भीम गौतम
मंगलबार, बैशाख १७, २०७६
527

नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्् आयोजना प्रभावितले पाएको मुआब्जामध्ये ४४.६ प्रतिशत रकम सम्पत्ति खरिदमा उपयोग गरेको पाइएको छ । आयोजनाको विकासकर्ता भारतीय सतलज विद्युत् विकास निगम (एसजेभीएन) ले २ सय ६९ घरधुरीलाई १ अर्ब ३० करोड बराबर मुआब्जा वितरण गरेकोमा झण्डै ५८ करोड अर्थात ४४.६ प्रतिशत रकम जग्गा र घरका लागि उपयोग भएको हो । संखुवासभामा मकालु, चीचीला, सिलचोङ र भोटखोलाका बासिन्दा आयोजनाबाट प्रभावित भएका थिए ।  नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्् आयोजना प्रभावितले पाएको मुआब्जामध्ये ४४.६ प्रतिशत रकम सम्पत्ति खरिदमा उपयोग गरेको पाइएको छ । आयोजनाको विकासकर्ता भारतीय सतलज विद्युत् विकास निगम (एसजेभीएन) ले २ सय ६९ घरधुरीलाई १ अर्ब ३० करोड बराबर मुआब्जा वितरण गरेकोमा झण्डै ५८ करोड अर्थात ४४.६ प्रतिशत रकम जग्गा र घरका लागि उपयोग भएको हो ।
संखुवासभामा मकालु, चीचीला, सिलचोङ र भोटखोलाका बासिन्दा आयोजनाबाट प्रभावित भएका थिए ।  यूएके एड र यूएसएडको सहयोगमा लगानी बोर्ड नेपालले गरेको अध्ययनले पाएको रकमध्ये २२.८ प्रतिशतले जग्गा किन्न तथा २१.९ प्रतिशत घर किन्न र बनाउनका लागि उपयोग गरेको देखिएको छ । अध्ययनअनुसार कुल रकममध्ये ५.४ प्रतिशत व्यापार, ८.९ प्रतिशत शिक्षा, ८.९ प्रतिशतले परिवारको उपचार, १४.७ प्रतिशत ऋण तिर्न तथा ६.७ प्रतिशत घरखर्चमा उपयोग भएको देखिएको छ । अध्ययनले १०.७ प्रतिशत मात्र अन्य क्षेत्रमा लगानी गरेको देखिएको छ । अध्ययनले १०.७ प्रतिशत मात्र अन्य क्षेत्रमा लगानी गरेको देखिएको छ । अध्ययनले उपमहानगर, नगरपालिका, गाउँपालिकालगायतमा जग्गा, घर तथा अन्य कामका लागि उपयोग गरेको देखिएको छ ।अरुण तेस्रोको मुआब्जा नगदमै दिने कि पुनस्र्थापना गर्ने भन्ने विवाद देखिएको थियो ।

सरकारले पुर्नस्थापना गर्नुपर्ने बताएको थियो भने प्रभावित जनताले नगद चाहिने बताएका थिए । विवादपछि नगदनै दिने तर वित्तीय साक्षरता दिएरमात्र दिने टुंगो लागेको थियो । अध्ययनले करिब ९० प्रतिशत रकम विभिन्न शीर्षकमा खर्च भएको देखिएको छ । श्रीमान र श्रीमतीका साथै त्यो नभएमा नजिकका आफन्त गरी दुई जनाको संयुक्त खातामा मात्र रकम जाने व्यवस्था सो गरिएको थियो । अध्ययन अनुसार, ७२ प्रतिशतले श्रीमान र श्रीमती, ३.२ प्रतिशत दिदीभाई, ८.६ प्रतिशत छोराछोरी, ९.७ प्रतिशत आमाबुबा तथा ६.५ प्रतिशतले नजिकका आफन्तसँग संयुक्त नाममा बैकको खाता खोलेका थिए । आयोजनाबाट २४ घर पूर्ण रुपमा विष्थापित भएको थियो भने ८७ घरधुरी जोखिममा परेका थिए । तयसैगरी १ सय ५८ घरधुरी आर्थिक रुपमा विस्थापित भएका थिए । प्रभावित २ सय ६९ घरधुरीका प्रभावित ३ सय ९१ कित्ता अर्थात् ४९ हेक्टर जग्गाका लागि प्रतिरोपनी ८ लाख २५ हजारदेखि १२ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको थियो ।  कुल ८ लाख २५ हजारबाहेक बारीलाई थप १०, अलैंचीबारी र खेतलाई थप १५ प्रतिशतसम्म थपका मुआब्जा निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले घर गोठ, खेत, पाखोबारी, अलैँचीखेतीको जग्गालगायतलाई आधार बनाएर जग्गाको मुआब्जा निर्धारण गरिएको थियो ।  उनीहरूले प्रतिपरिवार २७ हजारदेखि ३ करोड ६१ लाख रुपैयाँसम्म जिल्ला प्रशासन कार्यालयबाटे मुआब्जा पाएका थिए ।

खर्चेको क्षेत्र रकम (प्रतिशत)
जग्गा किन्न २२.८ 
घर किन्न र बनाउन २१.९
व्यापार ५.४ 
शिक्षा ८.९
उपचार ८.९
ऋण तिर्न १४.७
 घर खच ६.७
अन्य क्षेत्र १०.७
स्रोतः लगानी बोर्ड