कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५
1505

स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर सर्वसाधारणका लागि १५ कात्तिकदेखि जारी हुने भएको छ । आयोजना निर्माण क्षेत्रका दोलखाका बासिन्दालाई सेयर जारी गरेर वितरण गर्न बाँकी रहेको आयोजनाले १५ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर सर्वसाधारणका लागि १५ कात्तिकदेखि जारी हुने भएको छ । आयोजना निर्माण क्षेत्रका दोलखाका बासिन्दालाई सेयर जारी गरेर वितरण गर्न बाँकी रहेको आयोजनाले १५ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । आगामी १५ कात्तिकदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्न लागिएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए । आयोजनाका अनुसार  सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता बराबरको एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँको सेयर सर्वसाधारणका लागि जारी गर्न लागिएको हो । नागरिक लगानी कोष र सनराइज क्यापिटल आईपीओ बिक्री गर्न सेयर विक्री प्रबन्धक रहेको आयोजनामा ५० कित्तादेखि बढी १ हजारसम्म आवेदन गर्न पाइने व्यवस्था गरिएको छ । आईपीओमा १५ कात्तिकदेखि १९ गतेसम्म अर्थात ४ दिनसम्म आवेदन पाइने व्यवस्था गरिएको छ । धितोपत्र बोर्डबाट सि–आस्वाको अनुमतिप्राप्त बैक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइने आयोजनाले जनाएको छ ।तामाकोसीले १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयवासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता बराबरको १ अर्ब ५ करोड ९० लाख बराबरको सेयर जारी गरेकोमा हालसम्म वितरण भइसकेको छैन । देशभरबाट फर्म संकलनका लागि ढिलाइ भएको कारण ४० दिनभित्र अर्थात मंगलबारभित्र सार्वजनिक गर्नुपर्नेमा दसैंपछिमात्र हुने भएको छ । प्रारम्भिक तथ्यांकले भने २ लाख ५० हजारले करिब तीन अर्ब बराबरको सेयर आवेदन दिएको अनुमान आयोजनाको छ । यसअघि आयोजनाले फागुन २०७४ मै  ३ करोड ६० लाख ६ हजार कित्ता सेयर बीमा संस्थानका कर्मचारी, विद्युत् प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको लागि शेयर वितरण भइसकेको छ । आयोजना निर्माण सुरु हुँदा ३५ अर्ब बराबरको लागत रहेको आयोजनाको लागत बढेर ६५ अर्ब रुपैयाँ पुगेको छ । आगामी हिउँदभित्र आयोजनाको  निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।