कारोबार संवाददाता
आइतवार, बैशाख २९, २०७६
333

यूएन ग्लोब रोड सेफ्टी वीक २०१९ को अवसर पारेर आोजना गरिएको अटोमोटिभ इन्जिनियरिङसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन शनिबार सकिएको छ । इन्स्टिच्यूट अ।फु अटोमोटिभ इन्जिनिर्यस नेपाल, काठमाडांै विद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहआयोजनामा सुरु भएको सम्मेलन धुलिखेलमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सांसद डा. डिला संग्रौलाले सडक सुरक्षाबाट दुर्घटनामा कमी ल्याउनका लागि जनचेतना जागृत गर्नुपर्ने बताइन् ।
सम्मेलनको दोस्रो दिन एसएई इन्डियाका कोषाध्यक्ष कमलकिशोर छगनलाल भोराले सेफ, स्मार्ट एन्ड सुस्टेनेबल मोबिलिटी शीर्षकमा, नासाका महासचिव गोविन्द भट्टराईले पाँचौ यूएन ग्लोबल सेफ्टी विकबारे, इन्जिनियर प्रेम लामाले वर्कशप व्यवस्थापन बारे, नेपाल अटोमेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर न्यौपानेले अटोल्याण्ड र नेपाल मोटरसाइकल फेडेरेसनका सचिव सन्तोष न्यौपानेले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।