कारोबार संवाददाता
सोमवार, बैशाख ९, २०७६
510

सीमान्तकृत समुदायका ३० घरधुरी लाभान्वित

रामेछाप-रामेछापको खाँडादेवी गाउँपालिका–१ को कोथबेमा निर्माण गरिएको लिफ्ट सिँचाइ आयोजना शनिबार सम्पन्न भएको छ । उक्त अयोजनाबाट सो क्षेत्रका सीमान्तकृत (माझी) समुदायका ३० घरधुरीको १ सय २४ रोपनी खेतीयोग्य जमिन सिँचाइ हुने भएको छ ।
नवनिर्मित आयोजनाको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

सामुदायिक विकास समाज मन्थलीद्वारा संस्थागत विकास सञ्जालको समन्वय तथा मेनोनाइट सेन्टर कमिीट (एमसीसी) नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त लिफ्ट सिँचाइ आयोजनाबाट सो क्षेत्रमा माझी समुदायका ३० घरधुरीको खेतीयोग्य जमिन सिञ्चित हुने बताइएको छ । कार्यक्रममा स्थानीय दिपक माझीले आ–आफ्नो जग्गामा खेती लगाउन हिउँद वर्षामा नै सुनकोसी तरेर आउनु पर्दा जोखिम हुने भएकोले यस क्षेत्रमा तत्काल झोलुंगेपुल निर्माण गरिनुपर्ने, हाल जेनेरेटरबाट तानिँदै आएको पानी तान्नका लागि बिजुली बत्तीको ब्यवस्था गरिनु पर्ने र सुनकोसी किनारको बालुवा ढुंगा र रोडा झिक्न तथा अन्यत्र पठाउन स्थानीय युवाले नै पाउनुपर्ने माग राखेका थिए ।
उक्त उदघाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले सिँचाइ सुविधा प्राप्त भएपछि मौसमी तथा बेमौसमी तरकारी खेती गरी बजारमा पठाउन सम्बन्धित कृषकलाई आग्रह गरे ।
उनले यस्ता संरचनालाई दिगोपन दिनका लागि मर्मत संहार समिति गठन गरी कोष खडा गर्न सके संरचना दिगो भई पर्याप्त उत्पादन लिन सके स्थानीयको जीवनस्तर माथि उठन मद्दत पुग्ने बताए
त्यसैगरी खाँडादेवी गाउपालिकाका अध्यक्ष प्रेमबहादुर तमाङले लामो समयदेखि सिँचाइ अभावमा एक बाली पनि उत्पादन हुन कठिनाइ हुने गरेको उक्त क्षेत्रमा सिँचाइ सुविधा प्राप्त भएपछि पर्याप्त तरकारी खेती र नगदे बाली गरी तरकारी एवं कृषिउपज काठमाडांै र अन्य सहरी क्षेत्रमा पु¥याउन सक्नुपर्ने कुरालाई जोड दिए । उनले अबको कात्तिक मासन्तसम्ममा गाउँपालिकाका सबै स्थानमा बिजुली बत्ती बालिसक्ने आप्mनो योजना रहेको र झोलुंगे पुलका लागि पनि प्रारम्भिक अध्यनन अनुसन्धान भइरहेको बताए ।
कार्यक्रमका अवसरमा सीमान्तकृत समूहका लागि विपदपछिको एकीकृत पुनःस्थापना सहयोग कार्यक्रमका संयोजक सुकराम घिसिङले सुनकोसीबाट १ हजार पाँच सय मिटरको उक्त आयोजनाका लागि परियोजनाको १८ लाख ३ हजार ५ रुपैया र समुदायको जनश्रमदान ४ लाख ८९ हजार ९ सय ४७ रुपैयाँ गरी कुल २२ लाख ९२ हजार ९ सय ५२ रुपैयाँको लागतमा सम्पन्न भएको जानकारी गराएका थिए ।
अनुगमनका क्रममा स्थानीय दुर्गा माझीले हाल सोलार सिस्टम बाट भएको लिफ्ट सिँचाइ आयोजनाअन्तर्गत निर्माण गरिएको पोखरीमा घाम कम लाग्दा पर्याप्त पानी संकलन गर्न नसकिने र बलौटे माटो भएका कारण तरकारी पर्याप्त उत्पादन गर्न नसकिने अवस्था भएकाले कुन सिजनमा कस्तो माटोमा कुन जातको तरकारी उत्पादन हुन्छ भन्ने जानकारी दिन बेला–बेलामा प्राविधिकको सहयोग आवश्यक पर्ने र लिफ्ट सिँचाइका लागि विद्युत्को ब्यवस्था गाउँपालिका वा सम्बन्धित निकायले गर्नुपर्ने माग गरेका थिए ।

रमेश ढुंगेल