कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
212

सप्तरीको कञ्चनरूप नगरपालिका–२ बरमझियामा पुरनी पोखरीमा छटी घाटको शिलान्यास गरिएको छ । छटीघाट निर्माणका लागि सांसद साझेदारी कार्यक्रमबाट १५ लाख रुपैयाँ निकासा भइ छटीघाट निर्माण गर्न लागिएको सांसद सरिता गिरी यादवले बताइन् ।
आफू जहिले पनि विकासको पक्षमा रहेको हुँदा विकास निर्माणको कार्य पारदर्शी ढङ्गबाट छिटो छरितो तरिकाले सम्पन्न गर्ने प्रयासमा रहेको उनले बताइन् । १०७ वर्षीय ज्येष्ठ नागरिक फुलो झाले छटीघाटको शिलान्यास गरे ।