भगवान खनाल
आइतवार, बैशाख २९, २०७६
764

बहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षसम्म मुलुक पूर्वाधार विकासमा पछि परेको सरोकारवालाहरूले बताएका छन् । देश विकासको लागि पूर्वाधार विकास अपरिहार्य र अनिवार्य सर्त भएपनि बितेको ३० वर्षमा यस क्षेत्रको लगानीमा भने पछिपरेको ठहर केही पूर्वप्रशासक र विज्ञहरू गरेका हुन् । उनीहरूले सामाजिक परिसूचकहरू(शिक्षा, स्वास्थ्यलगायत) को तुलनामा आर्थिक र पूर्वाधारका सूचकमा भने पछाडि परेको बताए । बजेटको आकार बर्सेनि बढ्दै गएपनि तीन दशकमा विकासका क्षेत्रमा युगान्तकारी परिवर्तन हुन नसकेको उनीहरूले बताए । तिनले विदेशबाट प्रविधिको हस्तान्तरण हुन नसक्दा पनि पूर्वाधार विकास अपेक्षित हुन नसकेको तर्क गरे । बहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षसम्म मुलुक पूर्वाधार विकासमा पछि परेको सरोकारवालाहरूले बताएका छन् । देश विकासको लागि पूर्वाधार विकास अपरिहार्य र अनिवार्य सर्त भएपनि बितेको ३० वर्षमा यस क्षेत्रको लगानीमा भने पछिपरेको ठहर केही पूर्वप्रशासक र विज्ञहरू गरेका हुन् । उनीहरूले सामाजिक परिसूचकहरू(शिक्षा, स्वास्थ्यलगायत) को तुलनामा आर्थिक र पूर्वाधारका सूचकमा भने पछाडि परेको बताए । बजेटको आकार बर्सेनि बढ्दै गएपनि तीन दशकमा विकासका क्षेत्रमा युगान्तकारी परिवर्तन हुन नसकेको उनीहरूले बताए । तिनले विदेशबाट प्रविधिको हस्तान्तरण हुन नसक्दा पनि पूर्वाधार विकास अपेक्षित हुन नसकेको तर्क गरे । पूर्वप्रशासक तथा सेवा निवृत्तपछि राजनीतिमा होमिएका किशोर थापा तीन दशकयता सामाजिक क्षेत्रमा जति लगानी भयो, आर्थिक र पूर्वाधारका क्षेत्रमा भने लगानी हुन नसकेको बताउँछन् । “तोकिएको परि÷योजनामा तोकिएको खर्च पनि हुन सकेन,” थापाले भने, “ विगतमा राजनीतिक वातावरण पनि राम्रो थिएन ।” आगामी बजेटको पूर्वसन्ध्यामा उनीहरूले सरकारले अभ्यास र प्रयोगको लागि भने पनि केही महत्वाकांक्षी परि/योजना अगाडि सार्नुपर्ने आवश्यकता रहेको पनि औंल्याए । संघीयतामा पनि पूर्वाधार विकासमा राष्ट्रिय महत्व ठूला महत्वमा परि/योजना बोकेर हिड्नु पर्नेमा प्रतिनिधि सभाका सांसदहरू अहिलेपनि वडा/टोल/बस्तीका टुक्रे योजना बोकेर हिड्नु उदेकलाग्दो रहेको उनीहरूले तर्क गरे ।
पूर्वप्रशासक तुलसीप्रसाद सिटौला अहिलेको पूर्वाधार विकास आशाजनक नरहेको बताउँछन् । पूर्वाधार विकासको चरणमा भर्खरभर्खर प्रवेश गर्न लागिएको भन्दै उनी नेपालको सक्षमता भने ठूलो रहेको बताउँछन् । “छिमेकी देशको तुलनामा नेपालको पूर्वाधार विकास भने कम छ,” उनले भने, “देश विकासले दोहोरो अंकको आर्थिक बृद्धिदर कायम  गर्न सहयोग गर्छ ।”यसैगरी पूर्वाधार विज्ञ तथा राजनीतिकर्मी डा. सूर्यराज आचार्य विकाससिल देशको लागि पूर्वाधार विकास आर्थिक विकासको इन्जिन रहेको बताउँछन । पूर्वाधारका क्षेत्रमा आम नैराश्यता रहेको भन्दै उनले  अबको आवश्यकता बृहद आर्थिक विकासको मोडलबाट अघि बढ्नुपर्ने उल्लेख गरे ।

यस्तै, डा. संगीता  सिंहले पूर्वाधार विकासमा सहरीकरणको दृष्टिकोणबाट पनि काम गर्नुपर्ने बताइन् । उनले सरकारले विभिन्न प्रतिबद्धताहरूलाई आत्मसात् गरेपनि भूगोल पनि उत्तिकै चुनौतिपूर्ण रहेको बताइन् । वित्तहरूले विकासमा एकीकृत ढाँचा अपनाउनु पर्ने, कनेक्टिभिटी बढाउन हरसम्भव उपायहरू अपनाउनु पर्ने, विकासमा विकेन्द्रीकरण हुनुपर्र्नेलगायत जनशक्ति र प्रविधिको प्रयोग गर्नुपर्ने सुझाव दिए । 

कारणहरू
परि/योजनाको  जग्गा व्यवस्थापनको समस्या
परि/योजनाको कमी, तयारी कम
राजनीतिक दबाब र पहुँचमा खल्तीका टुक्रे योजनाको बिगबिगी
परियोजना निर्माणमा विस्तृत अध्ययन नगर्ने
समयमा काम नगर्दा प्रतिफल प्राप्त भएन
बलियो ढाँचामा काम नहुनु (जलवायु, भूकम्प, वातावरणीय)
परियोजना व्यवस्थापनमा कमी र वर्षांैसम्म अलमल
कार्यकारी भूमिकाका कर्मचारी असामयिक सरुवा
योजनामा दोहोरपना
पुँजीगत खर्च हुन नसक्नु