कृञ्जला पुलामी
बुधवार, बैशाख १८, २०७६
718

सिन्धुलीको दुधौली नगरपालिकास्थित कमला नदीमा ८ वर्षदेखि अलपत्र अवस्थामा रहेको पक्की पुल निर्माणकार्य सुुचारु हुने भएको छ । ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको पुल निर्माण सुचारुका लागि स्थानीय जनप्रतिनिधिहले तदरुकता देखाएसँगै पुलको निर्माणकार्य अघि बढ्ने निश्चित भएको हो ।
दुधौली नगरपालिका वडा नम्बर २ र ३ जोड्ने पक्की पुलको निर्माणका लागि लुम्बिनी कन्ट्रक्सनले जिम्मा पाएको दुधौली नगरपालिकाका प्रवक्ता रितेश राउते बताए । पप्पु कन्ट्रक्सनले कामै नसकी बीचमै अलपत्र अवस्थामा छोडेपछि ८ वर्षदेखि पुल निर्माण हुन सकेको थिएन । प्रवत्ता राउतले भने, “पप्पुलाई बिदा गरेर लुम्बिनीलाई जिम्मा दिइएको छ । एक वर्षभित्रमा काम सक्ने सम्झौता भएको छ ।”

लुम्बिनीले अब अलपत्र पुलको काम नलाग्ने भएका स्पानलगायत रड सबै नयाँ हाल्ने र पुलको स्टिमेट पहिलेकै अनुसार हुने बताइएको छ । अहिले लुम्बिनी कन्ट्रक्सनले स्पानको काम नलाग्ने रडह भत्काएर हटाउने काम सुरु गरिसकेको छ । आधा जति काम सकेर लामो समयदेखि अलपत्र रहेको पुलको केही स्थानमा बाहिर देखिएको रडह खिया लागेर काम नलाग्ने अवस्थामा भएकालाई नयाँ हाल्न सुझाव दिएको प्रवक्ता राउतले बताए ।
निर्माणाधीन पक्की पुल आठ वर्षदेखि अलपत्र अवस्थामा रहेपछि पुल निर्माण गर्न जनप्रतिनिधिले अग्रसरता देखाएका थिए । जनप्रतिनिधिको चर्को दबाबपछि जेभीमै काम गरेको लुम्बिनीले पप्पुलाई हटाएर काम गर्ने जिम्मा लिएको हो । पुल बनाउन ठेक्का पाएको पप्पु लुम्बिनी जेभी कन्ट्रक्सनसँग आर्थिक वर्ष २०७३ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता अनुरुप केही मात्रामा काम भएको थियो । पाँच सय ४६ मिटर लामो उक्त पुलको पिल्लरको काम चार वर्ष अगावै सकिएको भए पनि बाँकी काम हालसम्म हुन नसकेको दुधौली नगरपालिकाले जनाएको छ । जेभीमै काम गर्ने गरी ठेक्का सम्झौता भएको भए पनि सुरुवातमा पप्पुले नै काम गर्ने आन्तरिक सहमति भएअनुसार पप्पुलाई नै कामको जिम्मा दिइएको थियो । तर आधा पनि काम नगरी अलपत्र पारेपछि जिम्मा लिएको काम गर्ने दायित्व आफूहको भएकाले काम गर्ने प्रतिबद्धता जनाएर सुरु गरिएको लुम्बिनी कन्ट्रक्सनले जनाएको छ ।
विश्व बैंकको ३२ करोड अनुदान लागतमा ८ वर्षअघि नगरपालिकाको हत्पते र झुँगा जोड्ने गरी कमला नदीमा पक्की पुल निर्माण थालिएको थियो । समयमै पुल निर्माण नहुँदा स्थानीय समस्यामा परेको भन्दै नगरपालिकाका प्रमुख घनश्याम राउत र अन्य जनप्रतिनिधिले पुलको निर्माण गर्नका लागि पटक–पटक दबाब दिएका थिए । कामको जिम्मा लिएर वर्षौंदेखि योजना अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्ने सरकारको योजना रहेको समयमा पुल अलपत्र रहेको भन्दै गृह मन्त्रालयसम्म जनप्रतिनिधि पुगेका थिए ।
पप्पु कन्ट्रक्सनको लापरबाहीले लामो समयदेखि पुल निर्माण अलपत्र हँुदा दर्जनौँले ज्यान गुमाइसकेका छन् । वर्षामा नदी तर्ने क्रममा यस क्षेत्रका थुप्रैको ज्यान गइसकेको छ । लामो समयदेखि निर्माणकार्य अघि बढ्न नसकेपछि निराश भएका दुधौलीवासी पुलको निर्माण सुरु हुने भएपछि उत्साहित भएका छन् । अर्काे वर्षदेखि जोखिम मोलिर नदीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने उनीहको अपेक्षा छ । कमला नदीमा एउटा पनि पक्की पुल नहुँदा नदीमा आउने बाढीले हरेक वर्ष यहाँका स्थानीयले सास्ती खेप्दै आइरहेका छन् ।
पुल निर्माणले कमलाखोंच क्षेत्रका सर्वसाधारणलाई सिन्धुली सदरमुकाम तथा उदयपुर, लहान हुँदै तराईका जिल्ला र पूर्वी पहाडी जिल्लामा आवतजावत र यातायातका साधन सञ्चालन गर्न सजिलो हुनेछ ।