कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६
336

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कडा कदम चालेरै भए पनि मेलम्चीको पानी काठमाडौं ल्याई छाड्ने बताएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेरै भए पनि मेलम्ची ल्याई छाड्ने बताएका हुन् । उनले केही व्यक्ति नै मेलम्ची आउन नदिन लागिपरेको बताउँदै नेकपा नेतृत्वकै सरकारको पालामा मेलम्चीको पानी काठमाडौं आउने स्पष्ट पारेका छन् । उनले अब कसैले चाहेर पनि मेलम्ची आयोजनाको काम नरोकिने बताए । “म र प्रधानमन्त्री दुवैले हस्तक्षेप गरेरै भए पनि मेलम्ची ल्याउन दृढ छौं,” उनले भने, “‘मेलम्ची नआओस् भनेर केही मान्छे लागेका छन् तर विगतका अनुभव हेर्दा बलियो हात नचलाई, कठोर कदम नचलाई मेलम्चीको पानी आउन गाह्रो छ ।”
सुन्दरीजलको पूर्वाधार पनि अन्तिम चरणमा रहेको उनले बताए । “मेलम्ची हाम्रै मान्छेहरूले रोकेका हुन्,” उनले भने । अध्यक्ष प्रचण्डले मेलम्चीलाई लामो समयदेखि लाग्ने गरेको रोगजस्तै भएको टिप्पणी गरेका छन् ।