्षिणकाली नगरपालिका नगर प्रमुख मोहन वस्नेतले पुल निर्माणले महानगर र नगरको आर्थिक उन्नतीमा ठूलो फड्को मार्ने बताए । दक्षिणकाली नगरपालिका वडा नं २ नौखण्डि र ललितपुर महानगरपालिका वडा नं २२ फर्सिडोल जोड्ने ९५ मिटर लम्वाई र ११ मिटर चौडाईको पक्कि पुल १९ करोड १३ लाख ४८ हजारको लागतमा निर्माणकार्य सम्पन्न गरिने मेयर वस्नेतले बताए ।
२०७५ चैत्र १९ गते सम्र्झौता गरिएको उक्त योजना २०७७ चैत्र १९ गते सम्पन्न गरिने सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर सुदर्शन कार्कीले बताए । पक्की पुल निर्माणले पर्यटन प्रर्वद्धनलगायत छोटो समयमा नै उत्पादित सामाग्रीले बजार पाउँने हुँदा नगरवासी निक्कै हार्षित रहेको वडा २ का अध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए ।