मेगराज खड्का
मंगलबार, आश्विन ३०, २०७५
1352

रुकुम-रुकुमपूर्व भूमे गाउँपालिकाले एक आर्थिक वर्षमा १२ किलो मिटर बराबरको सडक र ८ वटा आरसिसि पुल निर्माण गरेको छ । भूमे गाउँपालिकाको आर्थिक वर्ष २०७४-०७५ मा वियोजन बजेट सडकमा २ करोड ६५ लाख र आरसिसि पुलमा ३५ लाख ४४ हजार रकमले सडक तथा आरसिसि पुल निर्माण गरिएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए ।
नयाँ आर्थिक वर्ष २०७५-०७६ मा अघिल्लो वर्षमा नपुगेको ठाउँ तथा मर्मत सहितको थप केहि नयाँ योजनामा पनि क्रमागत रुपमा कार्ययोजना तयार गरिएको अध्यक्ष बुढाले जानकारी दिए । जसमा नयाँ सडक तर्फ वडा नम्बर १ को लुकुम देखि रिका हुँदै रोल्पा थबाङ सम्मको लागि ८ लाख ५० हजार वियोजन गरिएको र आरसिसि पुल तर्फ वडा नम्बर २ खाबाङ र ७ नम्बर वडा लाबाङ खुजिरीबाङ गरि दुई आरसिसि पुल रहेका छन । अघिल्लो आर्थिक वर्षमा निर्माण भएका र हुँदै गरेको सडक सिमा मोराबाङ सडक खण्डको लागि वियोजित रकम २० लाखले १ किलो मिटर सडक खनिएको भूमे गाउँपालिकाका इन्जिनियर सन्तोष घर्ति मगरले बताए ।

सिमा, झुम्लाबाङ, क्याङ्सी, खाबाङ बगर सडक खण्डमा ६३ लाख रकम वियोजित गरिएकोमा ५ सय मिटर, दोमोई, कोर्जा, चुनबाङ सडक खण्ड ५० लाख रकमले २ सय मिटर, बागटारे, गुनाम, मारिङ, त्रिवेणी काँक्री सडक खण्डमा साढे २५ लाख रकमले १ किलो मिटर ७ सय मिटर दशमलब ६८ मिटर, धर्मशाला, लाबाङ, भित्रिबन, सडक खण्डमा २३ लाख रकमले १ किलो मिटर ६ सय मिटर दशमलब ८५ मिटर, बालुवा धालिबाङ, सेराबाङ सडक खण्डमा साढे ३० लाख रकमले २ किलो मिटर ६सय मिटर दशमलब ३४ मिटर खनिएको इन्जिनियर घर्तीले बताए ।
सेरोबाङ, धालिबाङ सडक खण्डका लागि १३ लाख रकमले १ किलो मिटर ३ सय दशमलब २ मिटर, गेर्खा उपलोसाकिम साढे ३ लाखले ४ सय ६६ मिटर, धर्मशाला, च्याङचुङ, चुनबाङ भेरिडाँडा गणतन्त्र संग्राहलय सडकको लागि १० लाख रकमले ९ सय मिटर, झुङलुङ, बलथुङ, भयरुथान, काँडा सडक खण्डमा १८ लाख रकमले १ किलो मिटर सडक खनिएको छ । पहाडी क्षेत्र तथा कडा खालका चट्टानको कारणले सबै सडक खण्डको लागि बजेट वियोजित अनुसारको सडक खन्न नसकिएको घर्तिको भनाई छ । गेर्खा उपल्लो साकिम पुगेको छ भने अरु सडक खण्डमा पुग्न नसकेको अध्यक्ष बुढाले बताए । आर्थिक वर्ष २०७५-०७६ को सडकको लागि वियोजित गाउँपालिकाबाट १ करोड ६६ लाख रकम र प्रदेशबाट ९ करोड ८१ लाख रकम छुट्याएको थियो ।
आठ आरसिसि पुलमा वडा नम्बर १ मा तुम्बु खोला, वडा नम्बर २ मा मुनु र सैपाटुङ खोला, वडा नम्बर ३ मा खासिबाङ खोलामा रहेका छन । त्यसै ४ नम्बर वडामा घट्टे खोला, ६ मा टिकुर खोला, ७ मा दोमोई खोला र वडा नम्बर ८ मा कोर्जा ओडार खोलामा निर्माण गरिएको छ । यी पुलमा ३ लाख देखि साढे ६ लाख रकम सहितको श्रमदानले बनेको बताईएको छ । पुलको लम्बाई ६ मिटर देखि लिएर १२ मिटर सम्म छ ।